आश्विन ३, २०८२ शनिबार | ०२:१९:१९
लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन´ हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण लिभरपुलका लागि एभर्टनविरुद्धको खेल खास बन्दै खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ? युगान्तकारी परिवर्तनमा खेलकुदको समृद्धि खोजियोस् गोलमेसिन´ हालान्डका कीर्तिमानै कीर्तिमान नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग ट्वान्टी-२० शृंखला खेल्दै म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा फर्किए मेसन माउन्ट र म्याथ्युज कुन्हा भिसा नआएका कारण युएई उड्न पाएन नेपाली क्रिकेट टोली साफ यु-१७ च्याम्पियनसिपः पाकिस्तानकाे जितमा मन्सुर अहमदकाे ह्याट्रिक जाहिर खानले छाडे लखनउ सुपर जायन्ट्स च्याम्पियन्स लिगः रासफर्ड र डी ब्रुएनाको इङ्ल्यान्ड भ्रमण
शनिबारको दिन

खेलकुदमा जेनजी आन्दोलनको प्रभावः सबै स्थगित, सुरु हुन्छ कहिले ?

काठमाडौं । भदौ २३ गते जेनजी युवाहरूले गरेको आन्दोलनमा अन्यायपूर्ण सरकारी दमन भयो । परिणामस्वरुप भदौ २४ मा आन्दोलन अनपेक्षित रूपमा चर्कियो ।

भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको भद्र आन्दोलनले अराजक रूप लिँदा सरकारी तथा निजी संरचनाहरूमा अन्धाधुन्ध तोडफोड र आगजानी भए । परिस्थितिले विकराल रूप लिएपछि चार दिनसम्म देशभर निषेधाज्ञा र कर्फ्यु जारी भयो । कांग्रेस-एमाले गठबन्धनको सत्ता ढल्यो र मुलुकको राजनीतिले नयाँ बाटो समायो ।

आन्दोलनले देशका विभिन्न क्षेत्रमा असर पुर्याएको छ । नेपाली खेलकुद क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । आन्दोलन चर्किंदै गर्दा देशमा भलिबल र फुटबलका गतिविधिहरूलाई असर परेको थियो । पर्यटकीय नगरी पोखरामा भलिबलको फ्रेन्चाइज प्रतियोगितामा रमिरहेको थियो । राजधानी काठमाडौंमा सिनियर राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशको आतिथ्य गरिरहेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उमेर समूहको घरेलु लिग भइरहेको थियो । यी सबै कार्यक्रम देशभित्रको अशान्तिपूर्ण माहोलले स्थगित भयो ।

जेनजी प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति समवेदना प्रकट गर्न अखिल नेपाल फुटबल संघ(एन्फा)को शोकसभा ।

आन्दोलनले तातेको माहोल अहिले मत्थर भइसकेको छ । देशमा अन्तरिमम सरकार बनिसकेको छ । तर, नेपाली खेलकुदको घरेलु गतिविधि अनिश्चितकालका लागि स्थगित छ । कहिले सुचारु हुन्छ, कसैले भन्न सक्ने स्थिती छैन ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षभन्दा बढी समयदेखि हुन नसकेको शीर्ष डिभिजन लिग पुसमा गर्ने योजना अगाडि सारेको थियो । 

प्रमुख प्रशासनिक केन्द्र र निजी संरचनामा क्षति पुर्याइँदा आर्थिक गतिविधिहरू पक्कै सुस्ताएका छन् । निजी संरचनाहरूमा पुगेको क्षतिले प्रत्यक्ष रूपमा खेल संघहरूलाई परेको हो । व्यावसायिक घराना भित्रिएपछि सल्बलाउन थालेको नेपाली खेलकुदले उनीहरूमाथि नै पर्न गएको चोटको पीडा आत्मसात गरिरहेको छ । यो पीडा कम हुन अवश्य पनि समय लाग्नेछ । यस्तोमा खेलकुदका सरोकारवालाहरूको मनमा उब्जिएको प्रश्न हो, फुटबल र भलिबलसँगै अर्को लोकप्रिय खेल क्रिकेट अनि समग्रमा नेपाली खेलकुदका पूर्वघोषित गतिविधिहरू निश्चित समयमै हुन्छ वा हुँदैन ?

सुरुमा फुटबल । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षभन्दा बढी समयदेखि हुन नसकेको शीर्ष डिभिजन लिग पुसमा गर्ने योजना अगाडि सारेको थियो । तर, तीन महिनाको मात्र समय बाँकी रहँदा पुसमै लिग हुने सम्भावना कति छ ?

एन्फा पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरूबीच सोमबार सम्पन्न अन्तरक्रिया कार्यक्रम, तस्विरः सरोज सापकोटा/खेलाडी ।

‘जेनजी आन्दोलनले निम्त्याएको आर्थिक संकटका कारण क्लबहरूलाई गाह्रो हुने कुरा हामीले बुझेका छौं । व्यावसायिक घरानामा जुन किसिमले गम्भीर क्षति परेको छ, त्यो चिन्ताजनक छ । उनीहरूले नै हो हामीलाई प्रायोजन गर्ने । अहिले हामीलाई प्रायोजन गर्ने निजी संस्था आफै संकटमा छ,’ एन्फाका महासचिव किरण राई भन्छन्, ‘असोज १ गते शोक दिवस मनाइसकेपछि हामी काममा फर्कने छौं । अहिले उत्पन्न विषम परिस्थितिले निम्त्याएको चुनौतीबारेमा हामी विचारविमर्श गर्नेछौं । फुटबललाई फेरि चलायमान बनाउन हामी निरन्तर प्रयासमा हुनेछौं ।’

एन्फा र शीर्ष डिभिजन क्लबबीच बैठक नै हुन सकिरहेको छैन । मंगलबार मात्र एन्फाले सबै क्लबहरूलाई पत्र पठाउँदै प्राविधिक कारण देखाएर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको थियो । बैठकमा पुसका लागि प्रस्ताव गरिएको लिगबारे विस्तृत छलफल हुने तय थियो । देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव एन्फाले अघि सारेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले तोकेको मितिअनुसार नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण मसिंर १ देखि २७ सम्म हुनेछ ।

सोमबार पनि एन्फाका केही पदाधिकारी र क्लब प्रतिनिधिहरूबीचको अन्तरक्रिया कार्यक्रममा रोकिएको यु–१६ लिग तथा शीर्ष डिभिजन लिगको विषयमा प्रारम्भिक छलफल भएको थियो । जसबाट अर्को सूचना नआएसम्मका लागि सम्पूर्ण गतिविधि बन्द हुने निचोड निकालिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई ।

‘जेनजी आन्दोलनले सबै क्षेत्रमा सुशासन हुनुपर्छ भन्ने गम्भीर सन्देश दिएको छ । यो आफैंमा सकारात्मक पाटो हो । तर, पूरा देशनै शोकमा परेको स्थिति हुँदा हामीले लिगलाई निरन्तरता दिइरहने अवस्था रहेन । देश शोकमा परिरहने अनि फुटबलचाहिँ खेलाइरहने भन्ने हुँदैन,’ राईको बुझाइ छ, ‘फुटबल र समग्र खेलकुद भनेको उत्सवजस्तो पनि हो । त्यस कारण जेनजी साथीहरूका लागि फुटबलको माहोल रोक्नुपर्ने हामीले उपयुक्त ठान्यौं । केही समयपछि फुटबल पुनः सुचारु हुन्छ ।’

एन्फाले यसै महिनामात्र राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता सम्पन्न गर्यो । १० टोलीको सहभागिता रहने प्रमुख लिगको मिति तय भइसकेको छैन । गतिविधिहरू ठप्प हुँदा महिला लिगमा पनि असर पर्ने पक्का छ ।

घरेलु क्रिकेट अहिले बिदामा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान अहिले निर्माणधीन अवस्थामा छ । आन्दोलनका कारण त्रिवि मैदानको काम केही दिन रोकियो । तर, अहिले अन्तिम चरणको काम द्रुत गतिमा अगाडि बढिरहेको छ । प्यारापिटको काम लगभग सकिसकेको छ । स्थिति सामान्य भएसँगै फ्लडलाइटको काम सुरु भइसकेको छ ।

जेनजी प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति समवेदना प्रकट गर्न नेपाल क्रिकेट संघ (क्यान)को शोकसभा, तस्विरः सरोज सापकोटा/खेलाडी ।

नेपाल क्रिकेट संघ (क्यान)ले तोकेको मितिअनुसार नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण मसिंर १ देखि २७ सम्म हुनेछ । तर, व्यावसायिक घरानाका निजी सम्पत्तिमा पर्न गएको क्षतिले एनपिएल समयमै आयोजना हुने कुरामा प्रश्न उब्जिएको छ । यद्यपि क्यानका अध्यक्ष चतुरबहादुर चन्द एनपिएल तोकिएकै मितिमा हुने दाबी गर्छन् ।

‘क्रिकेटलाई सहयोग गरिरहेका प्रायोजकको संरचनाहरू केही क्षतिग्रस्त भएका छन् । त्यसैले उहाँहरू हतोत्साहित छन् । क्यान सबै फ्रेन्चाइज टोलीसँग ‘टच’मा छ । औपचारिक, अनौपचारिक छलफल भइरहेका छन्,’ चन्दले भने, ‘शान्तिसुरक्षाका सबै कुरा ठीक हुने हो भने लिग समयमै हुनुपर्छ भन्ने माग फ्रेन्चाइज टोलीहरूको छ । उहाँहरू तयार हुनुहुन्छ । एनपिएल टिम तयार छ ।’

आन्दोलनका कारण फ्रेन्चाइज भलिबल प्रतियोगिता, एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजन बीचमै स्थगित भयो । 

आन्दोलनका कारण एनपिएल ट्रफी टुर भने रोकियो । भदौ २१ गते क्यानले ट्रफी टुर सुरु गरेको थियो । क्यानले कात्तिक २३ गते समापन गर्नेगरी पूर्वको विराटनगरदेखि जनकपुर, चितवन, काठमाडौं, पोखरा हुँदै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म ट्रफी लैजाने योजना बनाएको थियो । तर, दुई दिनपछि नै देश जेनजी आन्दोलनमा होमिँदा कार्यक्रम रोकिएको हो ।

मधेश युनाइटेका मार्की खेलाडी निरुता ठगुन्ना ।

आन्दोलनका कारण फ्रेन्चाइज भलिबल प्रतियोगिता, एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजन बीचमै स्थगित भयो । काठमाडौंमा सम्पन्न पहिलो सिजनको सफलतापछि यसपालि इडब्लुभिएल पोखरा पुगेको थियो । सहभागी ६ टोलीले लिग चरणमा समान ३ खेल खेलिसकेपछि प्रतियोगिता स्थगित गरिएको थियो ।

आन्दोलनका क्रममा काठमाडौं स्पाइकर्स, पोखरा निन्जाज र आयोजक बसेको होटलमा आगजनी हुँदा असामान्य परिस्थिति सिर्जना भएको थियो ।

इडब्लुभिएलले आइतबार बसेको बैठकको निस्कर्ष अनुसार प्रतियोगिता जहाँबाट स्थगित गरिएको थियो, त्यहीँबाट पुनः सुचारु हुने जानकारी गराएको छ । तर, नयाँ मिति भने तोकिएको छैन । बाँकी खेलको नयाँ मिति नेपाल भलिबल संघ (एनभिए), सहभागी टोली र प्रायोजकसँगको समन्वयमा तय गरिने बताइएको छ ।

आन्दोलनकै कारण नोभेम्बर १५ देखि २२ गतेसम्म राजधानीको टुडिखेलमा आयोजना हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) महिला आउटडोर भलिबल लिग पनि स्थगित हुन पुग्यो । सहभागी राष्ट्रले खेलाडीलाई नेपाल पठाउन अस्वीकार गरेपछि प्रतियोगिता स्थगित गर्नुपरेको एनभिएका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए ।

नेपाल भलिबल संघ (एनभिए)का अध्यक्ष जितेन्द्र बहादुर चन्द ।

‘सहभागी टोलीका सरकारले नेपालमा स्थिति ‘कुल डाउन’ भइसकेपछि मात्र सहभागिता जनाउन निर्देशन दिएपछि हामीले प्रतियोगिता स्थगित गरेका हौं,’ चन्दले भने, ‘अहिले सम्पूर्ण क्षेत्र प्रभावित भएको छ । भलिबललाई पनि यसले क्षति पुर्याएको छ । स्थिति सामान्य भएपछि हामी भलिबललाई पुनः चलायमान बनाउन सक्दो प्रयास गर्ने नै छौं ।’