माघ ८, २०८२ बिहीबार | १८:३८:४३
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित
शनिबारको दिन

सम्झनामा ‘जज’ भनेर चिनिने रोबिन स्मिथ

काठमाडौं । यो त्यतिबेलाको कुृरा हो, जतिबेला विश्व क्रिकेटमा वेस्ट इन्डिजको दबदबा थियो । त्यो पनि विशेषतः टेस्ट त्रिकेटमा । वेस्ट इन्डिजको तीव्र गतिको बलिङसामु धेरै कम ब्याटर मात्रै टिक्न सक्थे । यो भयो सन् ८० र ९० को दशकको बीचतिरको विश्व क्रिकेट । त्यही बेला इङ्ल्यान्डका एक ब्याटरले भने त्यही वेस्ट इन्डिज आक्रमणको डटेर खेले । खेले मात्र होइन, रन पनि बनाए । त्यसैले उनको धेरै प्रशंसा भयो ।

उनी हुन्, रोबिन स्मिथ । यतिबेला उनको चर्चा किनभन्दा यसै साता उनको निधन भएको समाचार बाहिर आएको छ । पछिल्लो एक दशकमा उनी गुमनाम जस्तै थिए । अस्ट्रेलियामा सबैको नजरबाट ओझेलमा रहेर जीवन बिताइरहेका थिए । तर जतिबेला उनको निधनको समाचार आयो, सबै स्तब्ध भए । धेरैले तिनै पुराना दिन सम्झिए । उनी ६२ वर्षका थिए । उनले आफ्नो जीवनभर ह्याम्पसायरकै लागि मात्र खेले ।

यो त्यही टेस्ट हो, जसमा ब्रायन लाराले कीर्तिमानी ३ सय ७५ रन बनाएका थिए ।

त्यही ह्याम्पसारले लेख्नुपर्‍यो, हाम्रा रोबिन स्मिथ अब रहेनन् । उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनको समयमा दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय परिवर्तनबाट गुज्रिइरहेको थियो । त्यसैले स्मिथले आफू जन्मेको देश छाडे र इङ्ल्यान्ड आए । त्यसयता उनले आफूलाई एक अब्बल दर्जाको ब्याटरको रूपमा स्थापित गरे । उनले कुल ६२ टेस्ट र ७१ वान डे क्रिकेट खेलेका छन् । टेस्ट क्रिकेटमा उनको औसत थियो, ४३.६७ ।

यही एक तथ्यले देखाउने गर्छ, उनी कति धेरै उपयोगी मध्यक्रमका ब्याटर थिए भनेर । वेस्ट इन्डिजविरुद्ध एन्टिगुवा टेस्टमा उनले बहादुरीपूर्वक १ सय ७५ रनको इनिङ्स खेलेका थिए । यो त्यही टेस्ट हो, जसमा ब्रायन लाराले कीर्तिमानी ३ सय ७५ रन बनाएका थिए । सन् १९९३ मा उनी अस्टेलियाविरुद्ध वान डेमा १ सय ६७ रन बनाएर नटआउट रहे । यो लामो समयसम्म वान डे क्रिकेटमा इङ्ल्यान्डका लागि उच्च स्कोरको कीर्तिमान रह्यो ।

यिनै खेलाडीबीच स्मिथले आफूलाई राम्रो रहेको प्रमाणित गरेका थिए । उनको उपनाम थियो, जज अर्थात न्यायाधीश ।

सन् १९९२ को वान डे विश्वकपमा इङ्ल्यान्ड फाइनलसम्म पुगेको थियो । त्यसमा सहभागी रहेको इङ्लिस टिमकै एक प्रमुख सदस्य हुन्, स्मिथ । त्यस टिमका एकसेएक खेलाडी थिए । जस्तो, कप्तान ग्राहम गुचदेखि इयान बोथम, ग्रेम हिक, एलान लाम्बे, एलेक स्टेवार्ट र फिल टफनलसम्म । यिनै खेलाडीबीच स्मिथले आफूलाई राम्रो रहेको प्रमाणित गरेका थिए । उनको उपनाम थियो, जज अर्थात न्यायाधीश ।

यस्तो किनभन्दा उनको कपाल घुम्रिएको हुन्थ्यो, जस्तो न्यायाधीशको विग हुने गर्थ्याे। खेल्न छाडे पनि उनको व्यक्तिगत जीवन राम्रो रहेन । उनी डिप्रेसनको सिकार बने । अनि अत्यधिक मदिरा सेवनको बानीबाट गुज्रिए । यसै कारण उनको स्वास्थ्य पनि लगातार कमजोर बनेको थियो । त्यसैले उनी गुमनाम नै रहे । यसैक्रममा उनको निधन भयो । यसरी विश्व क्रिकेटले एउटा राम्रो खेलाडीलाई चाँडै गुमाउनुपरेको छ ।