काठमाडौं । स्ट्राइकर रश्मिकुमारी घिसिङको गोलमा नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा नासरिन स्पोर्र्टस क्लबविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ ।
शुक्रबार प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलमा रश्मीले खेलको ३७औं मिनेटमा ‘डेडलक’ तोडिन् । बल पोसेसन कायम राखे पनि एपिएफ गोलका लागि संघर्ष गरिरहेको थियो ।
रश्मीको गोल हिराकुमारी भुजेलको क्रसबाट सम्भव भएको हो । राइट साइडबाट हिराको क्रसलाई रश्मीले बललाई पोस्टको दिशा दिन खोजिन् । तर, बल अनियन्त्रित रक्षापङ्क्तिमा अल्झियो । अल्झिएको बललाई अर्का स्ट्राइकर मीना देउवाले रश्मीलाई ‘ब्याक पास’ खेलिदिइन् । प्राप्त बललाई रश्मीले पहिलो बारको दिशा दिइन् ।
त्यसअघि खेलको १० मिनेटभित्र एपिएफ दुईपटक गोलको निकै करिब थियो । तर, अनिता बस्नेत र रश्मीको प्रहार गोलकिपर मेघला रानी रोयले बचाएकी थिइन् ।
