जेष्ठ १९, २०८२ आइतबार | १३:३८:१८
क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक
शनिबारको दिन शनिबारको दिन

भिजन-२०३० मा प्रतिबद्द साउदी

काठमाडौं । साउदी अरेबियाको रियाद पुग्दा विश्व खेलकुद पत्रकार संगठन (एआइपिएस) को युवा पत्रकार कार्यक्रम सुरु भइसकेको थियो । कार्यक्रमका लागि अक्टोबर १ राति ९ बजे रियाद पुग्नु पर्ने तालिका थियो । एयर इन्डियाबाट काठमाडौंबाट दिल्ली र त्यहाँबाट रियाद जाने तय थियो । भारतमा एक घण्टा २५ मिनेटको मात्रै ट्रान्जिट । एयर ट्राफिक अत्याधिक हुँदा काठमाडौँबाट दिल्ली उडान नै ४० मिनेट  ढिलो भयो । 

दिल्लीमा पनि एयर ट्राफिककै कारण विमान अवतरण गर्न २० मिनेट ढिलो भयो । टान्जिटको एक घण्टा त्यसै सकिएका कारण दिल्लीबाट रियाद जाने फ्लाइटले नेपालका ‘कनेक्सन’ यात्रीलाई छोडेर उडिसकेको थियो । त्यसपछि हामीले दिल्लीबाट दुबई जाने एयर इन्डियाकै अर्को फ्लाइट लियौँ । 

दुबईमा राति ११ बजे ओर्लिए पनि त्यहाँबाट रियाद जाने फ्लाइट बिहान सात बजेको मात्रै थियो । यसैकारण म अक्टोबर १ को राति नौ बजे रियाद पुग्ने पूर्वनिर्धारित समयमा पुग्न सकिन । बिहान रियाद ओर्लिदा स्थानीय समय ११ बजेको थियो । म कार्यक्रमका लागि रियाद पुग्ने अन्तिम प्रतिनिधि थिए ।

साउदीमा जे देखे.......................

 युवा पत्रकार कार्यक्रम सहभागी विभिन्न देशका पत्रकार । 

हामी १३ देशका प्रतिनिधि युवा पत्रकार कार्यक्रमका लागि साउदी पुग्दा त्यहाँ साउदी गेम्स-२०२४ चलिरहेको थियो । राष्ट्रिय खेलकुद प्रतियोगिताको रूपमा रहेको यस प्रतियोगितामा ५३ खेलहरूमा प्रतिस्पर्धा भएको थियो । यसमा पाँच पारा खेलुकदसमेत समावेश थिए । प्रतियोगितामा साउदी भरका कुल २०० भन्दा धेरै क्लबहरु करिब १० हजार महिला तथा पुरुष खेलाडीको सहभागिता थियो । प्रतियोगितामा प्रतिस्पर्धा असोज १५ गतेदेखि नै सुरु भए पनि यसको आधिकारिक उद्घाटन भने असोज १७ गते बलेबाद चिटीस्थित ओलम्पिक कमिटी परिसरमा भव्यरूपमा भएको थियो ।

साउदी गेम्सको इतिहासले चार वर्ष पनि पार गरेको छैन । साउदी अरेबियाले सन् २०२१ मा पहिलो पटक साउदी गेम्सको आयोजना गरेको थियो ।

प्रतियोगिताको स्वर्ण पदक विजेताले मात्रै १० लाख रियाल पुरस्कार पाएका थिए । यो रकमलाई नेपाली रुपैयाँमा हेर्ने हो भने स्वर्ण पदक विजेताले मात्रै तीन करोड ६० लाख रुपैयाँ पाउँछन् । यस्तै, रजत विजेताले तीन लाख रियाल र काश्य पदक विजेताले एक लाख रियाल पाएका थिए ।

साउदी गेम्सको उद्घाटन समारोह ।  

विश्व खेलकुदको मानचित्रमा साउदीको इतिहास त्यति बलियो देखिँदैन । सन् १९७२ यता ओलम्पिकमा सहभागिता जनाइरहेको भए पनि साउदीले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन । विश्व खेलकुदमा रहेको यही कमजोर उपस्थितिलाई चिर्न पछिल्लो समय साउदी अरेबियाले यसमा लगानी बढाइरहेकोमा दुईमत छैन ।

साउदी गेम्सको इतिहासले चार वर्ष पनि पार गरेको छैन । साउदी अरेबियाले सन् २०२१ मा पहिलो पटक साउदी गेम्सको आयोजना गरेको थियो । त्यसपछि २०२२ मा दोस्रो संस्करण आयोजना भएको साउदी गेम्सको यो तेस्रो संस्करणमात्र हो । साउदीले यसरी खेलमा बढाएको यो लगानीपछि विशेष कारण पनि छ । साउदी भिजन-२०३० ।

