फाल्गुन २३, २०८२ शनिबार | ०६:०८:५७
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन शनिबारको दिन

भारतीय टिमले अँगालेको स्यामसन

काठमाडौं । ‘म टिममा धेरै धरै रन बनाउनको लागि हैन, कम स्कोर बनाउन नै चाहन्छु । त्यही स्कोर टिमको लागि उपयोगी हुनेछ ।’ सञ्जु स्यामसनले सन् २०२२ मा एक शोमा भनेका थिए । दक्षिण अफ्रिकाविरुद्ध तत्कालिन समय ट्वान्टी २० शृंखलाबाट आउट गरेपछि उनले भनाई थियो यो ।

राष्ट्रिय टिम छनोटकर्ताले विश्वकपको लागि उनलाई टिममा समावेश गर्न पनि चाहेको थिएन । पछिल्लो दुई खेलमा २५ बलमा ३९ तथा १२ बलमा १८ रन बनाएपछि उनलाई टिमबाट आउट नै गरियो । त्यहीसमय आइपिएल भयो । आइपिएलमा भने उनी सानदार प्रदर्शन गर्न सफल भए ।

समय फेरीएयो । त्यो समय र यो समय ट्वान्टी २० मा खेल्ने तरिका नै फेरिएको छ । जुन समय सामसनले बयान दिएका थिए, त्यो समय उनी २७ वर्षका थिए । उनले सधै सन् २०२६ कै झै ब्याटिङ गरेका थिए । उनले १०औं पटक आइपिएल खेलिसकेका छन् ।

स्यामसन पहिले आफ्नो क्लबको लागि सधै शीर्ष क्रमको ब्याटर थिए । तर, उनलाई फ्रेन्चाइज लिगकै लागि चिनिन्थ्यो । राष्ट्रिय टिमको लागि कम । अब, भने उनको परिचय फेरीएको छ । उनी क्लबको लागि मात्रै नभएर राष्ट्रको लागि पनि चिनिन थालेका छन् ।

उनलाई अहिले भारतीय टिमले आफ्नो दिलमा राखेको छ । सन् २०२२ पछि यो फरक दृश्य देखिन्छ । भारतीय टिमले उनको साथ तालमेल मिलाएको छ ।

भारतीय ब्याटर सञ्जु स्यामसन, तस्विर सौजन्यः आइसिसी ।

भारतले सन् २०२४ को विशवकप जित्दा स्यामसन बेन्च खेलाडी थिए । पहिलो एघारमा पर्न निकै संघर्ष गर्नुपर्यो । संघर्ष हेर्दा उनको समय चाडै आउने पनि देखियो । यसपटक (सन् २०२६) मा पनि यस्तो देखियो, सामसन फेरी बेन्चमै सिमित हुनेछन् । अन्य भारतीय खेलाडी लयमा हुँदा उनलाई अवसर पाउने पनि मुस्किल थियो । सबै खेलाडीको उस्तै प्रदर्शन थियो ।

अभिषेक शर्मा जस्ता युवा खेलाडी एकतर्फबाट रन बनाइरकेका थिए । भारतीय टिममा अभिषेक जस्तै युवा खेलाडीलाई अवसर दिइरहेको थियो ।

तर, यही विश्वकपमा अभिषेक लगातार लय गुमाए । त्यसअघि सामसनले पनि इङ्ल्यान्डविरुद्ध उस्तै लय गुमाएका थिए । त्यसपछि शुभमन गिललाई अवसर दिइयो । स्यामसनलाई अरु ब्याटिङक्रममा पठाइयो । त्यसपछि गिल र जितेश शर्मालाई नै टिमबाट बाहिर राखियो ।

गिललाई बाहिर राख्ने निर्णयबीच कप्तान सुर्यकुमार यादव स्यामसन जस्तो खेलाडीको खोजीमा थिए । उनले स्यामसन लाई नै अग्रपंक्तीमा देखे । यही बेला स्यामसन करियरकै उत्कृष्ट लयमा भएको कप्तान सूर्यकुमारले पाए ।

भनिन्छ नि कहिले काही भाग्य पनि अजिव तरहले आउँछ । टिममा बायाँ हाते ब्याटर धेरै भएपनि दायाँ हाते स्यामसनले टिममा स्थान पाएका हुन् । यदि नभएको भए, सामसनको टिमभित्र छिर्ने मार्ग नै थिएन ।

भारतीय खेलाडीद्धय अक्सर पट्टेल र सञ्जु स्यामसन, तस्विर सौजन्यः आइसिसी ।

आइतबार इडेन गार्डेनमा स्यामसनलाई आफूलाई प्रमाणित गर्ने अवसवर पाए । जुन सपना उनले जिन्दगी भर देखेका थिए । उनी आफनो ३२८ ट्वान्टी  खेल खेलिरहेका थिए । पुर्व कप्तान रोहित शर्मा, विराट कोहली, एमएस धोनी जस्ता खेलाडीले मात्रै ३ सय माथि खेले खेका छन् ।

उनले आइतबार वेष्ट इन्डिजविरुद्ध त्यही पारी खेले, जुन आवश्यक थियो । १५० मिनेट क्रिजमा टिके । ५० बलमा अविजित रहँदै टिमलाई जित दिलाए । ९७ रन बनाए । १२ चौका र ४ छक्का हिर्काए । त्यति मात्रै हैन, सेमिफाइनलमा बुधबार इङ्ल्यान्डविरुद्ध ८९ रन बनाएन सफल भए ।

आखिर उनी गन्तब्यमा पुगेका थिए । समय लाग्यो । आखिर भारतीय क्रिकेटले सन्जु सामसनलाई अँगालो हाल्यो । त्यति मात्रै हैन, उनलाई आफू अनुरुप ढाल्न सफल भयो ।