फाल्गुन ९, २०८२ शनिबार | १८:४५:४४
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्धको दुई लेगअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम प्रशिक्षण सत्र, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा अन्तिम अभ्यासपछि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार बिहान १० बजे भियतनाम लागेको छ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने छ । सोमबारको प्रशिक्षणअघि राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा टोलीलाई एन्फाले बिदाई गरेको थियो ।

छनोट प्रतियोगिताको पछिल्लो खेलमा नेपालले गत जुनमा कमजोर लाओसविरुद्ध २-१ को हार बेहोरेको थियो । त्यसअघि पहिलो खेलमा मलेसियाले नेपाललाई २–० ले हराएको थियो । लगातार दोस्रो हारसँगै नेपाल अंकतालिकाको पुछारमा छ ।

तर, मलेसिया फुटबल संघ फिफाको कार्बाहीमा परेसँगै पहिलो खेलको नतिजा नेपालको पक्षमा आउने सम्भावना बढेको छ । र, नेपालले छनोट प्रतियोगितामा नयाँ लाइफलाइन पाउने आशा गरिएको छ । यसकारण भियतनाम भ्रमण नेपाली टिमका लागि महत्वपूर्ण बनेको छ ।

दुई साताअघि फिफा अनुशासन समितिले फर्जी कागज पेश गरेर अयोग्य खेलाडीलाई भियतनामविरुद्ध मैदानमा उतारेको भन्दै मलेसिया फुटबल संघलाई कार्बाही गरेको थियो । फुटबल संघसँगै फिफाले अयोग्य सात खेलाडीलाई १२ महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्धसहित जरीवाना तोकेको छ । कार्बाहीमा पर्ने मध्ये एक खेलाडीले नेपालविरुद्ध गोल समेत गरेका थिए । जसका कारण मलेसियाको तीन अंक नेपालले पाउने सम्भावना बढेको हो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्धको दुई लेगअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम प्रशिक्षण सत्र, तस्विरः सरोज सापकोटाखेलाडी ।

यस्तो भए नेपालसँग अझै पनि अर्को वर्षको एसियन कपमा पुग्ने गणीतिय सम्भावना बाँकी रहन्छ । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ । यस्तो साउदी अरबको टिकट काटनका लागि नेपालसामू भियतानम भ्रमणबाट स्पष्ट ६ अंकबाहेकको विकल्प छैन ।

मलेसियाको कार्बाहीसँगै उल्टिएको समीकरणलाई टिमले कसरी लिएको छ त ?

‘हामीले ‘पोटेन्सियल लाइफलाइन’ पाएका छौं । आशा छ नतिजा हाम्रो पक्षमा आउनेछ । जसले हामीलाई पुनः दाबेदारका रुपमा उभ्याउनेछ,’ मुख्य प्रशिक्षक रसले भने, ‘हामी भियतनामको चुनौतीका लागि तयार छौं । तयारी राम्रो भएको छ । हामी सकारात्मक छौं ।’

भियतनाम भ्रमणका लागि नेपाली टोलीले दुई साता बन्द प्रशिक्षणमा रहेर तयारी गर्यो । मुख्य प्रशिक्षक रसले गत सेप्टेम्बर २३ मा ३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । १२ दिनको प्रारम्भिक छनोटपछि १० खेलाडीलाई बाहिर राख्दै रसले शनिबार अन्तिम टोली घोषणा गरेका थिए । यसैबीच दशैं मनाउनका लागि भनेर रसले खेलाडीलाई दुई दिनको छुट्टी दिएका थिए ।

गत सेप्टेम्बर ६ मा नेपालले दक्षिण एसियाली प्रतिद्धन्द्धी बंगलादेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । त्यो टोलीबाट ६ खेलाडी अहिले समावेश छैनन् ।
बंगलादेशविरुद्ध टोलीमा रहेका अमित लामा, आदित्य शाक्य, रन्दीप पौडेल, समीर तामाङ, सृजनराज गौतम र टिकेन्द्र थापा यसपाली टोलीमा छैनन् । यीमध्ये रक्षक रन्दीप र अट्याकिङ मिडफिल्डर सृजनराजलाई प्रारम्भिक छनोटमै बोलाइएको थिएन ।

नेपाली राष्ट्रिय फुटबल टोलीका अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जु, तस्विरः सरोज सापकोटा/खेलाडी ।

टोलीमा गोलकिपर विशाल सुनार, रक्षकहरु विमल पाण्डे, सनीस श्रेष्ठ र सुमित श्रेष्ठ अनि अट्याकिङ मिडफिल्डरद्धय कृतिशरत्न छुन्जु र आयुष घलानले पुनरागमन जनाएका छन् । यी सबै खेलाडी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलमा टोलीमा थिए । सनीस बंगलादेशसँगको खेलका दौरान घाइते थिए । सुमित, कृतिश र आयुष भने यु-२३ एसियन कप छनोट प्रतियोगिताका लागि ताजकिस्तानमा थिए ।
राष्ट्रिय यु–२३ टोलीका अन्य सदस्यहरु मिडफिल्डर सन्तोष खत्री र स्ट्राइकर निराजन धामी भने सिनियर टोलीमा अटाएका थिएनन् ।

अक्टोबर १४ मा हुने दोस्रो लेग खासमा नेपालमा हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारहरुमा देखिएको कमजोरी र खतराका कारण दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपालले यो अवसर गुमाएको हो ।

भियतनामविरुद्धको पहिलो लेगमा पराजय बेहोरे नेपालको एसियन कप पुग्ने चुनौती लगभग सकिनेछ । खेलमा जीतहार स्वभाविक प्रकृया हो । तर एसियन कप खेल्ने ऐतिहासिक अवसरका लागि नेपाली टोलीले भियतनाममा सतप्रतिसतभन्दा बढि दिनुपर्नेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||