मंसिर २९, २०८२ सोमबार | ०२:२२:३७
एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’ एनपिएलको सफल आयोजनाका लागि क्यानलाई आइसिसी अध्यक्ष शाहको बधाई सातौँ इन्ट्रा म्याड्रिस्टा फुटसल सम्पन्न नासरिनको चुनौती समाप्त, एपिएफले इस्ट बङ्गालसँग फाइनल खेल्ने अन्तर वडा राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि केभिआर समिट च्यालेन्जसमा युगल र सान्या च्याम्पियन एपिएफको अपराजित यात्रा जारी, रश्मीको गोलमा कराँचीलाई हरायो साढे दुई महिनापछि मैदानमा फर्किइन गीता एपिएफ र कराँचीको पहिलो हाफ गोलरहित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफ र कँराची भिड्दै किन क्रिकेट अनिश्चितताको खेल ? ‘एनपिएल हेर्नुस’

राष्ट्रिय खेलकुदको एजेन्डा राखेर मन्त्री गुप्ताले बोलाए परिषदको बोर्ड बैठक

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ।

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले लामो समयदेखि अलपत्र रहेको १०औं वृहत राष्ट्रिय खेलकुद आयोजनाको विषयमा छलफल गर्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक बोलाएका छन् ।

परिषदको अध्यक्ष रहने मन्त्री गुप्ताले यही कार्तिक १९ गते बुधबार दिउसो २ बजेका लागि मन्त्रालयमा परिषदको १२३औं बोर्ड बैठक बोलाएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले खेलाडी डटकमलाई जानकारी गराए ।

उनका अनुसार मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद र विविध विषय मात्र समावेश गरि एजेन्डासहित बोर्डका सबै पदाधिकारी र सदस्यलाई सूचित गर्न दिएको निर्देशन बमोजिम सदस्यसचिव टंकलाल घिसिङले बैठक आह्वान गरेका छन् ।

गतवर्ष मंसिरमै सुर्खेतलाई केन्द्र बनाएर १०औं राष्ट्रिय खेलकुद हुनुपर्ने थियो । तर बजेटमा आवश्यक रकम छुट्याइनाका बावजुद सरकार तथा परिषदभित्रको दलीय राजनीतिका कारण राष्ट्रिय खेलकुद पटकपटक सर्दै आएको थियो  । पछिल्लो पटक निवर्तमान मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरका लागि तोकेको राष्ट्रिय खेलकुद नयाँ मिति समेत नतोकी अनिश्चित कालका लागि स्थगित गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली एमालेबाट, मन्त्री चौधरी काग्रेसबाट तथा सदस्यसचिव घिसिङ माओबादीबाट भएकोले राजनीतिक भागबण्डा नमिलेकै कारण नेपाली खेलकुदको सबभन्दा ठूलो मेला अनिश्चित बन्दै आएको मन्त्रालयका कर्मचारीहरुको अनुभव छ ।

‘विगतमा प्रधानमन्त्री देखि मन्त्री र सदस्यसचिवका आ-आफ्नै स्वार्थका कारण राष्ट्रिय खेलकुद हुन सकेको थिएन । अहिले मन्त्रीज्युको यसमा विशेष चासो छ । जसरी पनि गराउने पक्षमा मन्त्रीज्यू हुनुहुन्छ,' ती कर्मचारीले भने,'तर सरकारको खरिद प्रकृया तथा फागुनका लागि घोषित चुनावका कारण यो वर्ष हुन चाँही गार्हो छ ।’


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team