काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आइसिसी ट्वान्टी-२० विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । फाइनलमा न्युजिल्यान्डले घरेलु टोली भारतसँग अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुनेछ ।
यसपालीको विश्वकपका खेलहरु पनि रोमाञ्चले भरिए । उत्कृष्ट व्यक्तिगत प्रदर्शनहरुले सबैको ध्यान खिचे । केही खेलाडीले ब्याटिङ तथा कसैले बलिङ असाधारण खेल प्रस्तुत गरे ।
फाइनलअघि पाकिस्तानका ओपनर साहिबजादा फरहान ३८३ उच्च रनकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । उनलाई पछ्याइरहेका छन् तेस्रो नम्बरका फिन एलनले । न्युजिल्यान्डका यी ओपनरले २८९ रन बनाएका छन् । तर, एक खेल बाँकी रहेको अवस्थानमा फरहानलाई भेट्टाउन त्यति सजिलो छैन । यद्यपि उनले सेमिफाइनलमा ३३ बलमा एक सय रन पूरा गरेका थिए ।

बलिङमा अमेरिकी शाडली भ्यान शाल्कविक १३ विकेटका साथ शीर्ष स्थानमा छन् । उनलाई भारतीय स्पिनर वरुण चक्रवर्तीले पछ्याइरहेका छन् । शाडलीभन्दा एक खेल बढी खेलेका चक्रवर्तीले पनि समान १३ विकेट नै लिएका छन् । तर, चक्रवर्तीले फाइनल खेल्न बाँकी नै छ ।
विश्वकप २०२६ का शीर्ष तीन रनकर्ताः१. साहिबजादा फरहान (पाकिस्तान)फरहानले ६ इनिङ्समा दुई शतकसहित ३८३ रन बनाएका हुन् । यस विश्वकपमा फरहान सबैभन्दा धेरै शतक बनाउने खेलाडी हुन् । यो उपलब्धि उनले समूह चरणमा नामिबिया र सुपर ८ मा श्रीलंकाविरुद्ध हासिल गरेका हुन् । यसबाहेक फरहानले दुई अर्धशतक पनि आफ्नो नाममा लेखाए । प्रतियोगिता अवधिभर फरहानले ३७ चौका प्रहार गरे । जुन कुनै एक खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो । उनले पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्याउन भने सकेनन् ।

२. ब्रायन बेनेट (जिम्बाव्वे)जिम्बाव्वेका ओपनर ब्रायन बेनेटले ६ इनिङ्समा २९२ रन बनाए । तीन अर्धशतक प्रहार गरेका उनी एकपटक शतकको निकै करिब रहे । सुपर ८ मा भारतविरुद्ध उनी ९७ रनमा अविजित थिए । उनले प्रतियोगिता अवधिभर कुल ३२ चौका प्रहार गरे । जुन फरहानपछिकै धेरै चौका हो । फरहानजस्तै उनले टोलीलाई सेमिफाइनलसम्म पुर्याउन सकेनन् ।

३. फिन एलन (न्युजिल्यान्ड)एलन बेनेटभन्दा तीन रनले पछाडि छन् । सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध उनले विश्वकपमा नयाँ र्कीतिमान रचे । उनी विश्वकप इतिहासमै सबैभन्दा कम बलमा शतक पूरा गर्ने खेलाडी बने । ७ इनिङ्समा उनले अहिलेसम्म २० छक्का प्रहार गरेका छन् । जुन यसपटक कुनै पनि खेलाडीले प्रहार गरेको सबैभन्दा धेरै छक्का हो ।

उच्च विकेटकर्ताको दौडमा चार खेलाडीवरुणसँगै उनका सहकर्मी जस्प्रित बुमराह र न्युजिल्यान्डका खेलाडीद्धय रचीन रवीन्द्र र म्याट हेनरी उच्च विकेटकर्ताको दौडमा छन् । यीमध्ये वरुण यो पुरस्कारको प्रबल दाबेदार हुन् । एक विकेटले उनलाई शीर्ष स्थानमा पुर्यानेछ । रवीन्द्रको नाममा ११ विकेट छ । उनले यो उपलब्धि ६ इनिङ्समा प्राप्त गरेका हुन् । त्यसैले सम्भावना उनको पनि बलियो छ ।

बुम्राहले ७ इनिङ्मा १० विकेट लिएका छन् । त्यस्तै न्युजिल्यान्डका म्याट हेनरीले ७ खेलमा ९ विकेट आफ्नो नाममा लेखाइसकेका छन् । यद्यपि यी चारमध्ये हेनरीको सम्भावना एकदमै कम छ ।
अमेरिकी शाडली भ्यान शाल्कविकसँगै जिम्बाव्वेका ब्लेसिङ मुजराबानी र इङ्ल्यान्डका आदिल रसीदले पनि १३ विकेट लिएका छन् । तर, शाल्कविकले ८९ बलमा यो उपलब्धि हासिल गर्दा मुजराबानीले १४३ र रसीदले १८४ बलमा १३ विकेट लिएका हुन् ।