काठमाडौं । नेपाल सितोरियो कराते संघले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।
संघले मंगलबार एरिकालाई १ लाख तथा उनका प्रशिक्षक कुशल श्रेष्ठलाई ५० हजार रुपैयाँसहित सम्मान गर्यो ।
नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासंघका उपाध्यक्षद्वय देव लामा र मझेन्द्र सिंह र महासंघका महासचिव दावा लामाले उनीहरूलाई नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
एरिकाले मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा ६८ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी थिइन् । नेपालले पहिलो पटक सिरिज वान पदक जितेको हो ।
सोही अवसरमा संघले इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा छनोट भएकी सानुमाया थिङ र प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई पनि खादा लगाएर सम्मान गरेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
