फाल्गुन ७, २०८२ बिहीबार | १३:०३:१३
विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य

नेपाली फुटबल सधैं ‘जर्जर’ ?

चार वर्षअघि कर्माछिरिङ शेर्पाले साधारणसभाबाट प्यानलसहित निर्वाचित भएर एन्फाको नेतृत्व लिँदा भनेका थिए, ‘नेपाली फुटबलमा विकासको जग हाल्नुछ । हिलोमा जग हालेजस्तै चुनौतिपुर्ण छ हाम्रो काम ।’

भर्खरै सम्पन्न एन्फाको अर्को साधारणसभाले ‘हिलोमा जग’ हाल्दै गरेका शेर्पालाई विस्थापित गर्दै उनैका पुराना सहयात्री पंकजविक्रम नेम्वाङलाई नेतृत्व सुम्पेको छ । नेम्वाङ चुनावी प्रतिस्पर्धामा उत्रिँदाको आफ्नो प्यानलको बहुमतसहित एन्फा नेतृत्वमा पुगेका छन् । भलै उनको प्यानल विभिन्न गुटको एउटा मोर्चाको रुपमा किन नहोस् ।

सामाजिक सञ्जालमा फुटबलका रचनात्मक बहसहरु चलाइरहने नवनिर्वाचित कार्यसमितिका सदस्य अनिल मल्लले त फेसबुकको वालमै लेखे, ‘अखिल नेपाल फुटबल संघको जिम्मेवारी कुन अवस्थामा वर्तमान कार्यसमितिले लियको छ ! सम्पूर्ण आर्थिक र प्रशासनिक विषयहरुको अवस्था श्वेतपत्रमार्फत सम्पूर्ण सरोकारवालाले थाहा पाउनेनै छन् । संयमताका साथ प्राथमिकताका आधारमा सबै विषयको समाधान गरिदै लानुपर्छ । जर्जर पारिएको नेपाली फुटबललाई व्यवस्थित गर्न सरोकारवाला सबैले हतार नगरी सहयोग गर्नुपर्छ ।’

नेम्वाङ नेतृत्वमा आएको एक महिना पनि भएको छैन । उनको कार्यसमितिका पदाधिकारीहरु भन्न थालेका छन्, ‘एन्फाको कुनै प्रशासनिक, सांगठनिक, आर्थिक र प्राविधिक आधार छैन । हामीले बनाउनुपर्छ ।’

सामाजिक सञ्जालमा फुटबलका रचनात्मक बहसहरु चलाइरहने नवनिर्वाचित कार्यसमितिका सदस्य अनिल मल्लले त फेसबुकको वालमै लेखे, ‘अखिल नेपाल फुटबल संघको जिम्मेवारी कुन अवस्थामा वर्तमान कार्यसमितिले लियको छ ! सम्पूर्ण आर्थिक र प्रशासनिक विषयहरुको अवस्था श्वेतपत्रमार्फत सम्पूर्ण सरोकारवालाले थाहा पाउनेनै छन् । संयमताका साथ प्राथमिकताका आधारमा सबै विषयको समाधान गरिदै लानुपर्छ । जर्जर पारिएको नेपाली फुटबललाई व्यवस्थित गर्न सरोकारवाला सबैले हतार नगरी सहयोग गर्नुपर्छ ।’

नरेन्द्र श्रेष्ठलाई स्थानान्तरण गरेर शेर्पाले एन्फाको बागडोर लिँदाको जस्तै अहिले उनलाई विस्थापित गरेर आएका नेम्वाङहरुको बोली पनि उस्तै छ । अर्थात्, अघिल्लो नेतृत्वले बिगार्ने मात्र गर्यो, एन्फा जर्जर अवस्थामा छ । जसलाई हामी सुधार्छौं ।

के एन्फामा अहिलेसम्म आएका नेतृत्वले संस्था र नेपाली फुटबलका लागि माखो नमारेकै हो त ?

फुटबलको नेतृत्व सधै व्यक्तिगत स्वार्थपूर्तिमा मात्र लिप्त थियो त ?

प्रश्न यत्तिमै सकिन्न । सधैं पुरानो नेतृत्वलाई दोष दिएर नयाँ आउने चाँही सधैं पानी माथि ओभानो ?

अघिल्ला कार्यसमितिमै रहेकाले आफू मूल नेतृत्वमा आएपछि त्यसअघि केही नभएको भन्ने, तर त्यसको जवाफदेहिताबाट चाहीँ पन्छिन पाइन्छ ? आफूसमेत रहेका अघिल्ला नेतृत्वले ‘काम नगरेको’मा यीनले जिम्मा लिनु पर्दैन ?

नेपाली फुटबल हाँक्ने सर्वोच्च कमिटीमा मल्ल पहिलो पटक पुगेका छन् । त्यसैले नैतिक रुपमा उनले यस्तो लेख्न मिल्ला । सैद्वान्तिक रुपमा उनी ‘ओभानो’ पनि देखिएलान् । तर मल्ल रहेको कार्यसमितिलाई नेतृत्व गर्ने वर्तमान अध्यक्ष ‘एन्फालाई जर्जर बनाउने’ अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । अहिले वरिष्ठ उपाध्यक्ष बनेका वीरबहादुर खड्का त्यसबेला उपाध्यक्ष थिए । यसैगरी अरु धेरै पदाधिकारी पनि विभिन्न भूमिकामा थिए । मल्लले छेड्न खोजेको बहसमा तिनलाई पनि जवाफदेही बनाइनुपर्थ्यो ।

एन्फा कार्यसमितिको दोस्रो र बहुप्रतिक्षित बैठक आज सोमबार बस्दैछ । मल्लको यो फेसबुक स्ट्याटस पनि त्यही सेरोफेरोमा आएको छ । उनको यो स्ट्याटसलाई एन्फा कार्यसमितिको सामूहिक भावना मान्न मान्न सक्ने अवस्था छैन । कम्तिमा नेम्वाङ नेतृत्वमा एक ढिक्का भएर चुनावमा होमिएको समूहको श्वरका रुपमा पनि यसलाई बुझेमा त्यो गलत हुनेछ ।

साच्चै नवनिर्वाचित एन्फा कार्यसमितिभित्रको सम्बन्ध हार्दिक छैन । पूरा कार्यसमितिको आश नगरौं, ‘चेन्ज एन्फा’को नारामा चेन्ज कर्मा भनेर सँगै चुनावमा होमिएको समूह पनि एकढिक्का छैन । चुनाव जितेलगत्तै पंकज मोर्चाभित्रका विभिन्न समूह फुटबललाई कुनामा राख्दै आ–आफ्नो दुनो सोझ्याउने खेलमा लागिसकेका छन् ।

अब अर्को प्रश्न उठ्छ, के मल्लले फेसबुक स्ट्याटसमा लेखेजस्तै प्राथमिकताका आधारमा सबै विषयको समाधान गरिँदै लगिन्छ त ? मल्लले ‘जर्जर पारिएको नेपाली फुटबललाई व्यवस्थित गर्न सरोकारवाला सबैले हतार नगरि सहयोग गर्नुपर्छ’ भनेका छन् । हतार नगरी भनेको के हो ? कहिलेसम्म प्रतिक्षा गर्न उनको अनुरोध हो ?

आफैंले गरेका अपरिपक्व र नेतृत्वको स्वार्थप्रेरित निर्णयहरुका कारण एन्फा चौतर्फी विवादको घेरामा परिसकेको छ । विना एजेन्डा बोलाइएको अघिल्लो बैठकले महत्वपूर्ण निर्णय गरेर चुनावअघि आफैंले घन्काएको शुसासनको नाराको खिल्ली उडाइसकेको छ । कार्यसमितिमा सामान्य छलफल समेत नभएको विषयमा निर्णय गर्दै महिला साफ च्याम्पियनसिप नेपाल ल्याएर पनि एन्फाले सुशासनको भावनामा प्रहार गरेको छ ।

अब अर्को प्रश्न उठ्छ, के मल्लले फेसबुक स्ट्याटसमा लेखेजस्तै प्राथमिकताका आधारमा सबै विषयको समाधान गरिँदै लगिन्छ त ? मल्लले ‘जर्जर पारिएको नेपाली फुटबललाई व्यवस्थित गर्न सरोकारवाला सबैले हतार नगरि सहयोग गर्नुपर्छ’ भनेका छन् । हतार नगरी भनेको के हो ? कहिलेसम्म प्रतिक्षा गर्न उनको अनुरोध हो ?

