काठमाडौं । माल्दिभ्समा जारी साफ यु-२० च्याम्पियनसिपमा पाकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार पाकिस्तान भारतसँग ३-० ले पराजित भयो । हारसँगै पाकिस्तान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भारतको जितमा ओमाङ डोडुमले दुई तथा विशाल यादवले एक गोल गरे । समूह ‘बी’मा भारतको यो पहिलो खेल हो । यो नतिजासँगै बंगलादेशले पनि एक खेलअगावै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।

बंगलादेशले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई २-० ले हराएको थियो । अब मार्च २८ मा भारतले शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्न बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’बाट नेपालले अन्तिम चारमा स्थान बनाइसकेको छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
