मंसिर २०, २०८२ शनिबार | ११:१५:०५
जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान जय पनि अस्ट्रेलियामा साफ महिला फुटबलमा थपिँदै नयाँ आयाम नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’ एसिया कपलाई प्रिमियर कपको अनुभवले धान्ला ? सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ एनपीएलका शतकको रोचक संयोगः तीनै जना ओपनरको अविजित इनिङ नेपाल प्रहरीकी सीतालाई दोहोरो स्वर्ण साफ महिला क्लब च्याम्पियनसिपः नासरिनविरुद्ध एपिएफको सानदार जित ब्रिसबेन टेस्टमा इङ्ल्यान्डमाथि अस्ट्रेलियाले लियो ४४ रनको अग्रता एनपिएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीलाई कम्तिमा पनि चौथो स्थान

जय पनि अस्ट्रेलियामा

काठमाडौं । उदीयमान सेन्ट्रल मिडफिल्डर जय गुरुङ सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भएका छन् ।

शनिबार अस्ट्रेलियाको ब्रिस्बेन नेपाली फुटबल क्लबले जयलाई क्लबमा स्वागत गरेको पोस्ट सार्वजनिक गरेको हो ।

गत महिना मात्र हेटौडामा चित्लाङ फुटबल क्लबबाट एन्फा प्रेसिडेन्ट लिगको फाइनल खेल खेलेका जयले तीन सातापछि अस्ट्रेलियालाई आफ्नो नयाँ गन्तव्य बनाएका हुन् ।

एन्फा एकेडेमीका उत्पादन जयले तल्लो र माथिल्लो उमेर समूहगरि तीन दर्जनभन्दा बढीपटक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका छन् । सन् २०१९ मा हल्चोकमा आयोजना भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१८ च्याम्पियनसिपमा जय, चेतनारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाली टोलीको कप्तान थिए । २०१९ मै इरानमा सम्पन्न एएफसी यु–१९ च्याम्पियनसिप जयले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

ब्रिगेड ब्वाइज क्लबले २०७५ र २०७६ सालमा ललित स्मृति यु-१८ फुटबल च्याम्पियनसिपको उपाधि जित्दा जय टोलीका कप्तन थिए । बिग्रेड ब्वाइजबाटै शीर्ष डिभिजन फुटबलको यात्रा सुरु गरेका जयले तीन वर्षअघि भएको लिगमा खुमलटारको जर्सी लगाएका थिए ।

गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करण जयले चितवन एफसीबाट खेलेका थिए । त्यसअघि उनले दोस्रो संस्करण वीरगञ्ज यु्नाइटेड र पहिलो संस्करण बुटवल लुम्बिनी सिटीबाट खेलेका थिए ।

घरेलु फुटबल शुन्यको स्थितिमा पुग्दा नेपाली खेलाडी सुनौलो भविष्यको खोजीमा विदेशीन बाध्य भइरहेका छन् । साढे दुई महिनाअघि मात्र उदीयमान रक्षक जियारथ सेख पनि अस्ट्रेलिया पलायन भएका थिए । दुई साताअघि जियारथका यु-२० सहकर्मी अश्विन घोरासैनी (र्याकी)ले पनि अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएका थिए ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas