काठमाडौं । साफ यु-२० च्याम्पियनसिपमा माल्दिभ्स र भुटानले गोलरहित बराबरी खेलेका छन् । यो नतिजासँगै नेपाल समूह ‘ए’बाट सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भुटान र माल्दिभ्स दुबैले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । यो नतिजासँगै अन्तिम चारमा स्थानमा पुग्ने दुबैको सम्भावना कठिन मोडमा आइपुगेको छ ।

अन्तिम खेलमा माल्दिभ्सले नेपाल तथा भुटानले श्रीलंकासँग खेल्नेछ । दुबैलाई अन्तिम खेलमा जितको विकल्प छैन । यसबाहेक दुबैले एकअर्काको नतिजामा पनि भर पर्नु पर्नेछ ।
भुटान र माल्दिभ्स दुबैले आफ्नो पहिलो खेलमा पराजय बेहोरेका थिए ।
दिनको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । स्पष्ट ६ अंक जोड्दै नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
