काठमाडौं । फुटबलमा जितेर मात्र पुग्छ की पुग्दैन् । जित्ने क्रममा राम्रोसँग खेल्नु पनि पर्छ ? कि खेल जस्तो भए पनि नतिजा नै मुख्य हो ? कसैले राम्रो नखेलेर पनि कुनै ठूलो उपाधि जित्छ भने के भन्ने ? विश्व फुटबलले नियमित रुपमा सामना गरिरहने प्रश्नहरु हुन यी ।
निक्कै सुन्दर र प्रभावशाली खेल्नाका बावजुद जब कुनै टिमले त्यसअनुसार नतिजा ल्याउँदैन वा जब हेर्दा नराम्रो लागे पनि कुनै टिमले निरन्तर जित हासिल गरिरहन्छ । त्यस्तो समय यस्ता प्रश्न आइरहन्छन् । अहिले पनि इङ्लिस प्रिमियर लिगका पछिल्ला नतिजाहरु र वर्तमान अवस्थाले यस्ता प्रश्नहरु उब्जिएका छन् । खासगरि अहिले यो प्रश्न किन उठ्यो भन्दा अहिले प्रिमियर लिगमा आर्सनल उपाधितर्फ उन्मुख देखिएको छ ।
अंक तालिकामा आर्सनल ३० खेलबाट ६७ अंक बटुल्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा एक खेल कम खेलेर ६० अंक जोडेको म्यानचेस्टर सिटी छ । शीर्ष दुई टिमबीच सात अंकको अन्तर छ ।

अंकतालिकाको वर्तमान समीकरणअनुसार अब प्रिमियर लिगमा यो सिजन आर्सनललाई उपाधि होडमा चुनौती दिन सक्ने एकमात्र टिम भनेकै सिटी हो । तर यो सम्भावनामा पनि आर्सनलकै पल्ला भारी छ । सिटी त धेरै कमजोर सावित भइसक्यो । किनभने आर्सनलले आगामी खेलमा आफू अनुकुल नतिजा निकाल्दै जाने हो भने सिटीको प्रदर्शन जस्तो भए पनि आर्सनलसँग उपाधि खोस्न सक्ने छैन । त्यो अवस्थामा सिटीको प्रदर्शन कस्तो रहनेछ भन्नेमा कसैले ध्यान नदिए पनि हुन्छ । सोझै भन्ने हो भने अब लिग जित्ने सवै समीकरण आर्सनलको आफ्नै हातमा छ ।
पछिल्ला तीनै सिजनमा एक समय उपाधितर्फ अग्रसर देखिएको आर्सनल पछि उपाधि गुमाउने समीकरण स्वीकार्न बाध्य भएको थियो । सायद यस्तो स्थिति यसपल्ट नहोला । यही कारण हो, अब आलोचकहरुले भन्न थालेका छन्, ‘आर्सलनले अहिले जसरी खेलिरहेको छ, त्यो सुन्दर फुटबल भएन् ।’
सन् २००३ र २००४ यता आर्सनल पहिलो पटक लिग जित्ने बाटोमा छ । यसअघिका तीन सिजन आर्सनलले लगातार दोस्रो स्थानमा रहँदै सिजन टुंग्याएको थियो । आधा बाटोसम्म शीर्ष स्थानमा रहे पनि अन्तिममा लय गुमाउने रोगबाट आर्सनल ग्रसित थियो । त्यसक्रममा टोलीले दुई पटक सिटीलाई उपाधि सुम्पिएको थियो भने एक पटक लिभरपुल इङ्लिस च्याम्पियन बनेको थियो ।
पछिल्ला तीनै सिजनमा एक समय उपाधितर्फ अग्रसर देखिएको आर्सनल पछि उपाधि गुमाउने समीकरण स्वीकार्न बाध्य भएको थियो । सायद यस्तो स्थिति यसपल्ट नहोला । यही कारण हो, अब आलोचकहरुले भन्न थालेका छन्, ‘आर्सलनले अहिले जसरी खेलिरहेको छ, त्यो सुन्दर फुटबल भएन् ।’
अझ आर्सनलको खेल कुरुप छ भन्नेहरुको संख्या प्रत्येक दिन बढ्दैछ । यस्तो किन भन्दा आर्सनलले यसपल्ट खास खास खेल जित्ने क्रममा सेट पिसबाट निर्णायक गोल गरेको छ । अझ आर्सनलले पछिल्लो समय कर्नरबाट धेरै धन्दा धेरै गोल गरेको छ । आर्सनलका विरोधी के मान्छन् भने यस्ता गोल हेर्न मज्जा आउँदैन् । त्यसको अर्थ खेल आफैमा मज्जाको भएन् । रोमाञ्चक भएन । यो एक प्रकारले ‘सुन्दर फुटबल’ भन्दा पनि माइन्ड गेम जस्तो भयो ।

आर्सनल विरोधीहरुको समूहले एउटा रणनीति बनाएको हुन सक्छ, आर्सनललाई अब पछ्याउने गाह्रो भयो, उसलाई मैदानभित्रबाट दबाब दिन सकिन्न, त्यसैले उसको खेलकै आलोचन गरे राम्रो । यी आलोचकहरुले अहिलेको आर्सनलको तुलना सन् २००३ र २००४ को आर्सनलसँग पनि गर्न थालेका छन् । त्यति बेला आर्सनलले लिग जित्दा प्रशिक्षक थिए, आर्सन वेंगर । त्यति बेला आर्सनलले बबाल नै खेलेको थियो, सुन्दर फुटबल पस्कने क्रममा ।त्यति बेला आर्सनलले लिगमा एकै खेल पनि गुमाएको थिएन । भनिन्छ, त्यसको तुलनामा आर्सनलको अहिलेको खेल निक्कै फिक्का छ । अहिलेका प्रशिक्षक मिखेल आर्टेटाले राम्रो फुटबल खेल्नुमा भन्दा जित्नुमा बडी जोड दिएको आरोप छ । तर एउटा तथ्य के निश्चित छ भने यसले कम्तीमा आर्टेटालाई खासै फरक पार्ने छैन् । आर्टेटाले पनि के भनिसकेका छन् भने अहिलेका लागि आर्सनलसामु जित नै सबैभन्दा ठूलो लक्ष्य हुनु पर्छ, कसरी जित्ने हो, त्यो फरक कुरा भयो ।
फुटबल भनेको जित्नका लागि हो । यो सिनेमा होइन, मैदानको प्रतिस्पर्धा हो । हामीले सकारात्मक फुटबल खेलेका छौं । आफ्नो पोष्ट जोगाएर विपक्षीको पोष्टमा गोल गरेका छौं । खेल जितेका छौं । यही हो फुटबलको दर्शन । कसैलाई फुटबलको यो स्वभाविक रुप मन पर्दैन भने त्यो उनीहरुको समस्या हो । त्यो उनीहरुकै कुरुप सोच हो ।
कुनै बेला चेल्सीका तत्कालिन प्रशिक्षक जोजे माउरिन्होलाई यस्तै आरोप थियो । ‘चेल्सीले नकारात्मक फुटबल खेल्यो ।’ अर्थात चेल्सीले रक्षात्मक खेलेर आफ्नो पोष्ट जोगाउने अनि विरलै आउने मौकामा चौका हानेर झिनो अन्तरमा तीन अंक हात पार्ने रणनीतिमा खेल्यो । समर्थकका लागि कलात्मक फुटबलमा चेल्सीले ध्यान दिएन । आक्रमणमा भन्दा रक्षामा बढि ध्यान दियो ।
यस्तै यस्तै आरोपसँगै नकारात्मक फुटबल प्रवर्धन गरेको आलोचना खेपिरहँदा माउरिन्होको प्रतिप्रश्न थियो, ‘जित कसरी नकारात्मक हुन्छ ? गोल गर्ने टिम कसरी रक्षात्मक हुन्छ ? फुटबल भनेको जित्नका लागि हो । यो सिनेमा होइन, मैदानको प्रतिस्पर्धा हो । हामीले सकारात्मक फुटबल खेलेका छौं । आफ्नो पोष्ट जोगाएर विपक्षीको पोष्टमा गोल गरेका छौं । खेल जितेका छौं । यही हो फुटबलको दर्शन । कसैलाई फुटबलको यो स्वभाविक रुप मन पर्दैन भने त्यो उनीहरुको समस्या हो । त्यो उनीहरुकै कुरुप सोच हो ।’