काठमाडौं । डिआर कङ्गो ५२ वर्षपछि फिफा विश्वकपमा फर्किएको छ । मंगलबार राति भएको अन्तरमहादेशीय प्लेअफमा जमैकालाई १–० ले हराउँदै यो अवसर प्राप्त गरेको हो ।
कङ्गोको जितमा एलेक्स टुआन्जेबेले निर्णायक गोल गरेका थिए । अतिरिक्त समयमा उनले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता दिएको थियो । पूर्व इङ्ल्यान्ड यु–२१ टिमका खेलाडी एलेक्सको गोलसँगै कङ्गोको भाग्य ५२ वर्षपछि खुलेको थियो ।
पछिल्लो पटक कङ्गोले सन् १९७४ मा विश्वकप खेलेको थियो । पहिलो अवसरमा टोलीले मात्र समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । सन् २०२६ को लागि टोली दोस्रो पटक विश्वकपमा छनोट भएको छ ।
अब, कङ्गोले अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको समूह ‘के’मा प्रतिस्पर्धा गर्नेछ । यो समूहमा पोर्चुगल, उज्वेकिस्तान र कोलम्बिया रहेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
