फाल्गुन ४, २०८२ सोमबार | १९:४९:२५
एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल

सन्दीप प्रकरणमा क्यानले जिम्मेवारी लिनु पर्दैन ?

काठमाडौं । उमेर नपुगेकी एक नावालिग वालिका बलात्कारको अभियोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अहिले प्रहरी हिरासतमा छन् ।

गत भदौं पाँच गते राष्ट्रिय टोलीको नेतृत्व गर्दै केन्या भ्रमणमा निस्कनुभन्दा अघिल्लो रात एक नावालिगलाई जबरजस्ती पटक पटक बलात्कार गरेको अभियोग लागेका सन्दीप लामो समय फरार भएर बिहीबार नेपाल फर्किएका थिए । नेपाल फर्कने क्रममा उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो ।

केन्यामा नेपालका खेल बाँकी रहँदै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उतैबाट बर्मुडा लागेका थिए । यता सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै नावालिगले प्रहरीमा उजुरी दिइन । प्रहरीले गोप्य रुपमा उजुरीमाथि प्रारम्भिक अनुसन्धान गर्यो । प्रारम्भिक अनुसन्धानबाट ति नावालिगको दाबी सत्यसँग निक्कै नजिक देखिएपछि पुलिसले घटना सार्वजनिक गरेर सन्दीपलाई आत्मसमर्पण गर्न आह्वान गर्यो ।

सन्दीपले तत्कालै सामाजिक सञ्जालबाट आफू ‘निर्दोष रहेको र झुठो आरोपको सामना गर्न’ नेपाल आउने बताए । सिपिएलमा उनको टोली बर्मुडा जायन्टले देशभित्र बलात्कारको आरोप लागेका सन्दीपलाई खेलाउने कुरा पनि भएन । केही दिनपछि बर्मुडाबाट नेपाल आउने भन्दै सन्दीप बाहिरिए । त्यसपछि उनी बेपत्ता भए ।

नेपाल पुलिसले 'डिफ्युजन  नोटिस’ जारी गर्यो । इन्टरपोल मार्फत विश्वको जुनसुकै कुनामा भए पनि पक्राउ गरेर नेपाल ल्याउने घोषणा गर्यो । त्यसपछि फेरि गोप्य स्थानबाट फेसबुकमा स्ट्याटस लेख्दै सन्दीपले आफू ‘झुठो आरोपका कारण विक्षिप्त भएको र शारिरिक तथा मानसिक रुपमा अस्वस्थ रहेको’ बताउँदै चाँढै नेपाल फर्किएर मुद्धाको प्रतिवाद गर्ने बताए ।

नेपाल पुलिसले यसपाली विगतका अन्य यस्तै घटनामा जस्तो चर्को श्वर गरेन । आन्तरिक रुपमा पुलिसले आफ्नो प्रक्रिया अगाडि बढाइरहयो । यसैबीच सन्दीपले फेरि असोज २० गते आफूविरुद्ध लागेको आरोपको न्यायिक प्रतिवाद गर्न नेपाल फर्किने जानकारी गराए । त्यहीअनुसार बिहीबार कतार एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेवित्तिकै अनुसन्धानका लागि उनलाई प्रहरीले हिरासतमा लियो ।

यो हो, घटना विवरण । पीडित भनिएकी वालिकाले भनेअनुसार सन्दीपले उनीमाथि जवरजस्ती पटकपटक बलात्कार गरे की गरेनन ? यसको उत्तर अनुसन्धानले पत्ता लगाउला नै । दोषी ठहर भए उनी कडा भन्दा कडा सजायँको भागिदार हुनै पर्छ । यसमा कुनै शंका रहेन । उनलाई हिरासतमा लिने क्रममा पुलिसले हतकडी लगाएको विषय सामाजिक सञ्जालमा वहसको विषय भए पनि त्यसमाथि पनि धेरै चर्चा आवश्यक छैन । किनकी त्यो सामान्य प्रक्रिया हो । बलात्कारको अभियुक्तलाई हतकडी लगाउनु स्वभाविक हो । अनुसन्धानबाट उनी निर्दोष सावित भए इज्जतका साथ रिहा हुनेछन् र सामान्य जीवनयापनमा फर्किनेछन् । उनीमाथि दोष लगाउनेमाथि कार्वाही होला ।

यी सब कानुनी प्रक्रियाका कुरा भए । एकछिन खेलकुद व्यवस्थापन, खेलकर्मी शिक्षा, व्यक्तित्व विकासका कार्यक्रम अनि सन्दीप प्रकरणलाई एकठाउँमा जोडेर घोत्लिउँ न । एउटा २२ वर्षको वयश्क केटा, जसले क्रिकेटका कारण पर्याप्त मात्रामा औपचारिक शिक्षा लिन पाएको छैन । देश विदेशमा आकर्षक पारिश्रमिकमा क्रिकेट खेलेरै करोडपति भइसक्यो । नाम र दाम त्यो कलिलो केटोले थेग्नै नसक्ने गरि बढेको बढ्यै छ । औपचारिक शिक्षाबाट अलग्गिएको युवाले अनौचारिक रुपमा संस्कार पनि कतैबाट पाइरहेको छैन । अनि त्यस्तो अवस्थामा अल्लारे उमेरको खेलाडी भड्किनु अस्वभाविक होइन । बलात्कारको घटनामा सन्दीप दोषी भए नभएको अनुसन्धानबाट पत्ता लाग्न बाँकी छ । यसमा निर्दोष नै भए पनि यस्तो अवस्थामा सन्दीप र उनीहरुबाट अनेक खालका गल्ती हुन सक्छन ।

खेलकु्दमा किशोरावस्थाबाटै एकोहोरिनुपर्छ । औपचारिक शिक्षा र संस्कार नपाउन सक्छ । खेलाडी भड्किन सक्छ । अनेक गल्ती हुन सक्छन् । देशको गौरव राख्नुपर्ने गहना अपराधको दलदलमा फस्न सक्छन् । यही कारण हो, अन्यत्र विकसित देशमा खेलाडीहरुलाई सम्बन्धित संघले आवश्यक शिक्षा अनौपचारिक रुपमा प्रदान गर्छ । व्यक्तित्व विकासका कार्यक्रमहरु सञ्चालन गर्छ । कहाँ जाने कहाँ नजाने ? के खाने के नखाने ? कस्तो ठाउँमा जाँदा कस्तो पोशाक लगाउने ? कहाँ गएर कस्तो व्यवहार गर्ने ? कोसँग कसरी बोल्ने ? सार्वजनिक ठाउँमा कसरी प्रस्तुत हुने ? जस्ता मैदान वाहिरका कुरालाई पनि मैदानभित्रको प्राविधिक पक्षजसरी नै महत्वका साथ अगाडि बढाइन्छ । खेलाडीको शिक्षामा महत्व दिनाका साथै उमेरजन्य कारणले हुने गल्तीहरुलाई पनि न्युनिकरण गर्नका लागि कठोर अनुशासनको व्यवस्था गरिन्छ । त्यसलाई नियमित अवलोकनका लागि टिम व्यवस्थापन सधै सचेत रहन्छ ।

नेपाली खेलकुदमा नी ?

नेपाली खेलकुदमा धेरैजसो खेल संघका पदाधिकारीलाई नै यस्तो शिक्षा आवश्यक लाग्दैन । त्यही खेलाडीले मैदानमा उच्च प्रदर्शन गर्दा सफलताको सबै जस लिन तँछाडमछाड गर्ने पदाधिकारीहरु खेलाडीबाट गल्ती हुँदा भने पानीमाथिको ओभानो बन्न खोज्छन् ।

सन्दीपको हकमा कुरा गर्ने हो भने त, यो अनुसन्धानमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीलाई पनि तान्नुपर्छ । सन्दीप बन्द प्रशिक्षणमा रहेका खेलाडी हुन् । बलात्कार भएको भनिएको समयमा उनी बन्द प्रशिक्षणमा थिए । बन्द प्रशिक्षणमा रहेको खेलाडी टिम नेतृत्व (खासगरि) म्यानेजरको निगरानीमा हुन्छ, हुनुपर्छ । तर, टिम व्यवस्थापनले नगरकोटदेखि भक्तपुरका अन्य थुप्रै स्थानको सयर गरेर राति अर्कै होटलमा सुत्ने सम्मको छुट सन्दीपलाई दिएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ ।

आफ्ना खेलाडीलाई आवश्यक शिक्षा दिन नसक्ने, खेलाडीको समग्र व्यक्तित्व विकासको काममा माखो समेत नमार्ने, अनि बन्द प्रशिक्षणमा रहँदा पनि असनको साँडे झै खुल्ला छोड्ने टिम म्यानेजर र क्यानको नेतृत्वलाई पनि कार्वाहीको दायरामा ल्याइनुपर्छ ।

पक्कै पनि यो प्रहरीले बलात्कारमा अनुसन्धान गर्ने र फौजदारी अभियोगमा कार्वाही गर्ने विषय होइन । तर नैतिक रुपमा क्यानले नेपाली क्रिकेट समर्थकसँग माफी माग्नु पर्दैन ? सन्दीपलाई कप्तानबाट निलम्बन गरेको एउटा विज्ञप्ति निकालेको भरमा क्यानको जिम्मेवारी पूरा हुन्छ ? वन्द प्रशिक्षण सिविरमा रहेका खेलाडी कसरी त्यति ठूलो घटनाको आरोप लाग्ने गरि बाहिर पुगे भन्ने कुराको क्यानले जवाफ दिनु पर्दैन ?

राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले क्यान नेतृत्वसँग यी सबै प्रश्नको उत्तर माग्नुपर्छ । खेलाडीलाई अनुशासनमा राख्न नसकेकोमा नसियत दिनुपर्छ । बन्द प्रशिक्षणमा रहेका खेलाडीको नाम जोडिएर आएको यो पहिलो घटना होइन । यसअघि पनि बन्द प्रशिक्षणमा रहेका खेलाडी मोटरसाइकल दुर्घटनामा घाइते भएको, ठमेलका बारमा भेटिएको जस्ता थुप्रै घटना सार्वजनिक भइसकेका छन् । त्यसकारण पनि नेपाली खेलकुदको सर्वोच्च निकायले खेल संघहरुलाई जिम्मेवार बनाउनु जरुरी छ । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL