चैत्र २, २०८२ सोमबार | २१:०८:५८
फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ ।

सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो । दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा हुनेछन् । संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो ।

कुल ४९ जिल्लाबाट पाँच सय जना खेलाडी छनोट गरी  प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिएको नेपाल सोतोकान कराते संघका संस्थापक र अध्यक्ष हेमकुमार श्रेष्ठले जानकारी दिए । कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष)तर्फ १५ केजी, २० केजीमूनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन् ।

यसै उमेरसमूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा हुनेछ । सब जुनियर (१०–१२ वर्ष उमेरसमूह) काता र कुमुेतमा पनि खेल हुने भएको छ । यसै उमेरसमूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा हुनेछन् । क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनेछ । क्याडेटमा नै एकल काता (गल्र्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा हुनेछन् । जुनियर कुमुते (१६–१८ वर्ष)तर्फ पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ ।

यसै उमेरसमूहमा पुरुषतर्फ खुला कुमुते हुने आयोजकले जनाएको छ ।

सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन् । महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
 


भिडियो
Private video
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I