मंसिर २१, २०८१ शुक्रबार | १३:१४:०५
पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा
शनिबारको दिन काउन्टर अट्याक

‘स्वार्थको चौराहामा अलपत्र खेलकुदले सही मार्ग समातोस्’ शुभकामना !

काठमाडौं । नेपाली क्यालेन्डरले आजबाट नयाँ वर्षलाई स्वागत गरेको छ । नयाँ वर्षमात्र होइन, आजको दिनबाट नयाँ दशक नै सुरु हुँदै छ । जसोतसो नेपाली खेलकुदले पनि २०७० को दशक बिदा गरेको छ, २०८० को दशक सुखद हुने आशाका साथ ।

आउँदो दशक सुखद हुनका लागि वर्ष २०८० सुखद हुनुपर्छ र त्यसको अनुमान बितेको दशक र बितेको वर्षमा तयार गरिएको आधारले तय गर्छ । यस अर्थमा नेपाली खेलकुदले बितेको वर्ष/दशकमा कस्तो आधार बनायो, दीर्घकालीन तथा अल्पकालीन यात्राका लागि कस्तो बाटो हिँड्यो भन्ने कुराको समीक्षा जरुरी हुन्छ ।

पक्कै पनि बितेको दशक नेपाली खेलकुदका लागि पनि संक्रमणको समय रह्यो । गणतान्त्रिक नयाँ संविधान जारी भएपछि त्यही अनुसारका कानुनहरू निर्माण र कार्यान्वयनको काम यही समयमा सुरु भएका छन् । नेपालले विनासकारी महाभूकम्पको ताण्डव बेहोरेकै दशकमा सम्पूर्ण मानव जातिले नै कोभिड-१९ को महामारी खेप्नुपर्यो । महामारी ओरालो लाग्दै गर्दा विश्वव्यापी आर्थिक मन्दीले फेरि जकडिरहेको छ ।

यिनै कारण पनि खेलकुदमात्र होइन, कुनै पनि क्षेत्रलाई यो कालखण्डमा अगाडि बढ्न कठिन थियो । पुरानो अवस्था जोगाइराख्ने चुनौती थियो । अझ अत्यन्तै पिछडिएको अवस्थामा रहेको नेपाली खेलकुदसामु चुनौतीहरू थप कठिन हुनु स्वभाविक हो । निरपेक्ष भएर मूल्यांकन गर्दा धेरै कुरा व्यक्ति वा कुनै संस्था विशेषको हातभन्दा बाहिर थियो । परिस्थिति प्रतिकूल हुँदा धेरै काम गर्न नसकिएको स्वभाविक हो ।

कठिन परिस्थितिका बावजुद नेपाली खेलप्रशासनले गरेका प्रयास, सहज अवस्था आएपछि कसरी अगाडि बढ्ने भनेर बनाएका योजना लगायतका विषयतिर घोत्लिने हो भने चाहिँ अवस्था झनै निराशाजनक देखिन्छ ।

पूरा दशकलाई फर्केर हेर्दा चाहेर पनि गर्न नसकिने अवस्था नेपाली खेलकुदले बेहोरिइसकेको छ । जतिसुकै दयनीय तरिकाले भए पनि त्यसलाई इतिहास बनाइसकेको छ । पार लगाइसकेको छ । यस अर्थमा आगामी दशक स्वतः सुखद हुने अनुमान गर्न सकिन्छ ।

तर, त्यसका लागि कठिन परिस्थितिका बावजुद नेपाली खेलप्रशासनले गरेका प्रयास, सहज अवस्था आएपछि कसरी अगाडि बढ्ने भनेर बनाएका योजना लगायतका विषयतिर घोत्लिने हो भने चाहिँ अवस्था झनै निराशाजनक देखिन्छ । एकातिर अनुकूल बन्दै गएको समयले दिएको अपार सम्भावना छ भने अर्कोतिर आर्थिक रूपमा भ्रष्ट, नैतिक रूपमा पतित, क्षमताका हिसावमा कुनै भिजन र योजना नरहेको अनि व्यावहारिक रूपमा रामभरोसे स्वभावका स्वार्थी प्रशासकहरूका कारण चुनौतीको अजङगको पहाड देखिन्छ ।

ओलम्पियन रघुराज वन्तको भाषामा भन्ने हो भने नेपाली खेलकुद अहिले क्रसरोड (चौराहा) मा पुगेर दिशाविहीन भएको छ । चौराहामै पुग्दा हो कुन बाटो जाने भन्नेमा सुझबुझपूर्ण निर्णय गर्ने । चौराहाबाट सही बाटो समाउन सक्यो भने गन्तव्यमा पुगिन्छ । जबकि एउटा गलत निर्णयले जति हिँडे पनि कहिल्यै गन्तव्यमा नपुग्ने अवस्था सिर्जना हुन्छ ।

हो, नेपाली खेलकुदले चौराहाबाट सही बाटो लिने संकेत देखाएको छैन । पाइलाहरू गलत बाटोतिर सोझिन खोज्दैछन्, महेन्द्रनगर जानुपर्ने यात्री नारायणघाट पुगिसकेपछि पूर्व हान्निन खोजेजस्तै । अथवा बाक्लो कुहिरोमा सुन्य भिजिविलिटीको अवस्थामा उडान भरिरहेको जहाजजस्तै ।भनिन्छ, आलोचना गर्नु भनेको सबैभन्दा सजिलो काम हो । अझ खेलप्रशासनलाई त लाग्न सक्छ, ‘नेपाली मिडिया एकदमै नकारात्मक छ । आलोचना मात्र गरिरहन्छ ।’

‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदा सबैतिर निराशा मात्र देखिन्छ । नेपाली खेलप्रशासन समयले दिएको अवसर उपयोग गर्नेभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको तानाबुना बुन्नमै बढी मस्त भएपछि आशा गर्नु पनि कसरी ?

नेपाली खेलकुदको हकमा भइरहेको पनि त्यस्तै हो । सञ्चारकर्मीले आफ्नो धर्मअनुसार सत्य मात्र लेख्दा धेरै कुरा नकारात्मक देखिन्छ । खासगरी मैदान वाहिरको विषयमा कलम चलाउँदा सकारात्मक कुरा निकै कम भेटिन्छन् । ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदा सबैतिर निराशा मात्र देखिन्छ । नेपाली खेलप्रशासन समयले दिएको अवसर उपयोग गर्नेभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थको तानाबुना बुन्नमै बढी मस्त भएपछि आशा गर्नु पनि कसरी ?

७० को दशकको अन्तिम वर्ष २०७९ लाई मात्र फर्केर हेर्ने हो भने नेपाली खेलकुद आफ्नो मूल्यमान्यताबाट कति धेरै च्युत भयो भन्ने छर्लङ देखिन्छ । खेलकुदमा लागेकाहरू कतिसम्म लाज पचाउन सक्छन्, कतिसम्म गैरजिम्मेवार बन्न सक्छन्, यो क्षेत्रमा जवाफदेहिताको कति कमी छ, सुशासन र पारदर्शिताको मान्यतामाथि नेपाली खेलकुदले कसरी ‘बलात्कार’ गरिरहेको छ, स्वार्थप्रेरित राजनीतिका षडयन्त्रहरूबाट नेपाली खेलकुद कसरी अपराधीकरणतिर जाँदै छ भन्ने बुझ्न कुनै दुर्बिन आवश्यक छैन । बितेको वर्ष नेपाली खेलकुदमा भएका गतिविधि एक ठाउँमा राखेर हेरे पुग्छ ।

बितेको वर्ष नै हो, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नावालिग बलात्कारको मुद्दा पर्यो । एउटा अदालतको एउटा निर्णयले उनलाई स्वभाविक रूपमा पुर्पक्षका लागि थुनामा पठायो । त्यसपछि माथिल्लो अदालतको अर्को निर्णयले बलात्कारजस्तो जघन्य अपराधमा पनि धरौटीमा छुटेर अभियुक्तलाई देश विदेश सयर गर्ने र खेल्ने छुट दियो । अदालतमा मुद्दा चलिरहेको अभियुक्तलाई सम्बन्धित खेलको संघ र स्वयं सरकारको समेत संलग्नतामा राष्ट्रिय नायकका रूपमा आश्चर्यजनक भाष्य स्थापित गर्ने र उन्मुक्ति दिने जालझेल रचियो ।

यही वर्ष कार्यसमितिका सदस्यहरूले बेटिङ, फिक्सिङ र भ्रष्टाचारको सम्भावना देखाएर हुँदैन भन्दाभन्दै, विभिन्न सरोकारवालाहरूले विरोध गरिरहे पनि, अदालतमा परेको मुद्दालाई बेवास्ता गर्दै नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वले देशको कानुन विपरीत भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपाल टी-२० लिग बेच्ने विवादास्पद निर्णय गर्यो ।

बेटिङ र फिक्सिङमा संलग्नता प्रमाणित भएकाहरू कानुनी कारबाहीको दायरामा आए । तर त्यसका लागि आधार बनाइदिने क्यान नेतृत्वलाई चाहिँ जवाफदेहिताको दायरामा समेत ल्याइएन ।

पहिल्यै सचेत गराइएजस्तै लिग बेटिङ र फिक्सिङको थलो बन्यो । पहिलो पटक नेपाली क्रिकेटको समाचार ठूला अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूमा बेटिङ र फिक्सिङका कारण ठुल्ठूला अक्षरमा छापिए । नेपाली क्रिकेटमा कहिल्यै नपखालिने गरी दाग लाग्यो । केही खेलाडीहरू त्यसको सिकार बने । बेटिङ र फिक्सिङमा संलग्नता प्रमाणित भएपछि केही खेलाडी थुनामा छन् । बेटिङ गर्दै गरेको अवस्थामा सयभन्दा बढी सर्वसाधारण र कतिपय भारतीयहरूलाई प्रहरीले पक्राउ गर्यो ।

बेटिङ र फिक्सिङमा संलग्नता प्रमाणित भएकाहरू कानुनी कारबाहीको दायरामा आए । तर त्यसका लागि आधार बनाइदिने क्यान नेतृत्वलाई चाहिँ जवाफदेहिताको दायरामा समेत ल्याइएन । विवादास्पद भारतीय कम्पनीका मालिकहरू उल्टै क्यान र नेपाली क्रिकेटमाथि थुप्रै दोषारोपण गरेर फर्किए । उनीहरूमाथि नेपाली प्रशासनको कुनै डण्डा चलेन । उल्टै क्यान नेतृत्व त विभिन्न बहानामा पुरस्कृत भइरहेको नै छ ।

फुटबलमा यही वर्ष निर्वाचनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्यो । तर सुशासनको नारा घन्काएर निर्वाचित संघमा चुनावको तेस्रो दिनबाटै विवाद छताछुल्ल भयो । आन्तरिक विवादकै कारण निर्वाचित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को एउटै वैठक निर्विवाद रूपमा सम्पन्न हुन सकेको छैन ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आउने रकमसमेत आन्तरिक किचलोका कारण एन्फाले पाउन सकेको छैन । आन्तरिक रूपमा आफैंले कार्यक्रम गरेर दुई रुपैयाँ पनि आर्जन गर्न नसकेको संस्था इतिहासमै पहिलो पटक आर्थिक रूपमा टाट पल्टिएको स्वयं जिम्मेवार पदाधिकारीहरू स्वीकार्छन् । जसले गर्दा सहिद स्मारक लिग गर्न नसक्ने दुरावस्थामा एन्फा पुगेको छ ।

अन्तर्राष्ट्रियजगतमा नेपाली खेलकुदको शान राख्ने अर्को खेल तेक्वान्दोको हालत झनै डामाडोल छ । आफ्नो तरिकाले चलिरहेको संघमाथि राखेपले हस्तक्षेप गर्दा तेक्वान्दो अर्को ठूलो विवादमा जाकिएको छ ।

करातेमा लामो समयदेखिको विवाद मिलाउने प्रयासस्वरुप राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी)समेतको सहमतिमा एउटा प्रयास थालेको छ । धेरै पक्षलाई समेटेर तदर्थ समिति बनाएपछि करातेको चुनावले नयाँ नेतृत्व पनि पाइसक्यो । तर अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघले त्यसविरुद्ध मुद्दा दायर गरेको छ । यसकारण करातेको दीर्घकालीन विवाद समाधान हुनेमा पनि शंका यथावत छ ।

अन्तर्राष्ट्रियजगतमा नेपाली खेलकुदको शान राख्ने अर्को खेल तेक्वान्दोको हालत झनै डामाडोल छ । आफ्नो तरिकाले चलिरहेको संघमाथि राखेपले हस्तक्षेप गर्दा तेक्वान्दो अर्को ठूलो विवादमा जाकिएको छ । राखेपले विघटन गरेको पक्षले अदालतको ढोका ढकढक्यायो । अदालतले पनि राखेपको निर्णय खारेज गरिदिएको छ ।

फुटबल र क्रिकेट नेपालभित्र सबैभन्दा बढी लोकप्रियता भएका सामूहिक खेल हुन् । कराते र तेक्वान्दो अन्तर्राष्ट्रिय पदक जित्ने दृष्टिले हेर्दा सफल खेल । यसकारण नेपाली खेलकुदको समग्र मूल्यांकनका लागि यी खेलहरू राम्रो प्रतिनिधिपात्र बन्न सक्छन् । आफैंले बनाएका विधि र विधान कसरी नेपाली खेलकुदले मिचिरहेको छ भन्ने हेर्न यिनै चार खेलको अवस्था बुझे पुग्छ ।

पक्कै पनि कोभिड-१९ महामारीका कारण लामो समय सुस्ताएको खेलकुद यही वर्षबाट पूर्ण क्षमतामा मैदान फर्किदा धेरै सकारात्मक गतिविधि पनि भएका छन् । सुखद नतिजा आएका छन् । गण्डकी प्रदेशले नवौं बृहत राष्ट्रिय खेलकुदको आयोजना गर्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै आइसिसी विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्यो । युवा टोली २०१६ यता पहिलो पटक यु-१९ विश्वकपका लागि छनोट भयो ।

बक्सिङमा सुष्मा तामाङले जुनियर एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन् । विश्व च्याम्पियनसिपमा नेपाली बक्सरले केही फाइट जितेर आशा जगाए । जुनियर एसियन च्याम्पियनसिपमा थप पदक प्राप्त भयो । एथलेटिक्सतर्फ एसियन क्रसकन्ट्रीमा नेपाली खेलाडीले दुई स्वर्ण, ४ रजत र २ कांस्य पदक जिते ।

महिला फुटबलले साफ च्याम्पियनसिपको फाइनल पुग्नुका साथै यु-१५ साफ च्याम्पियनसिपमा उपाधि जित्यो । राष्ट्रिय महिला टिमले विश्वकपलाई छानिएको भियतनामसँग आशलाग्दो प्रदर्शन गर्यो । पुरुष टोलीले घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिदेशीय कपको उपाधि जित्यो ।

बक्सिङमा सुष्मा तामाङले जुनियर एसियन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितिन् । विश्व च्याम्पियनसिपमा नेपाली बक्सरले केही फाइट जितेर आशा जगाए । जुनियर एसियन च्याम्पियनसिपमा थप पदक प्राप्त भयो । एथलेटिक्सतर्फ एसियन क्रसकन्ट्रीमा नेपाली खेलाडीले दुई स्वर्ण, ४ रजत र २ कांस्य पदक जिते । पारा तेक्वान्दोमा जी१० स्तरको ग्राँपिमा सिर्जना घिसिङले स्वर्ण पदक जितिन्।

नेपाली खेलाडीले मैदानमा गरेका यस्ता आसलाग्दा प्रदर्शनबाट समग्र खेलकुद र समर्थकलाई उत्साहित बनाउने चाहिँ तिनलाई आगामी दिनमा पनि कुशलतापूर्वक डोर्याउने प्रशासनको प्रतिबद्धताले हो । जुन नेपाली खेल प्रशासकहरूले देखाउन सकेका छैनन् । सही तरिकाले उपयुक्त योजनासहितको नेतृत्व भए खेलाडीले बनाएको त्यो आधारमाथि टेकेर भविष्यमा थप सफलता प्राप्त हुने थियो ।

प्रशासनिक रूपमा नेतृत्व सही भए, आर्थिक रूपमा पारदर्शी तथा प्राविधिक रूपमा दूरदर्शी भए खेलकुदले ठूलो आशा राख्न सक्थ्यो । तर, नेतृत्व अकर्मण्य हुँदा वितेको वर्ष भौतिक पूर्वाधारमा वर्षौदेखि घिस्रिइरहेका केही योजनामा फोस्रा आश्वासन थपिनुबाहेक केही हुन सकेन ।

फेरि पनि नेपाली खेलकुद चौराहामा अलपत्र छ । यही समय हो, सही मार्ग अवलम्बन गर्ने । एउटा सही निर्णयले नेपाली खेलकुदलाई नयाँ उचाइ दिनेछ । यसैगरी एउटा गलत निर्णयले नेपाली खेलकुदलाई दुर्घटनातिर धकेल्न सक्छ ।

फेरि पनि नेपाली खेलकुद चौराहामा अलपत्र छ । यही समय हो, सही मार्ग अवलम्बन गर्ने । एउटा सही निर्णयले नेपाली खेलकुदलाई नयाँ उचाइ दिनेछ । यसैगरी एउटा गलत निर्णयले नेपाली खेलकुदलाई दुर्घटनातिर धकेल्न सक्छ ।

नेपाली खेल प्रशासकहरूलाई सही मार्ग लिने बुद्धि र विवेक प्राप्त होस् । नयाँ वर्ष २०८० सहित दशक प्रारम्भ वर्षको शुभकामना !