काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा भारतले पाँच विकेटको जित दर्ता गरेको छ ।
भारतको यो जितसँगै पाँच खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहिन बन्दा दोस्रो खेलमा अस्ट्रेलिया चार विकेटले विजयी भएको थियो ।
आइतबार होबर्टस्थित बेलेरिभ ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १८७ रनको लक्ष्य भारतले १८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि वासिङ्टन सुन्दरले अविजित ४९, तिलक वर्माले २९, अभिषेक शर्माले २५, कप्तान सूर्यकमार यादवले २४, जितेश शर्माले अविजित २२, अक्षर पटेलले १७ र शुभमन गिलले १५ रन बनाए ।
अस्ट्रेलियाका लागि नाथन एलिसले तीन तथा जेभियर बार्टलेट र मार्कस स्टोइनिसले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि टिम डेभिडले ३८ बलमा आठ चौका र पाँच छक्कासहित सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी मार्कस स्टोेइनिसले ३९ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६४, म्याथ्यु शर्टले अविजित २६ र कप्तान मिचेल मार्शले ११ रन बनाए ।
छैटौं विकेटका लागि स्टोइनिस र शर्टबीच ६४ तथा तेस्रो विकेटका लागि डेविड र मार्शबीत ५९ रनको साझेदारी भएको थियो ।
भारतका लागि अर्शदीप सिंहले तीन, वरुण चक्रवर्तीले दुई र शिभम दुबेले एक विकेट लिए ।
शृंखलाको चाैथाे खेल मंगलबार हुनेछ ।
