कार्तिक १०, २०८२ सोमबार | २०:००:२४
अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध

भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा

काठमाडौं । त्रीदेशीय प्रतियोगिताअन्तर्गत घरेलु टोली भारतविरुद्ध गोलकिपर अञ्जना रानामगरले पहिलो रोजाईमा मौका पाएकी छन् ।

नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले अञ्जनासँगै लेफ्ट ब्याक मनमाया दमाई र सेन्ट्रल मिडफिल्डर दीपा शाहीलाई पहिलो रोजाईमा मौका दिएका छन् । इरानविरुद्धको पहिलो खेलमा यी तीन खेलाडी दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

इरानविरुद्ध न्यौपानेले ४–१–४–१ शैलीमा टिम मैदानमा उतारेका थिए । भारतविरुद्ध पनि न्यौपानेले यही शैलीलाई निरन्तरता दिएका छन् । रक्षापङ्क्तिमा मनमायासँगै सेन्टरब्याकद्धय समीक्षा घिमिरे र विमला बिक अनि राइटब्याक पूजा राना हुनेछन् । डिफेन्सिभ मिडफिल्डरको जिम्मेवारीमा रेनुका नगरकोटी छन् ।

सेन्ट्रल मिडफिल्डमा दीपाले प्रीति राईको साथ रहनेछ । मिडफिल्डको दायाँ साइडबाट रेखा पौडेल र बायाँ साइडबाट सवीता रानामगरले टोलीको आक्रमण बुन्नेछन् । कप्तान सावित्रा भण्डारी एक्लै अग्रपङ्क्तिमा रहनेछिन् ।

दुबै टोली सुखद अन्त्यको लक्ष्यमा हुनेछन् । भारतले आफ्नो पहिलो खेलमा इरानसँग २–० को हार बेहोरेको थियो । नेपाल पनि इरानसँग ३–० ले निराश बनेको थियो । सिलोङको जवाहरलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain