काठमाडौं । नेपालले फिफा विन्डोअन्तर्गत नोभेम्बर १३ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
बुधबार बंगलादेश फुटबल महासंघले सामाजिक सञ्जालमार्फत खेलका बारेमा जानकारी गराएको हो ।
बंगलादेशले एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नोभेम्बर १८ मा भारतसँग खेल्दैछ । त्यसैको तयारी स्वरुप बंगलादेशले नेपालको आतिथ्य गर्न लागेको हो । नोभेम्बर १८ मै नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्ने तालिका छ ।
गत सेप्टेम्बरको पहिलो साता नेपाल र बंगलादेशबीच दुई अन्तर्राष्ट्रिय खेल हुने तय थियो । पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुई दिनको आरामपछि दोस्रो खेल हुने तालिका थियो । तर, जेनजी आन्दोलनका कारण खेल स्थगित भएको थियो ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
