काठमाडौं । पाकिस्तान सुपर लिग(पिएसएल) मा आइतबार राति लाहोर कलन्दर्सले कराँची किंग्ससँग चार विकेटको पराजय भोग्दा बल टेम्परिङ (अवस्था परिवर्तन) गरेकोमा दोषी ठहर भएपछि फखर जमानलाई दुई खेलको प्रतिबन्ध भएको छ।
म्याच रेफ्री रोशन महानामाले फखरले बल छेडछाड गरेको र पिएसएल आचारसंहिताको धारा ४१.३ उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै यो सजाय घोषणा गरिएको हो ।
खेलाडी र खेलाडी सहयोगी कर्मचारीहरूको लागि पिएसएल आचारसंहिता अन्तर्गत पहिलो पटक लेभल ३ अपराधको लागि खेलाडीलाई कम्तिमा एक खेल वा अधिकतम दुई खेलको लागि निलम्बन गरिने नियम रहेको छ ।
पीएसएल आचारसंहिताले फखरलाई म्याच रेफ्रीबाट लिखित फैसला प्राप्त भएको ४८ घण्टा भित्र पीएसएल प्राविधिक समितिमा निर्णय विरुद्ध अपील गर्न अनुमति दिन्छ ।
फखरले अप्रिल ३ मा मुल्तान सुल्तान र अप्रिल ९ मा इस्लामाबाद युनाइटेडविरुद्ध हुने लाहोरको खेल गुमाउने छन् ।
