कार्तिक १७, २०८२ सोमबार | २३:४४:४७
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस ९ गते देखि राष्ट्रिय लिग  आयोजना गर्ने भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार एन्फा र क्लबबीच सम्पन्न बैठकबाट आगामी राष्ट्रिय लिग गर्ने सहमती जुटेको हो  ।

असोज ६ गते एन्फाले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै ‘ए’ डिभजिन लिग पुस ९ देखि असार २६ सम्म हुने जानकारी गराएको थियो । एन्फाले देशका विभिन्न जिल्लामा १४ मैदान प्रयोग गरेर ‘होम एन्ड अवे’का आधारमा लिग आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर, असोज २४ गते एन्फाले पत्रकार सम्मेलनमार्फत ‘होम एन्ड अवे’ लिग तत्कालका लागि सम्भव नभएको निश्कर्ष निकाल्दै शीर्ष डिभिजन लिग नभए राष्ट्रिय लिगको विकल्पका रूपमा रहेको बताएको थियो ।

अन्ततः यस वर्ष पनि नेपालको शीर्ष डिभिजन लिग नहुने भएको छ । पछिल्लो पटक २०७९ सालमा शीर्ष डिभिजन लिग भएको थियो । एन्फाभित्र आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन ।

सोमबार बसेको एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुष ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति पनि जुटाएको छ ।

राष्ट्रिय लिगमा पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ तथा बुधबार देखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । 

राष्ट्रिय लिग च्याम्पियनले एएफसी क्लब च्याम्पियनसिप खेल्ने छ । 

पछिल्लो संस्करणको लिगमा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्युरोट टिम (एनअराटी) शीर्ष ६ मा रहेका छन् ।

लिगमा सहभागी टोलीले मंसिर ५ गते  टिम तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका मंसिर १९ मा सार्वजनिक हुनेछ । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA