माघ १५, २०८२ बिहीबार | ०८:०८:३३
सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित

थ्री नेसन्स कपः खुसी हुन नसक्ने बहाना

काठमाडौं ।  नेपाली फुटबलको चर्चा गर्दा प्रायः दोहोरिएर आउने दुई नाम हुन्, राजुकाजी शाक्य र हरि खड्का । दुवैले लामै समय नेपाली राष्ट्रिय टोलीबाट खेले । कप्तानी पनि गरे । अब त प्रशिक्षक भइसकेका छन् । तिनै दुई जनासँग अनौपचारिक रूपमा कुराकानी गर्दा एउटा समान तथ्य बाहिर निस्कने गर्छ । त्यो हो, नेपाली फुटबलले सक्दो आफूभन्दा माथिका टिमसँग खेल्नुपर्छ । त्यो भनेको स्तरको आधारमा हो । तब न केही सिक्ने अवसर मिल्छ ।

खड्काको प्रायः गुनासो हुने गर्छ, उनले आफ्नो खेलाडी जीवनमा बिरलै ठूला टिमसँग खेल्ने अवसर पाए । शाक्य के मान्छन् भने नेपाली फुटबलको ध्यान आफूभन्दा प्राविधिक रूपमा बलिया टिमसँग खेल्नेमा हुनुपर्छ । यही पृष्ठभूमिमा भर्खरै प्रधानमन्त्री कप थ्री नेसन्स प्रतियोगिता हुने घोषणा भएको छ । अबका साता दिनपछि यो प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा हुनेछ । केही नहुनुभन्दा हुनु राम्रो हो । फेरि एकपल्ट नेपाली राष्ट्रिय टिमले खेलेको हेर्ने अवसर जुरेको छ ।

तर, यो प्रतियोगिता आफैंमा खुसी हुन नसक्ने बहाना भने बनेको छ । यो प्रतियोगितामा सहभागी हुने तीन टिममध्ये पहिलो त नेपाल भइहाल्यो । बाँकी दुई टिम छन् भुटान र लाओस । यी दुई प्रतिद्वन्द्वीको नाम सुन्ने बित्तिकै हामी मनमनै भन्न सक्छौं, उपाधि जित्ने नेपालले नै हो । यसमा मज्जा के रह्यो र ? धेरै अर्थमा भुटान र लाओसको फुटबल नेपालको तुलनामा पछाडि नै छ ।

नेपालले एसियाली च्याम्पियन भइसकेको इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको तथ्य पुरानो भइसकेको छैन । पछिल्ला दुई तीन वर्षमा नेपालले आफूभन्दा केही माथिल्लो स्तरका देश वा क्लबसँग खेल्ने अवसर पाएको छ । यसका लागि धेरै अर्थमा तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिनैपर्छ ।

साफ च्याम्पियनसिप वा अन्य कुनै प्रतियोगिताका बेला त्यस्ता टिमको सामना गर्नु त ठीकै हो । तर, थ्री नेसन्स कपका लागि कम्तीमा योभन्दा उम्दा टिम ल्याउन सक्नुपर्ने थियो अखिल नेपाल फुटबल संघ (एन्फा) ले । अचेल नेपाली फुटबल र यसको सर्वोच्च निकाय एन्फाबारे चर्चा गर्दा खाली विवाद, अन्योल, आपसी मतभेदकै कुरामात्र बाहिर आउँछन् । फोहरी राजनीति मस्त चलिरहेको छ एन्फामा । यसैक्रममा एन्फाको विश्व फुटबल त कुरै छाडौं, एसियाली फुटबलमै पनि पहुँच कमजोर भएको छ । एन्फाको कूटनीतिक सम्बन्ध केही न केहीको बिथोलिएको स्थितिमा छ ।

त्यसकै अर्थ हो, नेपालले थ्री नेसन्स कपका लागि भुटान र लाओसलाई बोलाउन बाध्य हुनु । केही समय अगाडिसम्म पनि नेपालले एसियाली च्याम्पियन भइसकेको इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको तथ्य पुरानो भइसकेको छैन । पछिल्ला दुई तीन वर्षमा नेपालले आफूभन्दा केही माथिल्लो स्तरका देश वा क्लबसँग खेल्ने अवसर पाएको छ । यसका लागि धेरै अर्थमा तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिनैपर्छ ।

फेरि भुटान र लाओसकै कुरा गर्ने हो भने यी दुई टिम वास्तवमै त्यस्ता प्रतिद्वन्द्वी हुन्, जसलाई लिएर कम्तीमा कागजमा हामी भन्न सक्छौं, यिनीहरूले नेपाललाई बलियो चुनौती पेस गर्न सक्ने छैनन् । नेपालले भुटानसँग अहिलेसम्म औपचारिक रूपमा १२ पल्ट खेलेको छ । यी सबैमा नेपाल विजयी रहेको छ । यसबाट सजिलै अनुमान लगाउन सकिन्छ, नेपाल आफ्नो छिमेकी देशविरुद्ध कति धेरै हाबी छ भनेर । लाओसविरुद्ध नेपालले दुई पटक खेलेको छ, दुवै खेल बराबरी रहेको छ ।

सायद नेपालका लागि लाओस केही बलियो प्रतिद्वन्द्वी हुनसक्छ । जेहोस्, एउटा तथ्य निश्चित छ, नेपालले यो प्रतियोगिता जितेमा भन्नेहरूले भन्नेछन्, ‘यस्तो प्रतियोगिता नेपालले नजिते कसले जित्छ ?’ होइन, नेपालले जित्न सकेन भने भन्नेहरूले फेरि भन्नेछन्, ‘नेपालले यस्तो प्रतियोगिता पनि जित्न सकेन भने केही गर्न सक्ने छैन ।’ 

परस्पर बाझिने यी भनाई नै यस प्रतियोगिताको मुख्य विशेषता हो । वास्तवमै नेपाली फुटबलको ध्यान आफूभन्दा माथिल्लो टिममा हुनुपर्छ, न कि आफूभन्दा तल । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।