उनकै आह्वान फुटबल परिवार र फुटबलप्रेमीले मान्ने हो भने कम्तिमा एन्फाका प्रयासहरु इमान्दार देखिनुपर्छ । पहिलो बैठक र त्यसयताका गाइगुईंले एन्फाभित्र फुटबल भन्दा पनि नेतृत्वको स्वार्थ केन्द्रमा रहेकोमात्र देखाएको छ । आपसी लेनदेन र व्यक्तिगत स्वार्थको रस्साकस्सीमा कार्यसमिति मस्त भइरहेका बेला चाँही कम्तीमा मल्लको यो आह्वानमाथि विश्वास गर्ने आधार भेटिन्न ।

मल्लले भनेजस्तै कम्तिमा ‘जर्जर’ फुटबललाई माथि उचाल्न वर्तमान कार्यसमिति इमान्दार छ भने त्यसले सकारात्मक संकेत देखाउनुपर्छ । फुटबल भनेको टिम गेम हो । मैदानभित्रमात्र होइन, प्रशासनमा पनि यो भावना नराखी ‘जर्जर’ फुटबल उकास्ने अभियान सफल हुँदैन । जसरी मैदानमा कप्तान होस् वा जतिसुकै सुपरस्टार खेलाडी किन नहोस् उसको एक्लो बलमा नतिजा प्राप्त हुँदैन । मेसी र रोनाल्डोजस्ता सुपरस्टार खेलाडीको टिमलाई पनि राम्रो तालमेल भएको औसत खेलाडीहरुको टिमले संगठित प्रदर्शनबाट लगातार मात दिइरहेका उदाहरण विश्व फुटबलमा धेरै छन् । त्यसैले प्रशासनमा पनि सुखद नतिजाका लागि ‘टिम वर्क’ अपरिहार्य बन्छ ।

अहिले एन्फाको मुख्य चुनौती भनेको प्रशासनमा ‘टिम वर्क’को प्रमाण दिनु हो । त्यसका लागि आजको कार्यसमितिले महत्वपूर्ण संकेत गर्न सक्छ । नेपाली फुटबल गुट उपगुटभन्दा माथि छ, कार्यसमिति विकासको अभियानमा एकढिक्का भएर प्रतिबद्धतासाथ अघि बढेको छ भन्ने सन्देश आजको बैठकले दिन सक्नुपर्छ । अघिल्लो बैठकमा भएका कमजोरी पनि यही बैठकबाट सुधार्नुपर्छ ।

प्रमूख कार्यकारी अधिकृत कसलाई बनाउने, प्रवक्तामा कस्को मान्छे ल्याउने, सहमहासचिवहरु कसरी भाग लगाउने जस्ता कुराकै रँडाकोमा अचेल एन्फा नेतृत्व मस्त छ । तर यस्ता विषयमा नअल्झी सर्वसम्मत र विधिसम्मत निर्णय गर्दै अघि बढ्न नसके यो कार्यसमिति कति टुक्रामा विभाजित हुन्छ भन्ने अनुमान कठिन बन्छ । 

जति टुक्रामा बाँढिए पनि त्यससँग फुटबलकर्मी र समर्थकको चासो हुने छैन । किनकी त्यसो भए यो कार्यसमितिले नेपाली फुटबलको हितमा सिन्को भाँच्ने सम्मको ल्याकत राख्ने छैन । अनि फेरि चार वर्षपछि आउने अर्को कमिटीका कुनै अनिल मल्लले लेख्नेछन्, ‘जर्जर पारिएको फुटबल हामीले व्यवस्थित गर्नुछ ।’ 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||