काठमाडौं । यो त्यतिबेलाको कुृरा हो, जतिबेला विश्व क्रिकेटमा वेस्ट इन्डिजको दबदबा थियो । त्यो पनि विशेषतः टेस्ट त्रिकेटमा । वेस्ट इन्डिजको तीव्र गतिको बलिङसामु धेरै कम ब्याटर मात्रै टिक्न सक्थे । यो भयो सन् ८० र ९० को दशकको बीचतिरको विश्व क्रिकेट । त्यही बेला इङ्ल्यान्डका एक ब्याटरले भने त्यही वेस्ट इन्डिज आक्रमणको डटेर खेले । खेले मात्र होइन, रन पनि बनाए । त्यसैले उनको धेरै प्रशंसा भयो ।
उनी हुन्, रोबिन स्मिथ । यतिबेला उनको चर्चा किनभन्दा यसै साता उनको निधन भएको समाचार बाहिर आएको छ । पछिल्लो एक दशकमा उनी गुमनाम जस्तै थिए । अस्ट्रेलियामा सबैको नजरबाट ओझेलमा रहेर जीवन बिताइरहेका थिए । तर जतिबेला उनको निधनको समाचार आयो, सबै स्तब्ध भए । धेरैले तिनै पुराना दिन सम्झिए । उनी ६२ वर्षका थिए । उनले आफ्नो जीवनभर ह्याम्पसायरकै लागि मात्र खेले ।
यो त्यही टेस्ट हो, जसमा ब्रायन लाराले कीर्तिमानी ३ सय ७५ रन बनाएका थिए ।
त्यही ह्याम्पसारले लेख्नुपर्यो, हाम्रा रोबिन स्मिथ अब रहेनन् । उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । उनको समयमा दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय परिवर्तनबाट गुज्रिइरहेको थियो । त्यसैले स्मिथले आफू जन्मेको देश छाडे र इङ्ल्यान्ड आए । त्यसयता उनले आफूलाई एक अब्बल दर्जाको ब्याटरको रूपमा स्थापित गरे । उनले कुल ६२ टेस्ट र ७१ वान डे क्रिकेट खेलेका छन् । टेस्ट क्रिकेटमा उनको औसत थियो, ४३.६७ ।
यही एक तथ्यले देखाउने गर्छ, उनी कति धेरै उपयोगी मध्यक्रमका ब्याटर थिए भनेर । वेस्ट इन्डिजविरुद्ध एन्टिगुवा टेस्टमा उनले बहादुरीपूर्वक १ सय ७५ रनको इनिङ्स खेलेका थिए । यो त्यही टेस्ट हो, जसमा ब्रायन लाराले कीर्तिमानी ३ सय ७५ रन बनाएका थिए । सन् १९९३ मा उनी अस्टेलियाविरुद्ध वान डेमा १ सय ६७ रन बनाएर नटआउट रहे । यो लामो समयसम्म वान डे क्रिकेटमा इङ्ल्यान्डका लागि उच्च स्कोरको कीर्तिमान रह्यो ।
यिनै खेलाडीबीच स्मिथले आफूलाई राम्रो रहेको प्रमाणित गरेका थिए । उनको उपनाम थियो, जज अर्थात न्यायाधीश ।
सन् १९९२ को वान डे विश्वकपमा इङ्ल्यान्ड फाइनलसम्म पुगेको थियो । त्यसमा सहभागी रहेको इङ्लिस टिमकै एक प्रमुख सदस्य हुन्, स्मिथ । त्यस टिमका एकसेएक खेलाडी थिए । जस्तो, कप्तान ग्राहम गुचदेखि इयान बोथम, ग्रेम हिक, एलान लाम्बे, एलेक स्टेवार्ट र फिल टफनलसम्म । यिनै खेलाडीबीच स्मिथले आफूलाई राम्रो रहेको प्रमाणित गरेका थिए । उनको उपनाम थियो, जज अर्थात न्यायाधीश ।
यस्तो किनभन्दा उनको कपाल घुम्रिएको हुन्थ्यो, जस्तो न्यायाधीशको विग हुने गर्थ्याे। खेल्न छाडे पनि उनको व्यक्तिगत जीवन राम्रो रहेन । उनी डिप्रेसनको सिकार बने । अनि अत्यधिक मदिरा सेवनको बानीबाट गुज्रिए । यसै कारण उनको स्वास्थ्य पनि लगातार कमजोर बनेको थियो । त्यसैले उनी गुमनाम नै रहे । यसैक्रममा उनको निधन भयो । यसरी विश्व क्रिकेटले एउटा राम्रो खेलाडीलाई चाँडै गुमाउनुपरेको छ ।