पुस २०, २०८२ सोमबार | ०९:३१:३०
पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि पिएसजी अझै दोस्रो स्थानमै इन्टर शीर्ष स्थानमा फर्कियो फर्नान्डोको गोलमा चेल्सीले हार टार्याे गार्सिया चम्किदा रियालको सानदार जित कैलाली जिल्लास्तरीय फुटबलः साहारा र गौरीगंगा विजयी गाउँलेलाई ‘न्यु इयर’कपको उपाधि राष्ट्रिय लिग पाँच दिन धकेलियो, उद्घाटन खेलमा काँक्रे बिहार र फ्रेण्ड्स खेल्ने अवार्ड जित्ने अब्बल पुरुष खेलाडीहरु इन्दुको कप्तानीमा विश्वकप ग्लोबल छनोट खेल्ने महिला टिम घोषणा रञ्जन र रविनलाई उपाधि

शुभकामना ! यसपालि उपाधि घरमै राख्नुपर्छ

काठमाडौं । स्वभाविक हो, साफ महिला फुटबल च्याम्पियनसिपका हरेक संस्करणमा नेपालको छवि उपाधिको मुख्य दाबेदारको रूपमा रहने गर्छ । प्रतियोगिताको १४ वर्षे इतिहासमा नेपालले धेरै खेलमा नतिजा गुमाएको छैन । दुर्भाग्य, नेपालले अहिलेसम्म खेलेका ६ संस्करणमा उपविजेताभन्दा माथि उठ्न सकेको छैन ।

डिसेम्बर १२, सन् २०१० । नेपालको महिला फुटबल टोलीले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा पहिलो खेल खेलेको दिन । पहिलो संस्करणको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ६–० को अन्तरमा हराएको थियो । बंगलादेशको कक्स बजारमा भएको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग १–० ले पराजित भयो ।

त्यतिबेलै सुरु भयो नेपालको उपविजेता बन्ने शृंखला । अहिलेसम्मका ६ संस्करणमा पाँच पटक उपविजेता बन्दा नेपाल चार पटक भारतसँग हारेको छ भने एक पटक बंगलादेशसँग । पहिलो संस्करणको सेमिफाइनलमा नेपालसँग ३–० ले हारेको बंगलादेशले त्यसपछिको एक दशकमा महिला फुटबलमा नयाँ क्रान्ति गर्न भ्याइसक्यो । दुई वर्षअघि काठमाडौंमा छैटौं संस्करण आयोजना हुँदा नेपालले सेमिफाइनलमा भारतलाई त हरायो, तर फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो । पहिलो संस्करणमा नेपालसँग भोगेको हारको मीठो बदला लियो बंगलादेशले । त्यो पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई हराएर उपाधि जित्दै । दिन थियो, १९ सेप्टेम्बर, सन् २०२२ ।

दक्षिण एसियामा भारत हरेक फुटबल प्रतियोगिताको स्वभाविक दाबेदार हो । महिला फुटबलको कुरा गर्दा भारतपछि उपाधिको हक हो, नेपालको । तर यो हक बंगलादेशले खोसिदियो हाम्रै भूमिमा हामीलाई हराएर । यसपालि फेरि हामीसँग अवसर छ । यो मौका हामीले छोप्नुपर्छ ।

नेपालसँग बदला लिन बंगलादेशले एक दशक पर्खिए जसरी हामी कुर्न सक्दैनौं । साफ महिला च्याम्पियनसिपमा यसपल्ट बंगलादेश र भारत मात्रै होइन, आफ्नो बाटोमा आउने जुनसुकै टिमलाई परास्त गर्न नेपाली टोली सक्षम छ । दक्षिण एसियाली प्रतिस्पर्धामा विगतका सबै हिसाबकिताब यसै संस्करणमा मिलाउनुपर्छ । अर्को एक दशकमा त नेपाली महिला फुटबल एसियाली र विश्वस्तरमा देखिनुपर्छ । हेरिनुपर्छ । नेपाली टोली त्यसका लागि तयार छ, सक्षम पनि । यसका लागि केही न्युनतम सर्त भने नेपाली फुटबलका सरोकारवालाहरूले पूरा गर्नैपर्छ ।

ती सर्त भनेको वर्षभरी फुटबल खेल्ने वातावरण सिर्जना गर्नु हो । महिला लिगलाई साँच्चिकै व्यवस्थित, व्यावसायिक र नियमित गर्नु हो । खेलाडीहरूलाई नियमित अभ्यास र प्रशिक्षण दिनु हो । क्षमतावान प्रशिक्षक, विज्ञान प्रविधिले निर्दिष्ट गरेको प्रशिक्षणका विधिमा कन्जुस्याइँ नगर्नु हो । प्रश्न उठ्छ, त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) तयार छ ?

देशको गौरव र प्रतिष्ठा बढाउने खेलाडीलाई व्यावसायिक घराना, खासगरी कर्पोरेट दुनियाँले लामो समयका लागि ‘इन्डोर्स’ गर्नुपर्छ । प्रायोजनको आकार, प्रकार र दायरा फराकिलो बनाउनुपर्छ । पदक जितेपछि सम्मान गर्ने परम्परा त छँदै छ । त्यो भन्दा पहिले हाम्रा खेलाडीलाई हरेक मैदानमा तयार राख्न, पदक जित्ने हैसियतको बनाउन सक्दो सहयोग गर्नुपर्छ । बलेको आगो मात्रै ताप्ने कर्पोरेट दुनियाँलाई दाउराको भारी बोक्न तयार पार्नुपर्छ ।

समर्थकको त कुरै भएन । हिजो पनि साथ दिएकै हो । आज पनि छँदै छ । तर समर्थनको शैली बदल्नुपर्छ । हरेक खेलमा जित हुने भए क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीका टोली कहिल्यै नहार्नुपर्ने हो, तर हार्छन । खेलमा हार–जित दुवै स्वीकार्न सक्नुपर्छ । नेपाली टोलीलाई आलोचना होइन, प्रोत्साहन चाहिएको छ । धारेहात होइन, ढाडस चाहिएको छ । जित्दा त सबै साथ हुन्छन् । कठिन समय र मोडमा साथ चाहिएको छ । यत्ति भयो भने नेपाली महिला फुटबल टोलीले जित्न नसक्ने प्रतियोगिता सायदै यो ग्रहमा होला ।

डेढ दशकमा देश बदलिएको छ । परिवेश बदलिएको छ । नेपाली महिला फुटबलको ‘फेस’ बदलिएको छ । अब बदल्नुपर्छ नेपाली महिला फुटबल टोलीको परिचय । बदल्नुपर्छ दक्षिण एसियाली महिला फुटबलको परिभाषा, अनि हाम्रो आफ्नै इतिहास । सधैं भाग्य र नियतिलाई दोष दिइराख्ने हो भने त्यहाँभन्दा माथि उठ्न सकिँदैन । नयाँ उचाइमा त्यो मात्रै पुग्छ, जसले आफ्नो पुरानो उचाइ र आधार छोड्न सक्छ । अझ भनौं, कम्फोर्ट जोनबाट बाहिर आउन नसक्ने र नचाहनेको उपलब्धि औसत मात्रै हुन्छ ।

यस पटक नेपाली महिला फुटबल टोलीले अलि बढी मिहिनेत गर्नुपर्छ । विदेशी क्लबबाट खेलेको अनुभव बोकेका धेरै खेलाडी अहिले नेपाली टोलीमा छ । उनीहरूको अनुभवलाई समग्र टोली र खेलाडीले हतियार बनाउन सक्नुपर्छ । जेहोस, फेरि अवसर जुरेको छ । १४ वर्षदेखि हामीलाई पछ्याइरहेको उपाधि यसपालि नयाँ घरमा भित्र्याउनुपर्छ । नेपाली महिला फुटबल टोलीले त्यो सफलता प्राप्त गर्नुपर्छ, जुन उनीहरूको हक हो । महिला टोलीको प्रदर्शन एन्फा र राष्ट्रिय औसतभन्दा माथि उठोस, शुभकामना !


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA