चैत्र ९, २०८२ सोमबार | २२:५२:२९
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

थ्री नेसन्स कपः खुसी हुन नसक्ने बहाना

काठमाडौं ।  नेपाली फुटबलको चर्चा गर्दा प्रायः दोहोरिएर आउने दुई नाम हुन्, राजुकाजी शाक्य र हरि खड्का । दुवैले लामै समय नेपाली राष्ट्रिय टोलीबाट खेले । कप्तानी पनि गरे । अब त प्रशिक्षक भइसकेका छन् । तिनै दुई जनासँग अनौपचारिक रूपमा कुराकानी गर्दा एउटा समान तथ्य बाहिर निस्कने गर्छ । त्यो हो, नेपाली फुटबलले सक्दो आफूभन्दा माथिका टिमसँग खेल्नुपर्छ । त्यो भनेको स्तरको आधारमा हो । तब न केही सिक्ने अवसर मिल्छ ।

खड्काको प्रायः गुनासो हुने गर्छ, उनले आफ्नो खेलाडी जीवनमा बिरलै ठूला टिमसँग खेल्ने अवसर पाए । शाक्य के मान्छन् भने नेपाली फुटबलको ध्यान आफूभन्दा प्राविधिक रूपमा बलिया टिमसँग खेल्नेमा हुनुपर्छ । यही पृष्ठभूमिमा भर्खरै प्रधानमन्त्री कप थ्री नेसन्स प्रतियोगिता हुने घोषणा भएको छ । अबका साता दिनपछि यो प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा हुनेछ । केही नहुनुभन्दा हुनु राम्रो हो । फेरि एकपल्ट नेपाली राष्ट्रिय टिमले खेलेको हेर्ने अवसर जुरेको छ ।

तर, यो प्रतियोगिता आफैंमा खुसी हुन नसक्ने बहाना भने बनेको छ । यो प्रतियोगितामा सहभागी हुने तीन टिममध्ये पहिलो त नेपाल भइहाल्यो । बाँकी दुई टिम छन् भुटान र लाओस । यी दुई प्रतिद्वन्द्वीको नाम सुन्ने बित्तिकै हामी मनमनै भन्न सक्छौं, उपाधि जित्ने नेपालले नै हो । यसमा मज्जा के रह्यो र ? धेरै अर्थमा भुटान र लाओसको फुटबल नेपालको तुलनामा पछाडि नै छ ।

नेपालले एसियाली च्याम्पियन भइसकेको इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको तथ्य पुरानो भइसकेको छैन । पछिल्ला दुई तीन वर्षमा नेपालले आफूभन्दा केही माथिल्लो स्तरका देश वा क्लबसँग खेल्ने अवसर पाएको छ । यसका लागि धेरै अर्थमा तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिनैपर्छ ।

साफ च्याम्पियनसिप वा अन्य कुनै प्रतियोगिताका बेला त्यस्ता टिमको सामना गर्नु त ठीकै हो । तर, थ्री नेसन्स कपका लागि कम्तीमा योभन्दा उम्दा टिम ल्याउन सक्नुपर्ने थियो अखिल नेपाल फुटबल संघ (एन्फा) ले । अचेल नेपाली फुटबल र यसको सर्वोच्च निकाय एन्फाबारे चर्चा गर्दा खाली विवाद, अन्योल, आपसी मतभेदकै कुरामात्र बाहिर आउँछन् । फोहरी राजनीति मस्त चलिरहेको छ एन्फामा । यसैक्रममा एन्फाको विश्व फुटबल त कुरै छाडौं, एसियाली फुटबलमै पनि पहुँच कमजोर भएको छ । एन्फाको कूटनीतिक सम्बन्ध केही न केहीको बिथोलिएको स्थितिमा छ ।

त्यसकै अर्थ हो, नेपालले थ्री नेसन्स कपका लागि भुटान र लाओसलाई बोलाउन बाध्य हुनु । केही समय अगाडिसम्म पनि नेपालले एसियाली च्याम्पियन भइसकेको इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको तथ्य पुरानो भइसकेको छैन । पछिल्ला दुई तीन वर्षमा नेपालले आफूभन्दा केही माथिल्लो स्तरका देश वा क्लबसँग खेल्ने अवसर पाएको छ । यसका लागि धेरै अर्थमा तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिनैपर्छ ।

फेरि भुटान र लाओसकै कुरा गर्ने हो भने यी दुई टिम वास्तवमै त्यस्ता प्रतिद्वन्द्वी हुन्, जसलाई लिएर कम्तीमा कागजमा हामी भन्न सक्छौं, यिनीहरूले नेपाललाई बलियो चुनौती पेस गर्न सक्ने छैनन् । नेपालले भुटानसँग अहिलेसम्म औपचारिक रूपमा १२ पल्ट खेलेको छ । यी सबैमा नेपाल विजयी रहेको छ । यसबाट सजिलै अनुमान लगाउन सकिन्छ, नेपाल आफ्नो छिमेकी देशविरुद्ध कति धेरै हाबी छ भनेर । लाओसविरुद्ध नेपालले दुई पटक खेलेको छ, दुवै खेल बराबरी रहेको छ ।

सायद नेपालका लागि लाओस केही बलियो प्रतिद्वन्द्वी हुनसक्छ । जेहोस्, एउटा तथ्य निश्चित छ, नेपालले यो प्रतियोगिता जितेमा भन्नेहरूले भन्नेछन्, ‘यस्तो प्रतियोगिता नेपालले नजिते कसले जित्छ ?’ होइन, नेपालले जित्न सकेन भने भन्नेहरूले फेरि भन्नेछन्, ‘नेपालले यस्तो प्रतियोगिता पनि जित्न सकेन भने केही गर्न सक्ने छैन ।’ 

परस्पर बाझिने यी भनाई नै यस प्रतियोगिताको मुख्य विशेषता हो । वास्तवमै नेपाली फुटबलको ध्यान आफूभन्दा माथिल्लो टिममा हुनुपर्छ, न कि आफूभन्दा तल । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो