काठमाडौं । च्याम्पियनसिप क्लब साउथह्याम्प्टनले विल स्टिललाई बर्खास्त गरेको छ ।
शनिबार प्रेस्टनविरुद्ध २-० ले पराजित भएपछि क्लब स्टिललाई जिम्मेवारीबाट हटाउने निर्णयमा पुगेको हो ।
स्टिललाई मेमा तीन वर्षको सम्झौतामा साउथह्याम्टनको प्रशिक्षक नियुक्त गरिएको थियो । उनी फ्रेन्च क्लब लेन्स छाडेर साउथह्याम्पटन पुगेका थिए ।
साउथह्याम्प्टनले यस सिजन च्याम्पियनसिपमा संघर्ष गरिहेको छ । टोली १३ खुलमा दुई जित, ६ बराबरी र पाँच हारको नतिजासहित १२ अंक जोडेर २१ औं स्थानमा छ । रेलिगेसन क्षेत्रभन्दा मात्र तीन अंक बढि हो ।
‘साउथह्याम्प्टन पुरुष टोलीका प्रबन्धक विल स्टिलसँग अलग हुने निर्णयमा पुगेको छ । हामी स्टिलसँगै उनका स्टाफलाई आगामी यात्राका लागि शुभकामना दिन चहान्छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साउह्यामटनले अन्डर-२१ का मुख्य प्रशिक्षक टोन्डा एकर्टले टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने बताएको छ ।
