चैत्र २, २०८२ सोमबार | १५:०२:४९
एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा

अहिलेको बंगलादेश र पहिलाको बंगलादेशमा धेरै फरक छ

काठमाडौं । सन् २०१० देखि नै हामीले बंगलादेशलाई साफ महिला च्याम्पियनसिपमा हराउँदै आएका छौं । गत वर्ष दशरथ रंगशालामै हामीले उनीहरुसँग दुई वटा मैत्रीपूर्ण खेल पनि खेलेका थियौं । त्यसमध्ये एकमा जित र एकमा बराबरी खेलेका थियौं ।

उनीहरुविरुद्ध हाम्रो इतिहास राम्रो भए पनि बंगलादेश सधै राम्रो टिम हो । हामीले सधै जितिरहने भएकाले मानसिक रुपमा नै जित्छौं भन्ने सोच हुन्छ । खेलाडीमा बेग्लै खालको आत्मविश्वास हुन्छ । तर, अहिलेको बंगलादेश र पहिलाको बंगलादेशमा धेरै फरक छ ।

अहिले उनीहरु धेरै राम्रो भएर साफ च्याम्पियनसिप खेल्न काठमाडौं आएका छन् । यही प्रतियोगितामा पनि बंगलादेशले जुन किसिमको प्रदर्शन गरेको छ । त्यसले गर्दा हामीले कमजोर लिनु हुँदैन । बंगलादेशले भारतलाई तीन गोल गरेको छ । हामीले एक गोल मात्र गरेर फाइनल पुगेका हौं ।

घरेलु मैदानमा ठूलो संख्यामा आएका आफ्नै समर्थकको साथ पनि टिमलाई थियो । आफ्ना समर्थकसामू सकेसम्मको मेहनत गर्नुपर्छ, सधै हारिरहेको विपक्षीविरुद्ध डटेर खेल्यो भने नयाँ इतिहास रचिन्छ जस्ता भावनाले टिमलाई प्रेरित गर्यो ।

जारी प्रतियोगितामा अहिलेसम्म नेपालको यात्रा सुखद रहेको छ । फाइनलमा खेल्नुपर्ला भनेको भारतसँग सेमिफाइनलमा नै भिडिसक्यौं । साफ च्याम्पियनसिपमा अहिलेसम्म हामी सधै भारतसँग नै हार्दै आएका थियौं । भारतविरुद्ध लगातारका हारले हामीलाई मानसिक रुपमा  पनि निक्कै कमजोर बनाएको थियो । भारतसँग खेल्ने भन्नेवित्तिकै बेग्लै दबाब हुने गर्थ्यो ।

यसपाली कथा फरक रहयो । भारतसँगको सेमिफाइनलमा डेंगी लागेका कारण नेपाली टिमकी सबभन्दा महत्वपूर्ण खेलाडी सावित्रा भण्डारी थिइनन् । उनी नहुँदा फेरि पनि हारिएला भन्ने चिन्ता थियो । तर केटीहरुले त्यो सब चिन्तालाई पन्छाएर पूर्ण आत्मविश्वासका साथ निडर भएर खेले । घरेलु मैदानमा ठूलो संख्यामा आएका आफ्नै समर्थकको साथ पनि टिमलाई थियो । आफ्ना समर्थकसामू सकेसम्मको मेहनत गर्नुपर्छ, सधै हारिरहेको विपक्षीविरुद्ध डटेर खेल्यो भने नयाँ इतिहास रचिन्छ जस्ता भावनाले टिमलाई प्रेरित गर्यो ।

भारतलाई साफ च्याम्पियनसिपमा हराउन हामीले १२ वर्षसम्म  प्रतिक्षा गर्नुपर्यो । यो ऐतिहासिक उपलब्धि हासिल गर्नका लागि हामीले घरेलु मैदानको साथ पनि लिनुपर्यो । समग्रमा हाम्रो खेल राम्रो थियो । तर, अझै पनि सुधार आवश्यक छ । टिममा नयाँ खेलाडीहरु छन् । नयाँ सेट तयार हुँदैछ । अझै पनि नेपाली टिममा अनुभवको कमी छ । यस्ता कुराहरुमा ध्यान पुर्याउनु जरुरी छ ।

भारतविरुद्धको सेमिफाइनलमा वर्षात र हिलोको कारण पनि नतिजा नेपालको पक्षमा आएको भन्ने विश्लेषणहरु सुनिएका छन् । तर, सबैकुरा मैदानमा भर हुँदैन । खास कुरा चाँही मैदानअनुसार हामीले खेल्नुपर्छ । पानी पर्दा, घाम लाग्दा कसरी खेल्ने भन्ने कुरा खेलाडीमा भर पर्छ । कुनै कुरा खेलाडी आफैले पनि ‘अन दी स्पट’ निर्णय लिनुपर्छ । त्यसको लागि प्रशिक्षक हुनुहुन्छ । विपक्षीको बारेमा अध्ययन गर्नुपर्छ ।

बंगलादेशको टिम प्राविधिक रुपमा एकदमै राम्रो र छरितो छ । त्यसैले नेपालले एकदमै सम्हालिएर खेल्नुपर्छ । परिस्थितिअनुसार उनीहरुको खेल अध्ययन गरेर रणनीति फेरिरहनुपर्छ ।

नेपाली टिमले अनुभव बटुल्ने मौका पाइरहेको छैन । प्रतियोगिता भइरहेको छैन । खेलाडीले एउटा टिमको रुपमा रहेर सँगै प्रशिक्षण गर्न पाइरहेका छैनन् । त्यस्तो दयनीय अवस्थामा पनि यत्तिको सफल नतिजा निस्किदा राम्रो मान्नुपर्छ । सिनियर टिमको राम्रो पक्ष भनेको सबै खेलाडी तीन विभाग (त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लब)का छन् । विभागले सधैभरी प्रशिक्षण गरिरहेको हुन्छ । एकै ठाउँमा प्रशिक्षण गर्न नपाए पनि उनीहरुले आ–आफ्नै विभागमा प्रशिक्षण गरिरहेका छन् ।

बंगलादेशको टिम प्राविधिक रुपमा एकदमै राम्रो र छरितो छ । त्यसैले नेपालले एकदमै सम्हालिएर खेल्नुपर्छ । परिस्थितिअनुसार उनीहरुको खेल अध्ययन गरेर रणनीति फेरिरहनुपर्छ । फाइनलमा नेपालले कसकसलाई मैदान उतार्छ भन्नेमा पनि प्रदर्शन केही हदसम्म निर्भर रहन्छ । सावित्रा भइन भने खेलको अवस्था नै अर्कै हुन सक्छ । पक्कै पनि खेलाडीको क्षमताअनुसार फरक रणनीति हुन्छ होला । फाइनलमा नेपाल सुरुआतमै आक्रमणमा जानु हुँदैन । त्यसअघि उनीहरुको खेललाई अध्ययन गर्ने र त्यहींअनुसार रणनीति बनाउँदै जानुपर्छ ।

जित्नै नसक्ने भन्ने केही छैन । खेलाडीबीच बढि भन्दा बढि कम्युनिकेसन हुनुपर्छ र पाएको मौकालाई सदुपयोग गर्नुपर्छ । भारतसँगको खेलमा नेपालले अझ धेरै गोल गर्न सक्थ्यो । तर, भएन । मौका खेर जानु दिनु हुँदैन । सँगै रक्षापंक्तिमा पनि उत्तिकै ध्यान दिनुपर्छ । सेमिफाइनलमा देखिएका कमीकमजोरीलाई सुधार्दै रणनीति बनाउनु पर्छ ।

नेपालको रक्षापंक्ति, मिडफिल्ड र फरवार्डहरुमा राम्रो कम्युनिकेसन हुनुपर्छ । आक्रमणमा जाँदा आफ्नो स्वभाविक संरचनाअनुसार नै जानुपर्छ । रक्षात्मक हुँदा त्यहीं किसिमको संरचना बन्नुपर्छ । कहीं कतै पनि खाली हुनु हुँदैन । हाम्रो खेलाडीबाट विपक्षीले बल खोस्यो भने सँगै गएर लखाट्नुपर्छ । तर, सेमिफाइनलमा बल खोस्यो भने हाम्रो खेलाडीमा नलखाटिकन छोडिदिने समस्या देखिएको थियो । बल ‘रिगेन’ गर्न छोड्नु हुँदैन । नेपाली खेलाडीले शारिरीक र मानसिक रुपमा बलियो भएर खेल्नु पर्छ । त्यसो भए जित निश्चित छ ।

(२००४मा चीनमा भएको एएफसी यु १९ फुटबलबाट भगवतीले राष्ट्रिय टिमको उमेर समूहमा प्रवेश गरेकी थिइन् । २०१०– २०१६ सम्म साफ महिला च्याम्पियनसिपमा सेन्टर डिफेन्डरको भूमिकामा खेलिन् । २०१६ बाट उनले खेलजीवनबाट संन्यास लिँदै एपिएफ क्लबको महिला टिमको प्रशिक्षण सम्हालिरहेकी छिन् ।)


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||