मंसिर २७, २०८१ बिहीबार | १७:२६:२३
मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं
शनिबारको दिन नेपाली क्रिकेट

१०० करोडको उद्योग बन्दै ‘एनपिएल’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को औपचारिक सुरुआतसँगै नेपाली क्रिकेटमा एउटा नयाँ अध्यायको थालनी भएको छ । प्रतियोगिता आयोजनाभन्दा अगाडिको तामझाम, तयारी, सहभागी टोली तथा खेलाडी, समर्थक र मिडियाको उत्साह हेर्दा एनपिएल फगत एउटा प्रतियोगिता मात्रै नभएर नेपाली क्रिकेटको विस्तारित समुदाय बन्दै छ ।

देशभित्र कर्णालीको भाका, जनकपुरको देशी शैली र कोशीको विविधता जस्तै देशबाहिर संसारका कुना कन्दरामा छरिएको नेपाली डायस्पोराले एनपिएलको अपनत्व लिइसकेको छ ।

पहिलो संस्करणमै सबथोक खोज्नु पहिलो पाइलामै शिखर टेक्नुजस्तै हो । यो त एउटा सुरुआत हो, लामो र महत्त्वाकांक्षी यात्राको ।

एनपिएलमा सबैभन्दा बढी उत्साह छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान), सहभागी टोली र खेलाडीको तयारी आक्रामक छ । पहिलो खेलको टिकट बिक्रीमै सकर्थकको तँछाडमछाड छ । कीर्तिपुर मैदानमा यसअघि कहिल्यै नदेखिएको तामझाम छ । भारतीय च्यानल स्टार स्पोर्ट्स र डिस मिडिया नेटवर्कमार्फत अनलाइन र अफलाइन दुनियाँका दर्शकमा फराकिलो पहुँच छ । खेलाडीहरूलाई पैसा छ । विश्वलाई नेपाली खेलकुदको स्वाद चखाउनसक्ने आफ्नै मौलिक प्रोडक्ट छ । सम्भावनाको बजार छ । सबैभन्दा ठूलो कुरा, नेपाली क्रिकेटको सपना छ, विश्वको उत्कृष्ट पाँच फ्रेन्चाइज लिगमा पर्ने महत्त्वाकांक्षा छ ।

एपिएलको बोर्डकास्टिङ पार्टनरको घोषणा हुँदै । 

त्यसो भए एनपिएलमा सबैथोक छ त ? अहँ, अवश्य पनि छैन । 

पहिलो संस्करणमै सबथोक खोज्नु पहिलो पाइलामै शिखर टेक्नुजस्तै हो । यो त एउटा सुरुआत हो, लामो र महत्त्वाकांक्षी यात्राको ।

तर सुरुआती संस्करणमा हुनुपर्ने वा अपेक्षा गर्न सकिने केही गुण भने एनपिएलमा देखिएको छैन । खासगरी पारदर्शिताको सवालमा एनपिएलबाट अलि बढी नै अपेक्षा गरिएको थियो । फ्रेन्चाइज टोलीमा लगानीको मोडालिटी, टिम मालिकहरूको पृष्ठभूमि, लगानीको स्रोत र प्रायोजनमा आगामी दिनमा अनेकौं प्रश्न पक्कै पनि उठ्ने छन् ।

यसअघिका विभिन्न नाम, प्रकृति र उद्देश्यका फ्रेन्चाइज प्रतियोगितामा विवादास्पद छवि बनाएका ‘केही हतियार र केही मतियार’ घुमाउरो बाटोबाट यस प्रतियोगिताको हिस्सेदार बनिसकेका छन् । मार्केटिङ राइट्स र टेलिभिजनबाट हुने प्रत्यक्ष प्रशारणको सवालमा प्रश्न उठिसकेको छ ।

प्रतियागिताको बढ्दो क्रेज पनि कहिलेकाहीं आयोजकको लागि चुनौती र दबाब बन्नसक्छ । कीर्तिपुर मैदानमा थामिनसक्नु भिड जम्मा हुनसक्ने तथ्य मनन गर्दै सुरक्षा र सावधानी अपनाउन सक्नुपर्छ ।

नेपाली खेलकुदको सबैभन्दा महँगो प्रोडक्ट बन्ने बाटोमा हिँडेको एनपिएलले व्यावसायिक साझेदार भित्र्याउँदा होस् वा ठेक्का दिँदा सार्वजनिक खरिद ऐन, मुलुकको खेलकुद नीति र सम्पत्ति शुद्धिकरण विभागका प्रावधानहरूको हेक्का राख्नैपर्छ । हिजोका परम्परागत, मझौला र झारा टार्ने शैलीका प्रतियोगितामा प्रायोजक नभेटिएको झोंकमा आजको व्यापारबाट नेपाली विज्ञापन बजारलाई उपेक्षा गर्न मिल्दैन ।

खेलकुदमा फिक्सिङ अहिलेको प्रमुख समस्या हो । देशभित्र फुटबलमा ‘सी’ डिभिजन लिगमा समेत फिक्सिङको आरोप लाग्नु, प्रशासनको आँखा छलेर विना स्विकृती खुफिया शैलीमा इ–स्पोर्ट्सका नाममा विभिन्न इभेन्टहरू भइरहेको समयमा एनपिएल खेल भावना र इथिक्समा कत्तिको खरो उत्रिन्छ ? त्यो अर्को चुनौती हो ।

गैरकानुनी सट्टेबाजी, खेल मिलेमतो, आर्थिक चलखेल र अनियमितता जस्ता सम्भावित झमेलाबाट पार पाउन आयोजकले कस्तो व्यवस्था गरेको छ ? त्यसैमा यो प्रतियोगिताको साख निर्भर गर्ने हो । प्रतियागिताको बढ्दो क्रेज पनि कहिलेकाहीं आयोजकको लागि चुनौती र दबाब बन्नसक्छ । कीर्तिपुर मैदानमा थामिनसक्नु भिड जम्मा हुनसक्ने तथ्य मनन गर्दै सुरक्षा र सावधानी अपनाउन सक्नुपर्छ ।

आइपिएल आयोजना हुने त्रिवि क्रिकेट मैदान । 

एनपिएलले क्रिकेटमा व्यावसायिकतासँगै कर्पोरेट ब्याटल पनि निम्त्याउने निश्चित छ । टोली किन्न नपाएर निराश बनेका केही ठूला व्यावसायिक घराना नेपाली क्रिकेटबाट मोडिने अवस्था आउन दिनुहुँदैन । अत्यन्तै साँघुरो नेपाली बजारमा क्रिकेटले सबैको सहभागिता र अपनत्व स्थापित गर्न सक्नुपर्छ ।

फ्रेन्चाइज लिगको नाममा तजबिजी तबरले सहरका नाम बेच्दै पैसा असुल्ने केही नयाँ र केही पुराना गिरोह नेपाली खेलकुदमा संक्रामक रूपले फैलिरहेका छन् ।

खेलकुदलाई गहना वा सामाजिक उत्तरदारित्वको बोझ मान्ने राज्यमा एनपिएलले परिभाषा खोजिरहेको छ । यो खेलमात्रै होइन, झन्डै सय करोड हाराहारीको एउटा उद्योग हो । यसमा ओइरिएको लगानी सार्वजनिक-निजी साझेदारीको नयाँ सुरुआत हो । क्यान र फ्रेन्चाइज टोलीबीचको आम्दानी बाँडफाँटको खाका अन्य खेल संघ र प्रतियोगिताको लागि नमुना मात्रै होइन, लगानीअनुसार प्रतिफलको अभ्यास पनि हो ।

दर्शकले देखाएको उत्साह र माया खेल पूर्वाधारमा चाहिए जति लगानी बढाउन सरकारलाई प्रस्ट सन्देश हो । विदेशी खेलाडीहरूको चासो, सहभागिता र विदेशी च्यानलबाट हुने प्रशारण खेल पर्यटन प्रवद्र्धनको सबैभन्दा छोटो र प्रभावकारी बाटो हो ।  

फ्रेन्चाइज लिगको नाममा तजबिजी तबरले सहरका नाम बेच्दै पैसा असुल्ने केही नयाँ र केही पुराना गिरोह नेपाली खेलकुदमा संक्रामक रूपले फैलिरहेका छन् । यस्तोमा आफ्नै बलबुतामा उभिन खोजेको एनपिएलले नेपाली खेलकुदको व्यावसायिकतामा अलग्गै मानक स्थापना गर्न सकोस् । पारस खड्का र क्यानको टोलीले यसको सामथ्र्य पनि राख्दछ । एनपिएललाई शुभकामना ! 

एपिएलका टिम मालिकहरु ।