माघ १५, २०८२ बिहीबार | ००:३६:५०
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ ।

सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने भएको हो । दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा हुनेछन् । संघले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो ।

कुल ४९ जिल्लाबाट पाँच सय जना खेलाडी छनोट गरी  प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिएको नेपाल सोतोकान कराते संघका संस्थापक र अध्यक्ष हेमकुमार श्रेष्ठले जानकारी दिए । कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष)तर्फ १५ केजी, २० केजीमूनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन् ।

यसै उमेरसमूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा हुनेछ । सब जुनियर (१०–१२ वर्ष उमेरसमूह) काता र कुमुेतमा पनि खेल हुने भएको छ । यसै उमेरसमूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा हुनेछन् । क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनेछ । क्याडेटमा नै एकल काता (गल्र्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा हुनेछन् । जुनियर कुमुते (१६–१८ वर्ष)तर्फ पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा गराइनेछ ।

यसै उमेरसमूहमा पुरुषतर्फ खुला कुमुते हुने आयोजकले जनाएको छ ।

सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान (४० वर्षमाथि) एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन् । महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।