फाल्गुन २०, २०८२ बुधबार | १५:५०:५२
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

नेपाली फुटबलको स्वर्णकथाः हिमेशको सपना

पुस्तकको विमोचन गरिँदै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । शीर्षक पढ्नेबित्तिकै आलोचनात्मक चेतले प्रश्न गर्न सक्छ, ‘नेपाली फुटबल पछ्याउने र फुटबललाई माया गर्ने हरेकको सपना हो, नेपाली फुटबलको स्वर्णकथा । अनि यसलाई हिमेशको सपना भनेर मात्र खुम्च्याउन मिल्छ ?

पक्कै पनि मिल्दैन । यो हिमेशको मात्र सपना होइन । हिमेश त त्यस्तो सपना देख्ने, नेपाली फुटबलले अन्तर्राष्ट्रिय मञ्चमा गौरवका गाथाहरू लेखेको कल्पिने हरेक समर्थकका प्रतिनिधि हुन् । नेपाली फुटबलका उपलब्धिका बारेमा लेख्न चाहने हजारौं कलमजीवीका प्रतिनिधिपात्र हुन् ।

हिमेश अर्थात हिमेशरत्न वज्राचार्य । कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा साढे दुई दशकदेखि निरन्तर कलम चलाइरहेका खेल पत्रकार । उसो त काठमाडौं मखनका रैथाने उनी खेल पत्रकारभन्दा पनि फुटबल पत्रकार भन्यो भने बढी खुसी हुन्छन् । उनी भन्छन्, ‘फुटबल मेरो रगतमै दौडिन्छ, यो मेरो पहिलो प्रेम हो ।’

पुस्तकको अवारण ।

उनको पुस्तक ‘स्वर्णकथा, नेपाली फुटबलको’ ले सन १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुदमा जितेका दुई स्वर्ण पदकका कथाहरूलाई दस्तावेजीकरण गरेको छ । त्यो स्वर्णकथाका नायकहरूको योगदानलाई अमर बनाएको छ । सोझै मैदानमा नउत्रिए पनि प्रशासन वा ड्रेसिङ रुमबाट गरिएका मिहिनेतको कथा छ । सँगै त्यो स्वर्णकथा कोर्नका लागि दशकौंदेखि गरिएका प्रयासहरूको जानकारी छ । नेपाली फुटबललाई देशको गौरव बन्न आधार तयार पार्दाका भोगाइहरूको स्मरण छ ।

‘स्वर्णकथा, नेपाली फुटबलको’ धेरैजसो तिनै दुई स्वर्ण पदकको वरिपरि घुमेको छ । तर यसले सय वर्षभन्दा पुरानो नेपाली फुटबलको कथालाई पनि सँगै बोकेर अगाडि बढेको छ ।

सबैथोक भन्न खोजिरहँदा पाठकको नजरमा पुस्तक अपुरो बन्न सक्छ । नेपाली फुटबलले जग खन्दादेखि स्वर्ण उपलब्धिको कथा लेखिने अवस्थासम्म पुग्दाका सबै उतारचढाव विस्तारमा पुस्तकले समेट्न सकेको छैन । दुई स्वर्ण पदक नै जित्दाको कालखण्डका पनि थुप्रै कुरा पुस्तकले समेट्न नभ्याएको हुनसक्छ ।

पुस्तक विमोचन कार्यक्रममा उपस्थित शुभचिन्तकहरू, तस्विरः सरोज सापकोटा /खेलाडी । 

स्वर्णकथाका नायकहरूका सबै कुरा पुस्तकमा नपाइन सक्छ । सहनायकहरूका चर्चा कम लाग्न सक्छन् । तत्कालीन प्रशासन र आधार तयार गर्दाका धेरै कुरा फिल्ममा पासिङ शट प्रयोग गरिए जसरी पुस्तकमा उल्लेख गरिएका छन् । जसले पाठकलाई तृप्त नपार्न सक्छ ।

पुस्तक लोकार्पण समारोहमा ‘समर्थकको रूपमा ताली पिटेर फुटबलमा आबद्ध थिएँ, छु’ भनेर वरिष्ठ पत्रकार युवराज घिमिरेले भनेजस्तै लाखौं समर्थकको भावना नसमेटिएको हुनसक्छ । ड्रेसिङ रुमका सबै कथा आएनन् होला । तत्कालीन फुटबल प्रशासन, सरकार, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको भूमिकामा पुस्तक धेरै नबोलेको हुनसक्छ ।

दुई सय पेजको पुस्तकमा नेपाली फुटबलको सय वर्षभन्दा लामो इतिहास अटाउन पनि सक्दैन । यसका लागि थुप्रै संस्करण वा नयाँ पुस्तककै आवश्यकता पर्न सक्छ । फेरि यो नेपाली फुटबलको क्रमबद्ध इतिहास पनि त होइन । यो हो त नेपाली फुटबलको स्वर्णकथा ।

पुस्तक विमोचन कार्यक्रममा आफ्ना भनाइ राख्दै लेखक हिमेशरत्न वज्राचार्य, तस्विरः सरोज सापकोटा/खेलाडी । 

हिमेशको पुस्तकले नेपाली फुटबलको त्यो स्वर्णकालका सबै कुरा भन्न नभ्याएको हुनसक्छ । सबै पात्रलाई छुन नसकेको हुनसक्छ । तर एउटा कुरा के चाहिँ पक्का हो भने यो पुस्तक पढिरहँदा त्यो स्वर्णकालका प्रत्येक नायकले, प्रत्येक सहनायकले, पर्दापछाडिबाट योगदान गर्ने फुटबलकर्मी र प्रशासकहरूको अनि त्यसमा योगदान गर्ने लाखौं समर्थकले पनि ती दिनका गौरमवय क्षणमा आफूलाई फर्काउने छन् ।

शब्दले भरपूर बयान गर्न नसके पनि हिमेशले यो पुस्तकमार्फत सबै सरोकारवालालाई उही समयको स्मरण गरेर नोस्टाल्जिक हुने मौका दिएका छन् । अनि ‘यहाँनिर मेरो उपस्थिति थियो, यहाँनिर मैले यस्तो योगदान गरेको थिएँ, यहाँनिर यस्तो कमजोरी भएको थियो’ जस्ता कुरा सम्झेर आत्मगौरवमा रमाउने अवसर यो पुस्तकले प्रदान गरेको छ ।

आखिर खेलकुद भनेको उही टिम भावना न हो । जहाँ मानिसले आत्मगौरवका लागि, टिम र राष्ट्रिय गौरवका लागि पूर्ण रूपमा आफूलाई समर्पित गरेको हुन्छ । नेपाली फुटबलको स्वर्णकथा कोर्ने नायकहरूले पनि त यही भावना र फुटबलप्रतिको मोहमै आफूलाई समर्पित गरिरहेका छन् ।

पुस्तकका  मुख्य पात्र राजुकाजी शाक्य (बायाँबाट दोस्रो), तस्विरः सरोज सापकोटा/खेलाडी । 

पुस्तक विमोचनका क्रममा हिमेशले ‘सपना पूरा भएको दिन’ भनेजस्तै ‘स्वर्णकथा, नेपाली फुटबलको’ले हजारौं फुटबलकर्मी र लाखौं फुटबलप्रेमी नेपालीको सपना पूरा गरेको छ । कम्तीमा नेपाली फुटबलका बारेमा पहिलो पटक आधिकारिक इतिहासको दस्तावेजीकरण भएको छ । फुटबल साहित्यको शुभारम्भ भएको छ । नेपाली फुटबललाई समृद्ध बनाउने सबैको सपनाको सुरुआत भएको छ ।

शुभकामना हिमेश ! शुभकामना नेपाली फुटबल ! शुभकामना ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक ! शुभकामना स्वर्णकथाका नायकहरू !


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||