कार्तिक १७, २०८२ सोमबार | ०६:४०:४२
बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला

हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने

काठमाडौं । अमेरिकी बलिङ अलराउन्डर हर्मित सिंहले आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सकै जर्सी लगाउने भएका छन् ।

आइतबार सिंहलाई सुदूरपश्चिमले तेस्रो विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको हो ।

गत सिजन सिंहले ५ खेलमा ८ विकेट लिएका थिए । सिंह पहिलो संस्करणमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

सिंहले यसपाली जसरी भएपनि सुदूरपश्चिमलाई च्याम्पियन बनाउने अठोट बोकेका छन् । भन्छन्, ‘एनपिएलका लागि फेरि नेपाल आउँदै छु । गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ । समर्थकहरुसँग भेट्न इच्छुक छु’

सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हर्मितको आगमनले टोली अझ बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मितको आगमनले टोली झन् मजबुत बन्नेछ । गत सिजन उनले जुन हिसाबको प्रदर्शन गरेका थिए, यसपाली पनि त्यही प्रदर्शनको अपेक्षा गरेका छौं ।’
३२ वर्षीय हर्मित बायाँहाते बलर÷ब्याटर हुन् । उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् ।

सन् २०१२ मा भारतले यु-१९ एकदिवसीय विश्वकप जित्दा हर्मित टोलीका सदस्य थिए । उनीसँग राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ ।

सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र  हर्मित सिंह
मुख्य प्रशिक्षकः जगत टमटा

 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA