फाल्गुन १९, २०८२ मंगलबार | ०७:५८:५९
विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो

लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल

काठमाडौं । लुम्बिनी स्पोर्टस अवार्ड छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ । 

आयोजक रंगशाला नेपाल मिडिया प्रालिले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पुर्व राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाकारी दियो ।

नेपालगन्जमा आगामी मंसिर १८ गते प्रथम लुम्बिनी स्पोर्टस अवार्ड-२०८२ हुँदैछ । अवार्डलाई निष्पक्ष ढंगले सम्पन्न गर्नको लागि मल्लले महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने आयोजकले विश्वास लिएको छ ।

मल्लले लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकको जिम्मेवारी प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिए ।  ‘लुम्बिनी प्रदेशको लागि यो खुसीको कुरा हो । खेलाडी र खेलकर्मीको सम्मान गर्नु हाम्रो दायित्व हो । खेलले कुनै धर्म, समुदाय, वर्ग नभनेर आफनो समाज अनि देशलाई चिनाउने काम गरेको हुन्छ । खेलाडीले पनि राष्ट्रको गौरव बढाउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहनु भएको हुन्छ । उहाँहरूको सम्मान हामीले गर्नुपर्छ । लुम्बिनी स्पोर्टस अवार्डले त्यो अभिभारा पुरा गर्ने विश्वास छ,’ मल्लले भने ।

आयोजकले यसअघि अवार्डको संयोजकमा चाहना शाह र प्रचार-प्रसार संयोजकमा खेल पत्रकार गजे थापा( जी. थापा)  लाई  मनोनित गरिसकेको छ ।

लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह-प्रायोजन गरेको छ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||