कार्तिक १२, २०८२ बुधबार | १६:२७:४५
भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला प्रशिक्षणमा फर्किए लियाम डेलाप महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला प्रशिक्षणमा फर्किए लियाम डेलाप महिला टिमको कुव्यस्थालाई लिएर जेन्जी मन्त्रीले लिए एन्फा महासचिव राईको हुर्मत सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित

न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला

काठमाडौं । इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको घरेलु टोली न्युजिल्यान्डले आफ्नो पक्षमा पारेको छ ।

बुधबार सम्पन्न दोस्रो खेलमा न्युजिल्यान्डले पाँच विकेटको जित निकाल्यो ।

जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखला २-० को अग्रता लिएको छ । पहिलो खेलमा न्युजिल्यान्ड चार विकेटले विजयी भएको थियो ।

ह्यामिल्टन स्थित सेडन पार्कमा इङ्ल्यान्डले प्रस्तुत गरेको १७६ रनको लक्ष्य न्युजिल्यान्डले ३३.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ५९ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ५६ रनको योगदान गरे । यसैगरी रचिन रविन्द्रले ५८ बलमा सात चौका र एक छक्कासहित ५४, कप्तान मिचेल स्यान्टनरले अविजित ३४ र केन विलियमसनले २१ रन बनाए । 

मिचेलले तेस्रो विकेटका लागि रविन्द्र ६३ र छैटौं विकेटका लागि स्यान्टनरसँग अविजित ५९ रनको साझेदारी गरेका थिए ।

इङ्ल्यन्डका लागि जोफ्रा आर्चरले तीन तथा जिमी ओभरटन र आदिल राशिदले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ३६ ओभरमा सबै विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि जिमी ओभरटनले ४२, कप्तान ह्यारी ब्रुकले ३४, जो रुटले २५, ज्याकोब बेथेलले १८, साम करनले १७ र जिमी स्थिथले १३ रन बनाए । 

न्युजिल्यान्डका लागि ब्लेयर टिकनरले चार, नाथन स्मिथले दुई तथा ज्याकोब डफी, मिचेल स्यान्टनर, जकारी फाउल्क्स र माइकल ब्रेसवेलले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain