श्रावण ३, २०८२ शनिबार | १२:०६:५३
कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं हेल्प नेपाल लगातार दोस्रो खेलमा विजयी हाइपर्फमेन्स सेन्टरको बहारमा नेपाली खेलकुद होला त एनपिएल ?, गर्नैपर्छ आइसिसी ट्वान्टी-२० विश्वकप: कति टिम छानिए, कति बाँकी ? पुरानै लयलाई गति लिँदै जोफ्रा आर्चर आत्मकथा शृंखला-८ः प्रशिक्षक बन्न पटियाला एनपिएल सिजन दुईः खेलाडी रिटेन गर्ने चटारो केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित नेपालका २० क्रिकेटर प्रशिक्षण शिविरका लागि भारत जाने

नेपाली फुटबलको स्वर्णकथाः हिमेशको सपना

पुस्तकको विमोचन गरिँदै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । शीर्षक पढ्नेबित्तिकै आलोचनात्मक चेतले प्रश्न गर्न सक्छ, ‘नेपाली फुटबल पछ्याउने र फुटबललाई माया गर्ने हरेकको सपना हो, नेपाली फुटबलको स्वर्णकथा । अनि यसलाई हिमेशको सपना भनेर मात्र खुम्च्याउन मिल्छ ?

पक्कै पनि मिल्दैन । यो हिमेशको मात्र सपना होइन । हिमेश त त्यस्तो सपना देख्ने, नेपाली फुटबलले अन्तर्राष्ट्रिय मञ्चमा गौरवका गाथाहरू लेखेको कल्पिने हरेक समर्थकका प्रतिनिधि हुन् । नेपाली फुटबलका उपलब्धिका बारेमा लेख्न चाहने हजारौं कलमजीवीका प्रतिनिधिपात्र हुन् ।

हिमेश अर्थात हिमेशरत्न वज्राचार्य । कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा साढे दुई दशकदेखि निरन्तर कलम चलाइरहेका खेल पत्रकार । उसो त काठमाडौं मखनका रैथाने उनी खेल पत्रकारभन्दा पनि फुटबल पत्रकार भन्यो भने बढी खुसी हुन्छन् । उनी भन्छन्, ‘फुटबल मेरो रगतमै दौडिन्छ, यो मेरो पहिलो प्रेम हो ।’

पुस्तकको अवारण ।

उनको पुस्तक ‘स्वर्णकथा, नेपाली फुटबलको’ ले सन १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुदमा जितेका दुई स्वर्ण पदकका कथाहरूलाई दस्तावेजीकरण गरेको छ । त्यो स्वर्णकथाका नायकहरूको योगदानलाई अमर बनाएको छ । सोझै मैदानमा नउत्रिए पनि प्रशासन वा ड्रेसिङ रुमबाट गरिएका मिहिनेतको कथा छ । सँगै त्यो स्वर्णकथा कोर्नका लागि दशकौंदेखि गरिएका प्रयासहरूको जानकारी छ । नेपाली फुटबललाई देशको गौरव बन्न आधार तयार पार्दाका भोगाइहरूको स्मरण छ ।

‘स्वर्णकथा, नेपाली फुटबलको’ धेरैजसो तिनै दुई स्वर्ण पदकको वरिपरि घुमेको छ । तर यसले सय वर्षभन्दा पुरानो नेपाली फुटबलको कथालाई पनि सँगै बोकेर अगाडि बढेको छ ।

सबैथोक भन्न खोजिरहँदा पाठकको नजरमा पुस्तक अपुरो बन्न सक्छ । नेपाली फुटबलले जग खन्दादेखि स्वर्ण उपलब्धिको कथा लेखिने अवस्थासम्म पुग्दाका सबै उतारचढाव विस्तारमा पुस्तकले समेट्न सकेको छैन । दुई स्वर्ण पदक नै जित्दाको कालखण्डका पनि थुप्रै कुरा पुस्तकले समेट्न नभ्याएको हुनसक्छ ।

पुस्तक विमोचन कार्यक्रममा उपस्थित शुभचिन्तकहरू, तस्विरः सरोज सापकोटा /खेलाडी । 

स्वर्णकथाका नायकहरूका सबै कुरा पुस्तकमा नपाइन सक्छ । सहनायकहरूका चर्चा कम लाग्न सक्छन् । तत्कालीन प्रशासन र आधार तयार गर्दाका धेरै कुरा फिल्ममा पासिङ शट प्रयोग गरिए जसरी पुस्तकमा उल्लेख गरिएका छन् । जसले पाठकलाई तृप्त नपार्न सक्छ ।

पुस्तक लोकार्पण समारोहमा ‘समर्थकको रूपमा ताली पिटेर फुटबलमा आबद्ध थिएँ, छु’ भनेर वरिष्ठ पत्रकार युवराज घिमिरेले भनेजस्तै लाखौं समर्थकको भावना नसमेटिएको हुनसक्छ । ड्रेसिङ रुमका सबै कथा आएनन् होला । तत्कालीन फुटबल प्रशासन, सरकार, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको भूमिकामा पुस्तक धेरै नबोलेको हुनसक्छ ।

दुई सय पेजको पुस्तकमा नेपाली फुटबलको सय वर्षभन्दा लामो इतिहास अटाउन पनि सक्दैन । यसका लागि थुप्रै संस्करण वा नयाँ पुस्तककै आवश्यकता पर्न सक्छ । फेरि यो नेपाली फुटबलको क्रमबद्ध इतिहास पनि त होइन । यो हो त नेपाली फुटबलको स्वर्णकथा ।

पुस्तक विमोचन कार्यक्रममा आफ्ना भनाइ राख्दै लेखक हिमेशरत्न वज्राचार्य, तस्विरः सरोज सापकोटा/खेलाडी । 

हिमेशको पुस्तकले नेपाली फुटबलको त्यो स्वर्णकालका सबै कुरा भन्न नभ्याएको हुनसक्छ । सबै पात्रलाई छुन नसकेको हुनसक्छ । तर एउटा कुरा के चाहिँ पक्का हो भने यो पुस्तक पढिरहँदा त्यो स्वर्णकालका प्रत्येक नायकले, प्रत्येक सहनायकले, पर्दापछाडिबाट योगदान गर्ने फुटबलकर्मी र प्रशासकहरूको अनि त्यसमा योगदान गर्ने लाखौं समर्थकले पनि ती दिनका गौरमवय क्षणमा आफूलाई फर्काउने छन् ।

शब्दले भरपूर बयान गर्न नसके पनि हिमेशले यो पुस्तकमार्फत सबै सरोकारवालालाई उही समयको स्मरण गरेर नोस्टाल्जिक हुने मौका दिएका छन् । अनि ‘यहाँनिर मेरो उपस्थिति थियो, यहाँनिर मैले यस्तो योगदान गरेको थिएँ, यहाँनिर यस्तो कमजोरी भएको थियो’ जस्ता कुरा सम्झेर आत्मगौरवमा रमाउने अवसर यो पुस्तकले प्रदान गरेको छ ।

आखिर खेलकुद भनेको उही टिम भावना न हो । जहाँ मानिसले आत्मगौरवका लागि, टिम र राष्ट्रिय गौरवका लागि पूर्ण रूपमा आफूलाई समर्पित गरेको हुन्छ । नेपाली फुटबलको स्वर्णकथा कोर्ने नायकहरूले पनि त यही भावना र फुटबलप्रतिको मोहमै आफूलाई समर्पित गरिरहेका छन् ।

पुस्तकका  मुख्य पात्र राजुकाजी शाक्य (बायाँबाट दोस्रो), तस्विरः सरोज सापकोटा/खेलाडी । 

पुस्तक विमोचनका क्रममा हिमेशले ‘सपना पूरा भएको दिन’ भनेजस्तै ‘स्वर्णकथा, नेपाली फुटबलको’ले हजारौं फुटबलकर्मी र लाखौं फुटबलप्रेमी नेपालीको सपना पूरा गरेको छ । कम्तीमा नेपाली फुटबलका बारेमा पहिलो पटक आधिकारिक इतिहासको दस्तावेजीकरण भएको छ । फुटबल साहित्यको शुभारम्भ भएको छ । नेपाली फुटबललाई समृद्ध बनाउने सबैको सपनाको सुरुआत भएको छ ।

शुभकामना हिमेश ! शुभकामना नेपाली फुटबल ! शुभकामना ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक ! शुभकामना स्वर्णकथाका नायकहरू !


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS