कार्तिक १०, २०८२ सोमबार | २०:५५:३१
सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी

नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने

काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रालीले नेदरल्यान्ड्सका ओपनर म्याक्स्वेल प्याट्रिक ओ’ डाउडलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि ओ’ डाउडसँग सम्झौता  गरेको जानकारी दिए ।

उनी कर्णाली भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । यसअघि क्लबले स्कटल्यान्डका मार्क वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो ।

‘हामीले ओपनिङ बलियो बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ ।’

कर्णालीले बासिस्टोसँग सम्झौता नवीकरण गर्दा वाट र ओ’ डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

ओ’ डाउडले नेदरल्यान्ड्सबाट ८७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । जसमा उनले एक शतक र १६ अर्धशतकसहित २ हजार ३०९ रन बनाएका छन् ।

कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज,काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain