माघ ८, २०८२ बिहीबार | २०:१०:०६
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन

नर्वेलाई विश्वकप पुर्‍याउने ‘गोल मेसिन’

काठमाडौं । अहिलेको विश्व फुटबललाई भाग्यमानी मान्न सकिनेछ । किनभने इर्लिङ हालान्ड जस्ता खेलाडीलाई विश्वले हेर्न पाएको छ । हालान्ड भन्नेबित्तिकै सबैको मनमा सबैभन्दा पहिले आउने कुरा नै गोल हो ।

हालान्डको कामै गोल गर्ने हो । उनी एकपछि अर्को गोल गरिरहन्छन् । तय छ, अब हामीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको खेल धेरै लामो समय हेर्न पाउने छैनौं । ढिलोचाँडो उनीहरूले संन्यास लिनेछन् ।

साँच्चै उनी एक्लैले नर्वेलाई लामो समयको अन्तरालमा विश्वकपको छनोट यात्रा सफलतापूर्वक पुर्याएका छन् । उनी नहुने हो भने नर्वेली फुटबल अझै धेरै संघर्षरत हुने थियो, यसमा दुईमत छैन ।

त्यसपछि विश्व फुटतबलको सुपर स्टार को हुने छन् त ? त्यसको उत्तर एकभन्दा बढी खेलाडी हुनसक्छ । अनि त्यसमध्ये एउटा नाम हो, हालान्ड । उनी न मेसी शैलीका खेलाडी हुन् न त रोनाल्डो । उनको सबैभन्दा ठूलो विशेषता भन्नु नै गोल गर्नु हो । उनी एउटा सिङ्गो प्रहारबाट गोल गर्न माहिर छन् । उनको विशेषता भन्नु नै यही हो । उनी पेनाल्टी एरियामा बल छलाएर गोल गर्ने खेलाडी नै होइनन् ।

तर उनका गोलको कति धेरै महत्त्व छ, त्यो त नर्वेभन्दा बढी कसलाई थाहा हुनसक्छ । हालान्ड एक्लैले नर्वेलाई अबको विश्वकपमा छनोट गराएका छन् । साँच्चै उनी एक्लैले नर्वेलाई लामो समयको अन्तरालमा विश्वकपको छनोट यात्रा सफलतापूर्वक पुर्याएका छन् । उनी नहुने हो भने नर्वेली फुटबल अझै धेरै संघर्षरत हुने थियो, यसमा दुईमत छैन ।

हिले चाहिँ उनको चर्चा किनभन्दा हालान्डले भर्खरै इंङ्लिस प्रिमियर लिगमा १०० गोल पूरा गरेका छन् । सिटीले फुलहमलाई ९ गोलको रोमाञ्चक खेलमा पराजित गर्दा हालान्डले पनि एक गोल गरेका थिए । त्यो नै उनको शतकीय गोल रह्यो । उनले यसका लागि १ सय ११ खेल खेलेका छन् । यसक्रममा उनी सबैभन्दा कम खेल खेलेर १०० गोल गर्ने खेलाडी भएका छन् । यसबाट उनले एलान सिएररको कीर्तिमान भंग गरेका हुन् ।

त्यसैले उनले अझै लामो समय फुटबल खेल्नेछन् । त्यसको अर्थ गोल पनि गरिरहेको हुनेछन् ।

अब भनिरहनुपर्दैन, सिएरर प्रिमियर लिगका लिजेन्ड हुन्, न्युक्यासल युनाइटेडका लागि यी खेलाडीले के मात्र गरेनन् । सिएररले १०० गोल गर्न १ सय २४ खेल खेलेका थिए । मेसीले स्पेनी ला लिगामा १०० गोल गर्न बार्सिलोनाका लागि १ सय ५४ खेल खेले । अनि केलियन एमबाप्पेले लिग वानमा १०० गोल गर्न १ सय ४२ खेले खेलेका छन् । यसैले देखाउने गर्छ, हालान्ड कति राम्रा गोल गर्ने खेलाडी हुन् भनेर ।

सन् २०२२–०२३ को सिजन उनी म्यानचेस्टर सिटीसँग आबद्ध भएका थिए । त्यसै क्रममा वेस्ट ह्यामविरुद्ध उनले पहिलो गोल गरे । त्यतिबेला समाचारमा लेखिएको थियो, हालान्डले पहिलो गोल गरेका छन्, तय छ यो उनको अन्तिम गोल हुने छैन । यसको आशय थियो, हालान्डले गोल गरिरहने छन्, किनभने उनी गोल मेसिन हुन् । अहिले त्यो प्रमाणित भएको छ ।

अहिले सिटीमा उनको चौथो सिजन चलिरहेको छ, उनी भर्खर २५ वर्षका भए । त्यसैले उनले अझै लामो समय फुटबल खेल्नेछन् । त्यसको अर्थ गोल पनि गरिरहेको हुनेछन् । त्यसैले मज्जाले भन्न सकिन्छ, जति बेला उनले खेल्न छाड्ने छन् । गोलका अनेक कीर्तिमान उनको नाममा हुनेछ । उनको खेल हेर्न पाउनु पनि हाम्रो भाग्य नै हो ।