काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा भारतको इस्ट बंगाल एएफसीले भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमाथि ४-० को सानदार जित हासिल गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा इस्ट बङ्गाललाई जित दिलाउन फाजिला इक्वापुटले दुई तथा सुलन्जना राउल र रेस्टी नान्जिरीले गोल गरे । पहिलो हाफमा एक गोल गरेको इस्ट बङ्गालले दोस्रो हाफमा तीन गोल थप्यो ।
जितसँगै इस्ट बंगालले शीर्ष स्थानको नेपाल एपिएफ क्लबसँग अंक र गोल भिन्नतामा बराबरी गरेको छ ।
ट्रान्सपोर्टले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको कँराची सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

दिनको दोस्रो खेलमा कँराचीले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग खेल्नेछ । यो खेल साँझ ६ बजे हुनेछ ।
कँराचीसँगै नासरिन पनि पहिलो जितको लक्ष्यमा हुनेछ । पहिलो खेलमा नासरिनले एपिएफसँग ४-० को हार बेहोरेको थियो ।
पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता डिसेन्बर २० सम्म चल्नेछ । राउन्ड रोविन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