भिजन-२०३० मा प्रतिबद्द साउदी

साउदी विश्वभर कच्चा तेल उत्पादकको रुपमा परिचित छ । देशभर फैलिएको मरुभूमीले अन्य उत्पादनका निम्ति प्राकृतिक रुपमै पछि परेको साउदीले कच्चा तेलको उत्पादनले मात्रै अर्थतन्त्रलाई दिर्धकालिन सहयोग नगर्ने बुझेको छ ।

साउदीले बोकेको भिजन-२०३० को मुख्य उद्देश्य एक फलिफापपूर्ण अर्थतन्त्र, जीवन्त समाज र साउदीलाई महत्वाकांक्षी राष्ट्रको रूपमा परिचित गराउनु हो ।

यसैकारण पछिल्लो समय विश्व खेलकुदमा घरेलु फुटबलबाट चर्चा कमाइरहेको साउदी देशको अर्थतन्त्र कच्चा तेलको उत्पादनबाट अन्य क्षेत्रमा विविधीकरण गर्न चाहन्छ । यसका लागि साउदीले सन् २०१६ को अप्रिलमा साउदी भिजन-२०३० को आधिकारिक सुरुआत गरेको थियो ।

साउदी प्रो लिगको क्लब अल नासरमा आबद्ध पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो । 

भिजन-२०३० मा साउदीले गरिरहेको प्रगतिको ज्वलन्त उदाहरण हो, प्रो लिगमा चर्चित विदेशी खेलाडी भित्र्याउने होड । गत वर्षको जनवरीमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोसँग अल नासरले सम्झौता गर्नु यसको महत्वपूर्ण कोशेढुंगा हो । रोनाल्डोको आगमनयता साउदी विश्व फुटबलमै चर्चित खेलाडीको हब बनेको छ । रोनाल्डोको पथमा नेइमार, टालिस्का, करिम बेन्जेमा, साडियो माने, एन्गोलो कान्टेसँगै विश्व फुटबलमा फरक पहिचान स्थापित गरेका करिब दुई दर्जन खेलाडी प्रो लिगका क्लबमा अनुबन्धित भइसके ।

साउदीले बोकेको भिजन-२०३० को मुख्य उद्देश्य एक फलिफापपूर्ण अर्थतन्त्र, जीवन्त समाज र साउदीलाई महत्वाकांक्षी राष्ट्रको रूपमा परिचित गराउनु हो ।

खेलकुदका सबै प्रतियोगिता साउदी अरेबियामा

साउदीले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्दैछ । त्यसअघि सन् २०२७ मा हुने एएफसी एसियन कप पनि साउदीमै आयोजना हुँदैछ । मानवअधिकार र महिला अधिकारका विषयमा विश्वबाट प्रश्नहरुको सामना गरिरहेको छ । अझ राज्यकै संलग्नतामा अमेरिकी पत्रकार जमल खसोग्गीको हत्या भएको दाबी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गर्दा साउदीमाथि झनै विश्वको दबाब बढेको थियो । 

यी र यस्तै प्रश्नको जवाफ अहिले साउदीले खेलकुदमार्फत दिँदैछ । साउदी पछिल्लो समय आफू उदार बन्दै गरेको देखाउन चाहन्छ । यसमा सबैभन्दा ठूलो भूमिका त्यहाँका राजकुमार मोहम्मद बिन सल्मान अल साउदले गरिरहेका छन् ।

इ-स्पोर्टस विश्वकपको लोगो । 

साउदीले फुटबलबाहेक, २०३४ को एसियाली खेलकुद पनि साउदी अरेबियामै हुँदै छ । साउदीले इ-स्स्पोर्टसको विश्वकप २०२४ कै जुलाईमा आयोजना गरिसकेको छ । यही वर्षको अक्टोबरमा रियादमा भएको प्रोफेसनल फाइटर्स लिगमा पनि साउदी सरकारले उल्लेख्यनीय सहयोग गरेको थियो । यस्तै, महिला टेनिस र गल्फका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि साउदीमा आयोजना हुँदैछन् ।

विश्व मञ्चमा आफ्नो उपस्थितीलाई प्रभावशाली बनाउने लक्ष्यमा प्रतिबद्द छ साउदी । यो लक्ष्यलाई भेट्ने बलियो कदमको रुपमा साउदीले खेललाई प्राथमिकतामा राखेको छ ।

साउदीमा खेल हेर्दै आशिष पुडासैनी । 

(आशिष बाह्रखरी डटकमका खेलकुद रिर्पोटर हुन् । उनले साउदी अरेबियाको रियादमा भएको युवा पत्रकार कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को तर्फबाट नेपालको प्रतिनिधित्व गरेका थिए । उनै आशिषसँग खेलाडी डटकमका याेगेश भट्टराईले गरेको कुराकानीमा आधारित )