कार्तिक १७, २०८२ सोमबार | ०३:४५:२४
बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला

कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने

काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रालीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि सोमबार ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।

कार्यक्रम बिहान ७ बजेबाट सुर्खेतको विरेन्द्रनगरस्थित इन्डोर हलमा आयोजना हुने कर्णालीका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले जानकारी गराएका छन् ।

बस्नेतका अनुसार आइतबारसम्म २०० भन्दाबढी युवा खेलाडीले‘ ट्यालेन्ट हन्ट’मा सहभागी हुन निवेदन दिएका छन् ।

‘ हामीले खुलाएको फारममार्फत हालसम्म २०० भन्दाबढी खेलाडीले ट्यालेन्ट हन्टका लागि नाम दर्ता गराएका छन्,’ प्रशिक्षक बस्नेतले भने,‘ कोही छुट्नु भएको छ भने पनि हामी उहाँहरूलाई सहभागी गराउने छौं ।’

यस्तै, ट्यालेन्ट हन्टपछि कर्णाली याक्सले प्रदेशका विभिन्न शहर र धार्मिक स्थलहरुमा ट्रफी यात्रा गर्ने तयारी गरेको छ । ट्रफी यात्रालाई कर्णाली प्रदेश क्रिकेट संघले सहजीकरण गर्नेछ ।

गत वर्ष ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका विपिनप्रसाद शर्माले यस पटक पनि ‘ट्यालेन्ट हन्ट’बाट आफूजस्तै अर्को प्रतिभा आउनेमा आशावादी रहेको बताएका छन् ।

कर्णालीले दोस्रो सिजनमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ ।

यसैगरी गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शनकुमार झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

कर्णालीले एनपिएलको दोस्रो संस्करणका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ’ डाउडलाई नयाँ खेलाडीका रूपमा भित्र्याएको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि  भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA