चैत्र १, २०८२ आइतबार | ०२:२६:५१
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

त्रीदेशीय च्याम्पियनसिपमा नेपाल र भारतविरुद्धको खेल औपचारिकताभन्दा धेरै माथि

काठमाडौं । ठ्याक्कै ३६५ दिनको अन्तरालपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमबार भारतको सामना गर्दैछ । पछिल्लो पटक यी दुई टोली काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा आमने-सामने भएका थिए । यसपाली त्रीदेशीय प्रतियोगितामा भारतले नेपालको आतिथ्य गर्दा यो अवसर जुरेको हो । सिलोङको जवहारलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

दुवैले आफ्नो पहिलो खेलमा इरानसँग पराजय बेहोरिसकेका छन् । दुई खेलमा स्पष्ट ६ अंक जोडेको इरान च्याम्पियन भइसक्यो । यसअर्थमा नेपाल र भारतबीचको खेल प्रतियोगिताको सेट-अप अनुसार औपचारिकतामा मात्र सीमित हुनेछ । तर, ‘औपचारिकता’ शब्द नेपाल र भारतबीचको महिला फुटबल प्रतिद्वन्द्वीताको शब्दकोशमा छैन ।

सोमबार भारतविरुद्ध नेपाललाई इतिहास सुधार्ने अवसर छ । पछिल्ला तीन भेटमा नेपाललाई हराउन नसकेको भारत पनि यो भिडन्तका लागि सजग छ । यसकारण एउटा तथ्य निश्चित बन्छ । त्यो के भने खेल निक्कै रोमाञ्चक हुनेछ ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र भारतले एकअर्कासँग खेल्न थालेको १५ वर्षभन्दा धेरै भइसक्यो । यो १५ वर्षमा यी दुई टिमबीच १८ खेल भए । जसमा नेपालले मात्र तीन खेलमा जित हासिल गरेको छ । ११ खेल भारतको पक्षमा गएको छ भने चार खेल बराबरीमा टुंगिएका छन् । भारतविरुद्ध नेपालको इतिहास पक्कै गर्विलो छैन । तर जब जब भारतसँग खेलेको छ, खेल निक्कै रस्साकस्सीपूर्ण बन्ने गरेको छ । उदाहरण पछिल्लो भेट नै हुन सक्छ ।

साफ च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भारतविरुद्ध गोल गरेपछि सावित्रा भण्डारी, फाइल तस्विरः सरोज सापकोटा/खेलाडी ।

नेपालले खेलेको इतिहासकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय खेल थियो त्यो । रेफ्रीको विवादास्पद निर्णयका कारण खेल करिब १ घण्टा १५ मिनेट रोकिएको थियो । तीन घण्टाभन्दा बढि समय लागेको त्यो खेलमा पछि नेपालले झण्डै २० हजार घरेलु समर्थकमाझ बाजी मार्यो । एक गोलले पछाडि परेको स्थितिलाई गोलमसिन सावित्रा भण्डारीले सनसनीपूर्ण तरिकाले बराबरीमा ल्याएकी थिइन । गोलपछि सावित्राले जर्सी फुकालिन र ‘आइकोनिक रोनाल्डो’ सेलेब्रेसन गरिन । पछि टाइब्रेकरमा नेपालले विजयी नतिजा निकाल्यो । ३६५ दिनअघिको त्यो माहोल र दृश्य नेपाली समर्थकको मानसपटलमा ताजै छ ।

सन् २०२३ फेब्रुअरीमा पनि सावित्राले भारतको मुखैमा पुगिसकेको जित खोसेकी थिइन् । चेन्नईमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतले दोस्रो हाफमा दुई गोलको अग्रता लिइसकेको थियो । निर्धारित समयसम्म नेपालले गोल फर्काउन सकेको थिएन । तर, इन्जुरी समयमा सावित्राले दुई गोल गरिन् । त्यतिबेला मुख्य प्रशिक्षक अनन्त थापाको खुसी हेर्नलायक थियो । अनि भारतीय खेलाडी स्तब्ध भएको अनुहार पनि ।

सन् २०१९ मा भारतले हिरो गोल्डकप आयोजना गरेको थियो । जतिबेला सावित्राकै दुई गोलमा नेपालले भारतविरुद्ध ऐतिहासिक पहिलो जित हासिल गरेको थियो । राउन्ड रोविन लिगमा नेपाल २–१ ले विजयी भएको त्यो खेलमा सावित्राले खेलको सुरआती सात मिनेटभित्र दुई गोल गरेकी थिइन् । यो खेललाई सावित्रा आफै पनि करिअरकै अविस्मरणीय खेलका रुपमा लिन्छिन् ।

अनि सन् २०२२ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको छैटौं संस्करण कसले पो बिर्सेको छ र ? हिलाम्मे दशरथ रंगशालामा स्ट्राइकर रश्मीकुमारी घिसिङको गोलमा नेपालले भारतलाई हराएको थियो । त्यो जित यसअर्थमा खास थियो कि साफ च्याम्पियनसिपमा यो भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसअघि साफ च्याम्पियनसिपमा नेपालले भारतसँग फाइनलमा चार पटक र सेमिफाइनलमा एक पटक हार बेहोरेको थियो ।

साफ च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा भारतविरुद्ध गोल गरेपछि रश्मिकुमारी घिसिङ, फाइल तस्विरः एन्फा ।

सोमबार जवहारलाल नेहरु रंगशालामा मुख्य प्रशिक्षक नवीन न्यौपानेलाई यिनै दुई खेलाडीमाथि भर रहनेछ । तुलनात्मक रुपमा बलियो इरानविरुद्ध न्यौपानेले ४-१-४-१ शैलीमा टिम मैदानमा उतारेका थिए । भारतविरुद्ध न्यौपानेले दुई जना स्ट्राइकर प्रयोग गर्ने अनुमान गर्न सकिन्छ । शुक्रबार इरानले नेपालको पोस्टमा दुई गोल गरिसकेपछि न्यौपानेले डिफेन्सिभ मिडफिल्डरको भूमिकामा रहेकी निशा थोकरलाई प्रतिस्थापन गर्दै रश्मीलाई मैदानमा उतारेका थिए ।

भारतविरुद्धको जितले नवनियुक्त मुख्य प्रशिक्षक न्यौपानेको करिअरमै पनि विशेष अर्थ राख्न सक्छ । भारतविरुद्धको जितसँगै सिनियर टोलीको प्रशिक्षण करिअर सुरु गर्ने सौभाग्य प्राप्त गर्ने अवसर न्यौपानेसँग हुनेछ । उनी खेललाई लिएर के भन्छन् त ?

‘लामो दूरीको यात्राका कारण हामीले इरानविरुद्ध सोचेअनुरुपको प्रदर्शन गर्न सकेनौं । राती २ बजे आइपुगेका थियौं । खेलाडीहरु थकित थिए । त्यसले खेलमा असर पर्यो,’ न्यौपानेले भने, ‘भारतविरुद्ध तीन अंकका लागि खेल्नेछौं । इरानसँग बेहोरेको हारको परिपूर्ति गरेर नेपाली समर्थकलाई ‘पोजेटिभ म्यासेज’ दिन चाहन्छौं ।’


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||