फाल्गुन ९, २०८२ शनिबार | १८:४६:३७
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

एसियन कप छनोटः मलेसियाको सामना गर्दै नेपाल

काठमाडौं । एसियन कपमा पुग्ने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगिताको तेस्रो चरण अन्तर्गत आफ्नो पाँचौं खेलमा मंगलबार मलेसियाको सामना गर्दैछ । क्वालालम्पुरस्थित बुकित जलिल नेशनल रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।

भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपाली खेलाडी बुकित जलिलको पाहुना बन्न बाध्य भएको हो ।

आफ्नो हक लाग्ने खेल विपक्षीको मैदानमा खेल्नुपर्ने दूर्भाग्यपूर्ण नतिजाको श्रृंखलाले निरन्तरता पाइरहँदा नेपाली खेलाडीले फेरि एकपटक घरेलु समर्थकको समर्थन ‘मिस’ गर्नेछन् ।

तेस्रो चरणको प्रतिस्पर्धामा नेपाली टोलीको टचलाइन नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले सम्हाल्दैछन् । यसअघिका चार खेलमा अस्ट्रेलियन प्रशिक्षक म्याथ्यु रसले टोलीको नेतृत्व सम्हालेका थिए । दूर्भाग्यपूर्ण नतिजाको श्रृंखलाबीच राष्ट्रिय टोली सम्हाल्ने मौका पाएका खड्का नेपाली फुटबललाई माया र साथ दिन आह्वान गर्छन् ।

मलेसियामा पहिलो प्रशिक्षण सत्रका दौरान खड्काले भनेका थिए, ‘मलेसियासँगको खेलका लागि सबैलाई चुलो निम्तो छ । नेपाली फुटबललाई माया गरिदिनुहोस्, जता भएपनि हामीलाई साथ दिनुहोस् ।’

मलेसियासँगको खेल खड्काका लागि दोस्रो अन्तर्राष्ट्रिय खेल हो । पाँच दिनअघि मात्र नेपालले बंगलादेशसँग ढाकामा मैत्रीपूर्ण खेल खेलेको थियो । ढाकामा नेपालले अनन्त तामाङको इन्जुरी समयको गोलप्रेरित रोमाञ्चक २–२ को बराबरी खेलेको थियो । त्यसअघि उप–कप्तान रोहित चन्दले नेपालका लागि पहिलो हाफमा अग्रता दिलाएका थिए ।

यिनै रोहित मलेसियाविरुद्ध नेपालका लागि हेर्नलायक खेलाडी हुन् । बलियो मलेसियाविरुद्ध नेपाललाई रोहितको नेतृत्व र उर्जा टोलीका लागि अत्यावश्यक रहनेछ ।

पहिलो लेगमा नेपाल २–० ले पराजित भएको थियो । मलेसियाका लागि मिडफिल्डर हेक्टर हेभेल र लेफ्ट ब्याक लरेन्स कर्विङ योङले गोल गरेका थिए । खेलमा रसले ५–४–१ फर्मेसनमा खेलाडीलाई मैदानमा उतारेका थिए । रोहित सेन्टरब्याकको जिम्मेवारीमा थिए । अग्रपङ्क्तिको जिम्मेवारी जिलेश्पीजंग कार्कीको काँधमा थियो ।

बंगलादेशसँग नेपाल ४–२–३–१ फर्मेसनमा उत्रिएको थियो । रोहित डिफेन्सिभ मिडफिल्डको भूमिकामा देखिएका थिए । जिलेश्पी भने बेन्चबाट दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए । खड्काले अट्याकिङ मिडफिल्डरको भूमिकामा रहँदै आएका मनिष डाँगीलाई स्ट्राइकर पोजिसनमा खेलाएका थिए ।

खासमा नेपाली टोली अहिले ‘प्रपर नम्बर ९’को खोजीमा छ । खड्काका अनुसार टोली अहिले ‘ट्रायल फेज’मा छ । बंगलादेश प्रस्थान गर्नुअघि खड्काले भनेका थिए्, ‘मसँग छोटो समय छ । तर पनि मैले ट्रायलका रुपमा सबै खेलाडीलाई हेरिरहेको छु ।’

सेन्ट्रल मिडफिल्डर एरिक विष्ट लामो समयपछि बेन्चमा सीमित हुँदा खड्काले बंगलादेशविरुद्ध नयाँ खेलाडीलाई ‘प्लेइङ मिनेट्स’ दिएका थिए । जसमध्ये सेन्ट्रल डिफेन्सिभ मिडफिल्डर दीपेश गुरुङ र अट्याकिङ मिडफिल्डर आदीत्य शाक्यले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाए । त्यस्तै युवा मिडफिल्डरद्धय सुवास वम ठकुरी र कुशल देउवाले पनि केही मिनेट्स मैदानमा बिताए ।

चार खेलमा १२ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको मलेसियाले नेपाललाई हराए अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपमा आफ्नो स्थान लगभग पक्का गर्नेछ ।

मलेसिया पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेलमा अपराजित छ । नेपालले भने दुई बराबरी खेल्दा तीनमा हार बेहोरेको छ । नेपालले यी दुबै बराबरी बंगलादेशसँग खेलेको हो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||