कार्तिक १२, २०८२ बुधबार | २२:५८:२३
नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआउटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध भारतविरुद्ध नेपाल पेनाल्टी सुटआउटमा विजयी पेनाल्टी सुटआउटमा पुग्यो नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल पूजा राना बंगलादेशकाे नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध नेपाल र भारतबीचको पहिलो हाफ १-१ को बराबरीमा सकियो राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक जेहार्ड इरस्मसले काठमान्डौं गोर्खाजबाटै खेल्ने भारतविरुद्ध अनिता बस्नेतले कप्तानी गर्ने न्युजिल्यान्डलाई इङ्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला

दक्षिण अफ्रिकका वायने पार्नेल जनकपुर बोल्ट्समा अनुबन्ध

काठमाडौं ।साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकन तिव्रगतिका बलर वायने पार्नेललाई अनुबन्ध गरेको छ ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि नै श्रीलंकान मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई  निरन्तरता दिने निर्णय गरिसकेको छ ।

३६ वर्षे पार्नेलले ५६ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा १७३ विकेट लिएका छन् ।

पार्नेलले इन्डियन प्रिमियर लिगमा पुणे वारियर्स, दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बेङ्लोरबाट खेलिसकेका छन् । यसैगरी उनीसँग वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग, दक्षिण अफ्रिकाको एसए २०, इङ्ल्यान्डको द हन्ड्रेडजस्ता फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

पर्नेलले एनिएलका लायि उत्साहित रहेको बताएका छन् ।  ‘म एनपीएल खेल्नका  निकै उत्साहित छु, मैले नेपाली क्रिकेट समर्थकहरुको जोशलाई देखेको छु । जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा समर्थकहरुको अगाडि खेल्नलाई म आत्तुर छु । जनकपुरको हिस्सा बन्न पाउदा म निकै उत्साहित छु,’ पार्नेलले भने ।

जनकपुरका प्रवन्ध निर्देशक निरोज खतिवडाले पार्नेललाई अनुबन्ध गर्न पाउदा निकै उत्साहित रहेको जनाए । ‘पार्नेलले यु-१९ देखि राष्ट्रिय टोलीबाट खेल्दै लामो अनुभवसहित विश्व क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । उनको अनुभवले टोलीको उपाधि रक्षा  अभियानलाई बलियो बनाउने छ ।  पार्नेलको अगामनले जनकपुरलाई मात्रै नभएर एपिएललाई नै उत्साहित बनाएको  छ ।’

शिवनारायण चन्द्रपालको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले अहिले आफ्नो प्रशिक्षण क्याम्प भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ ।

मार्की आसिफ शेखसहित अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको जनककपुले मिनी अक्सनबाट मयन यादव, आदित्य महता र विकास अग्री र सचिन भट्टलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain