मंसिर २४, २०८२ बुधबार | ०३:१६:५३
विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल
शनिबारको दिन पल्सर स्पोर्ट्स अवार्ड

स्पोर्ट्स अवार्ड के हो ?

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्ड नेपाली खेलजगतको एक मात्रै यस्तो क्यालेन्डर इभेन्ट हो, जुन १९ वर्षदेखि हरेक वर्ष निरन्तर हुँदै आएको छ । प्रायः खेलकुदका गतिविधि समयमै हुन नसक्ने अभिशाप बोकेको नेपाली खेलकुदमा यो अवार्डले भने आफ्नै विशिष्ट पहिचान, निरन्तरता र वैधानिकता स्थापित गरिसकेको छ ।

मञ्चले सुरु गरेको एउटा प्रयोग आज नेपाली खेलकुदको सर्वमान्य प्रमाण बनेको छ । नेपाली खेलकुदको मूल्यांकन र उपलब्धिहरूको कदरको शृंखला १९औं संस्करणसम्म आइपुग्दा फगत एउटा समारोहमा मात्रै सीमित भएको छैन, समग्र खेलजगतले वर्षभर व्यग्रका साथ प्रतीक्षा गरिरहने आशा र भरोसा बनेको छ । अलिक आलंकारिक भाषामा भन्दा समग्र खेलकुद एउटा शरीर हो भने पल्सर स्पोर्ट्स अवार्डलाई यसको रक्तसंचार प्रणाली मान्न सकिन्छ, जसले नेपाली खेलकुदमा जीवन भरिरहेको छ ।

अवार्ड किन ?

स्पोर्ट्स अवार्ड आयोजना गर्न निकै कठिन छ । हामीले हाम्रा प्रायोजक, सहयोगी एवं शुभेच्छुक संस्थाहरूबाट पटक-पटक र आफैंभित्रबाट कहिलेकाहीँ गर्ने प्रश्न हो यति कठिन काम किन गर्नुपर्यो  ? फेरि सोच्छौं, सजिलो काम त जसले पनि गर्न सक्छ नि । कठिन जिम्मेवारी सहज ढंगले गर्नु पो खेलकुद पत्रकार मञ्चको चरित्र हो त ।

यो त सोचाइको एउटा पाटो हो, तर सार भनेको खेलाडीलाई प्रेरणा र प्रोत्साहन दिन नै हो । हाम्रो नारा नै ‘अप्रिसिएटिङ अचिभमेन्ट्स, अनरिङ हिरोज’ हो । खेलाडी र खेलकर्मीको वर्षाैदेखिको त्याग, तपस्या, आँसु, रगत र पसिनाको मूल्य के ? कहीं न कहीं, कोही न कोहीबाट त उनीहरूको योगदान र मूल्यांकनको उचित कदर हुनुपर्यो नि । हामीले त्यही ‘दुस्साहस’ गरेका हौं ।

चुनौती

आजको युग प्रविधिको युग हो । हाम्रो दैनिकी नै प्रविधिको फन्कोमा घुमिरहेको अवस्थामा स्पोर्ट्स अवार्ड जस्तो भव्य समारोह आयोजना गर्नु कम चुनौतीपूर्ण पक्कै पनि छैन । प्रविधिको उच्चतम प्रयोग आजको आकर्षण हो ।

रातो कपडामा सेतो रंगले लेखिएका ब्यानरको जमाना अब रहेन । जुनसुकै समारोहमा अब ‘डिजिटल लुक्स’ खोजिन्छ । लुक्सअनुसार खर्च बढ्नु स्वाभाविक हो । तर शिथिल अर्थतन्त्र र प्रतिक्रियाविहीन बजार हाम्रो मुख्य चुनौती हो ।

नेपालको विज्ञापन बजार सोचेअनुसार बढ्न सकेको छैन । राज्यलाई अत्यधिक कर तिर्ने र खर्च गर्न सक्ने उत्पादनहरूको प्रचारप्रसारमा बन्देज छ । खेलकुदमा गरिने प्रायोजनलाई सरकारले सामाजिक उत्तरदायित्व शीर्षकबाट हटाएको छ । यसको अर्थ स्पोर्ट्स अवार्ड जस्ता कार्यक्रममा खेलाडीलाई पुरस्कार दिन गरिने प्रायोजन पनि कर्पोरेट हाउसहरूको लागि अप्रत्यक्ष लगानी बन्न पुगेको छ ।

बजारमा आर्थिक मन्दी, तरलता अभाव जस्ता समस्याले प्रायोजकहरूको रुचि घट्ने त्रास सधैं कायम छ । ठूला खेल कार्यक्रमको रेभेन्युको मुख्य हिस्सा टिकट बिक्रीबाट आउने गर्दछ । पल्सर स्पोर्ट्स अवार्डमा त्यो सम्भावना रहँदैन । यो इभेन्ट हामीले नाफाको लागि आयोजना गरेका होइनौं । त्यसैले सरकारी एवं निजी संघसंस्था र कर्पोरेट हाउसहरूले गर्ने रेस्पोन्स नैं अवार्डको चुनौती र अवसर बन्ने गर्दछ ।

नयाँ के ?

पल्सर स्पोर्ट्स अवार्डलाई खेलकुदमा मात्रै नभएर नेपालमा हुने जुनसुकै ठूला कार्यक्रममा नयाँ प्रयोग गर्ने थलोका रूपमा लिइन्छ । १९ वर्षको निरन्तर यात्रामा हामीले त्यो पहिचान बनाएका छौं । अवार्डको हरेक संस्करणमा केही न केही नयाँ प्रस्तुति वा प्रयोग हुने गर्दछ । यसपालि पनि त्यस्तै हुँदै छ । केही सरप्राइज हुने नै भयो । ‘रेड कार्पेट’ यसपालिको आकर्षण र नेपाली खेदकुदमा प्रथम प्रयोग हुनसक्छ । कान्स फिल्म फेस्टिबल, ओस्कार अवार्डमा जस्तै पल्सर स्पोर्ट्स अवार्डमा पनि यसपालि पाहुनाहरूका लागि रेड कार्पेटको व्यवस्था गरिँदै छ ।

भावी सोच

नेपाल खेलकुद पत्रकार मञ्च अविच्छिन्न उत्तराधिकारीवाला संस्था हो । यसको नेतृत्वले संस्थाको गर्विलो इतिहास र अटल प्रतिष्ठा सँगसँगै अवार्डको निरन्तरतालाई केन्द्रमा राखेको हुन्छ । समग्र नेपाली खेलजगतले स्पोर्ट्स अवार्डको स्वामित्व ग्रहण गरिसकेको अवस्थामा यसको निरन्तरतामा प्रश्न गर्ने ठाउँ छैन ।

भोलिका दिनमा अवार्ड कार्यक्रमको स्वरुप कस्तो हुन्छ भन्ने एउटा चासो पक्कै होला । खेलाडीहरूको सम्मान र हौसलामा खेलकुद पत्रकार मञ्चले कहिल्यै सम्झौता गर्ने छैन । यो अवार्ड भोलिका दिनमा अझ विशिष्ट, परिष्कृत र लोभलाग्दो समारोह बन्नेछ । देशको शिर उँचो पार्ने खेलाडी र खेलकर्मीको योगदानलाई हामी बेवास्ता गर्न सक्दैनौं । 

(लेखक नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष हुन् ।)