चैत्र ४, २०८२ बुधबार | ०३:११:०९
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

विश्वकप छनोटः सक्षम छ टिम नेपाल, शुभकामना !

काठमाडौं । नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा थप गर्विलो स्थान दिलाउने अवसर प्राप्तीको अभियान टिम नेपालले आजबाट घरेलु मैदानमा सुरु गर्दैछ । 

दोस्रो पटक ट्वान्टी २० विश्वकपलाई छानिने अभियानको सुरुआतमा आज नेपालले सिंगापुरलाई कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा निम्त्याउनेछ ।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा यो प्रतियोगिताबाट शीर्ष दुई टिम छनोट हुनेछन् । प्रतियोगितामा आठ टिम छन् । तिमध्ये समूह चरणमा नेपालले सिंगापुरका साथै मलेसिया र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफै आयोजना गर्न लागेको ट्वान्टी २० विश्वकपको एसिया छनोटका खेलहरु त्रिवी मैदानका साथै मुलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह चरणमा नेपालले सबै खेल कीर्तिपुरको मैदानमा खेल्नेछ ।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपमा यो प्रतियोगिताबाट शीर्ष दुई टिम छनोट हुनेछन् । प्रतियोगितामा आठ टिम छन् । तिमध्ये समूह चरणमा नेपालले सिंगापुरका साथै मलेसिया र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, हङकङ र कुवेत छन् ।

सिंगापुरसँग खेल्दै प्रतियोगिताको थालनी गर्ने नेपालले मंगलबार कीर्तिपुरमै मलेसियासँग दोस्रो खेल खेल्नेछ भने बिहीबार ओमानसँग त्यही मैदानमा समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको सेमिफाइनल शुक्रबार तथा फाइनल आइतबार हुनेछ ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । यसअर्थमा नेपालसामू २०१४ पछि फेरि एकपटक ट्वान्टी २० विश्वकपमा उपस्थिती पक्का गर्ने राम्रो व्यवहारिक सम्भावना छ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले गरेको प्रदर्शनले त्यही भन्छ ।

विश्व क्रिकेट लिग दुई अन्तर्गत २०१९ देखि २०२३ साइकलमा निक्कै दयनीय अवस्थामा पुगिसकेको नेपाली टोलीमा नयाँ प्रशिक्षक मोन्टी देसाईको आगमनसँगै लगातार ११ खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय वरियता जोगाउँदाको उत्साह धेरै पुरानो भइसकेको छैन ।

विश्व क्रिकेट लिग दुई अन्तर्गत २०१९ देखि २०२३ साइकलमा निक्कै दयनीय अवस्थामा पुगिसकेको नेपाली टोलीमा नयाँ प्रशिक्षक मोन्टी देसाईको आगमनसँगै लगातार ११ खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय वरियता जोगाउँदाको उत्साह धेरै पुरानो भइसकेको छैन ।

वर्ष २०८० को सुरुआतसँगै सनसनीपूर्ण प्रदर्शनले गर्विला इतिहास रच्दै आएको नेपालले गएको बैशाखमा घरमै भएको एसिसी प्रिमियर कपको विजेता बन्दै पहिलो पटक एसिया कपमा सहभागिता सुनिश्चित गर्यो ।

डेढ महिनाअघि पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको एसिया कपमा विश्व क्रिकेटका दुई ठूला महारथी भारत र पाकिस्तानसँग नतिजा सुम्पिए पनि उच्च प्रदर्शन गरेर नेपाली क्रिकेटले आफूलाई विश्व स्तरको लागि लायक प्रमाणित गरेको थियो ।

लगत्तै चीनको हाङझाउमा सम्पन्न एसियाली खेलकुदमा पनि नेपालको प्रदर्शन उत्साहजनक थियो । तर क्वार्टरफाइनलमा भारत बाधक बन्दा नेपाल पदकविमुख हुनुपर्यो ।

घरेलु मैदानमा हुने प्रतियोगितामा सफलता हासिल गर्नेमा नेपाली टोली आत्मविश्वासी छ । पछिल्लो एक वर्ष आफैले गरेको प्रदर्शनले टिमलाई विश्वास दिएको छ । उर्जा प्रदान गर्नेछ । अनि घरेलु मैदानमा सधै झै हुने समर्थकको बाक्लो उपस्थितीले बेग्लै उत्साह दिनेछ । 

तर त्यहाँबाट फर्केलगत्तै नेपाली राष्ट्रिय टोली विश्वकप छनोटको तयारीस्वरुप युएई र हङकङ सम्मिलित त्रिदेशीय शृंखलामा होमियो । जहाँ फाइनलमा युएईसँग दूर्भाग्यजनक पराजय भोगेर नेपाल उपाधिबाट विमुख भयो । तर समग्र प्रतियोगितामा गरेको प्रदर्शनमा भने नेपाल हौसिनुपर्ने थुप्रै कारण थिए ।

समूह चरणमा दुवै टोलीविरुद्ध भएका दुई/दुई खेलमा जित हासिल गरेको नेपाल फाइनलमा अन्तिमसम्म प्रतिस्पर्धालाई लान सफल भए पनि चार विकेटले मात खायो । कीर्तिपुरको मैदानमा युएईले १६३ रनको लक्ष्य एक बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

युएईसँग प्रतियोगितामा खेलेका तीनमध्ये एउटा खेलमा भोगेको त्यो हारसँगै भन्दा उसैमाथि हासिल गरेका दुई जितले नेपाली क्रिकेटको क्षमता देखाएको थियो । सँगै फाइनलको हारले यो छनोट प्रतियोगिताका लागि थुप्रै पाठ पनि सिकाएर गएको छ ।

घरेलु मैदानमा हुने प्रतियोगितामा सफलता हासिल गर्नेमा नेपाली टोली आत्मविश्वासी छ । पछिल्लो एक वर्ष आफैले गरेको प्रदर्शनले टिमलाई विश्वास दिएको छ । उर्जा प्रदान गर्नेछ । अनि घरेलु मैदानमा सधै झै हुने समर्थकको बाक्लो उपस्थितीले बेग्लै उत्साह दिनेछ । अनि विश्व क्रिकेट लिग दुईको क्लाइमेक्सबाट सुरु भएको सफलताको यात्राले निरन्तरता पाउनेछ ।

विश्व स्तरमा नेपाली क्रिकेटको उपस्थिती स्थायी हुने विश्वास पैदा हुनेछ । तीन करोड नेपालीले मैदानभित्रबाट थप मिठा स्मरणहरु साच्न पाउनेछन् । प्रतिभावान नेपाली खेलाडीहरु ठूला विदेशी लिगमा पुग्ने बाटो खुल्न सक्नेछ । लामो समय नेपाली क्रिकेटले सकारात्मक बाटोका लागि उर्जा प्राप्त गर्नेछ ।

त्यसो भएमा नेपाली क्रिकेटले आफ्नो उत्साहजनक इतिहासमा अर्को एउटा सुनौलो अध्याय थप्नेछ । बंगलादेश २०१४ पछि दोस्रो पटक नेपाल ट्वान्टी २० विश्वकपमा उपस्थित हुनेछ । नेपाली क्रिकेटले विगतमा यदाकदा हासिल गरेका ठूला अन्तर्राष्ट्रिय सफलता फगन फ्लुक होइनन् भन्ने अर्को प्रमाण मिल्नेछ ।

विश्व स्तरमा नेपाली क्रिकेटको उपस्थिती स्थायी हुने विश्वास पैदा हुनेछ । तीन करोड नेपालीले मैदानभित्रबाट थप मिठा स्मरणहरु साच्न पाउनेछन् । प्रतिभावान नेपाली खेलाडीहरु ठूला विदेशी लिगमा पुग्ने बाटो खुल्न सक्नेछ । लामो समय नेपाली क्रिकेटले सकारात्मक बाटोका लागि उर्जा प्राप्त गर्नेछ ।

यो सबका लागि नेपाली टिम लायक छ । दोस्रो पटक विश्वकपको मञ्चमा नेपालको झण्डा फहराउने अभियानमा शुभकामना ! टिम नेपाल । 

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH