माघ ४, २०८२ आइतबार | १९:३८:५३
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

नेपाल कबड्डी लिग सिजन-२ का लागि ५१२ नेपाली खेलाडी दर्ता

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को सिजन-२ को ड्राफ्टका लागि ५१२ जना नेपाली खेलाडी दर्ता भएका छन् । 

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २७८ जना नेपाली  दर्ता भएका थिए । दोस्रो सिजनकमा ५१२ स्वदेशी खेलाडी दर्ता भएका छन् ।’

प्रतियोगिताका लागि बागमती प्रदेशबाट सर्वाधिक १५५ खेलाडी दर्ता भएका छन् । त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन् ।

आयोजकले सिजन-२ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताएको छ ।

गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडी एनकेएलमा आएका थिए ।

एनकेएलको पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन राइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो संस्करणको फाइनलमा काठमाडौंलाई ४३-४१ ले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate