पुस ४, २०८२ शनिबार | १२:४६:१६
गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना

क्यानमा पारस आगमनको खुसी पानीको फोका नबनोस्

२२ वर्ष अगाडिको कुरा हो, नेपाली राष्ट्रिय क्रिकेट टिम २००१ मा पाकिस्तानमा हुने तय भएको एसिया कपका लागि छनोट भयो । तर खेल्न पाएन । भारत र पाकिस्तानबीचको खराव भूराजनीतिक सम्बन्धका कारण एसिया कपलाई छानिएर पनि विश्व क्रिकेटका महारथीसँग खेल्न पाइने सम्भावनाको खुसी नेपालका लागि पानीको फोकामा परिणत भयो ।

त्यसपछि धेरै वर्षसम्म नेपाली क्रिकेट ‘राम्रो सम्भावना बोकेको’ भन्ने भाश्यमै सिमित हुनुपर्यो । २०१० मा डिभिजन पाँच हुँदै विश्व क्रिकेट लिगमा उकाली यात्रा थालेको नेपाल २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि छानियो । नेपालले ट्वान्टी–२० मा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै आफ्नो परिचय बदल्यो । तर त्यो एक वर्षभन्दा लामो समय टिकेन ।

२०१४ मै नेपाली टोलीले ट्वान्टी–२० विश्वकप खेलेर इतिहास बनाइसकेको थियो । बंगलादेशमा भएको विश्वकपमा नेपालको नतिजा उत्साहजनक नभए पनि प्रदर्शनबाट आशा गर्ने ठूलो आधार देखियो । नेपाली क्रिकेट विश्वस्तरमा पुगेको अर्को नयाँ भाश्य स्थापित गर्न खोजियो । तर त्यो पनि पानीको फोकामै परिणत भयो । किनकी त्यसपछि फेरि नेपाल अहिलेसम्म विश्वकपलाई छानिएको छैन ।

२०१८ नेपाली क्रिकेटका लागि अर्को खुसी लिएर आयो । नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । चार वर्षका लागि पाएको त्यो मान्यताको खुसी पनि पानीको फोकाजस्तै भयो । मैदानभित्र लगातारका खराव नतिजा, अनि मैदानबाहिर थुप्रै बेथिति, विवाद, अनुशासनहिनता र आर्थिक नैतिक अनियमितताको पराकाष्टाका कारण नेपाली क्रिकेट इतिहासकै सबभन्दा बेहाल अवस्थामा पुग्यो ।

तर वितेको एक वर्षले खुसीको अर्को ठूलो अवसर दियो । विश्व क्रिकेट लिग दुईमा निक्कै दयनीय अवस्थाको नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर जादु गर्यो । त्यही जादुको भरमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि जोगियो । लगत्तै बैशाखमा नेपालमै भएको एसिसी प्रिमियर कपको उपाधि जितेर नेपाल इतिहासमा दोस्रो पटक एसिया कपलाई छानियो ।

संयोग यसपाली पनि एसिया कप पाकिस्तानमा थियो । विश्व क्रिकेटका महारथी दुई दक्षिण एसियाली देश भारत र पाकिस्तानबीचको सम्बन्ध २२ वर्षअघि जस्तै कटुतापूर्ण थियो । पहिलाजस्तै भारतले यसपाली पनि एसिया कप खेल्न पाकिस्तान नजाने अडान लियो । अनि यसपाली पनि एसिया कप खेल्ने नेपालको सपना धरापमा पर्यो ।

तर अन्तिम समयमा श्रीलंकालाई सहआयोजकका रुपमा समावेश गर्ने बिकल्पमा सबै पक्षको सहमती भयो । जसका कारण नेपालले एसिया कप खेल्ने सपना पूरा गर्यो । एसिया कपमा नेपालका लागि अर्को सुखद संयोग थियो, समूह चरणमै नेपाली क्रिकेटले सबभन्दा बढि पछ्याएको भारत र पाकिस्तान दुवैसँग खेल्ने अवसर ।

पाकिस्तानसँगको खेल मुल्तानमा नतिजाका हिसावमा सुखद नरहे पनि श्रीलंकामा भएको भारतविरुद्धको खेल नेपालका लागि थुप्रै अर्थमा स्मरणीय रहयो । पूरा प्रतियोगितामा भारतविरुद्ध बंगलादेशपछि सबभन्दा राम्रो प्रदर्शन नेपालको थियो । टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा नेपालले ४८.१ ओभरमा २३० रन बनायो ।

वर्षाले प्रभावित खेलमा भारतसामू २३ ओभरमा १४५ रनको लक्ष्य दिइयो । १४७ रन बनाएर त्यो लक्ष्य पूरा गर्न भारतले २०.१ ओभरसम्म मिहिनेत गर्नुपर्यो । प्रतियोगितामा भारतविरुद्ध अरु कुनै पनि टिमले नेपालजति स्कोर गर्न सकेनन् ।

यसले नेपाली क्रिकेटमा अर्को एउटा ठूलो उर्जा थपियो । विश्वका सर्वोत्कृष्ट बलरहरु नेपाली ब्याटरसँग संघर्ष गरिरहँदा अनि शीर्ष वरियताका ब्याटरहरुलाई नेपाली बलरले आच्छुआच्छु पारिसकेपछि त ढुक्कले भन्न सकियो, ‘अब नेपाल विश्व स्तरका लागि तयार छ ।’

नेपाली क्रिकेटका लागि यो वर्ष थुप्रै सुखद संयोगहरु लिएर आएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुका साथै एसिया कपमा भारत र पाकिस्तानसँग ठाडो शिरका साथ खेलेर प्राप्त उर्जालाई आइतबार सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को चुनावले अझ थप गरेको छ । कम्तिमा यसपाली हासिल भएका सफलताका खुसीहरु पानीको फोकामा परिणत नहुने आशा जगाएको छ ।

मैदानभित्र नेपाली क्रिकेटका सबैखाले उतारचढावमा सबल र परिपक्व नेतृत्व गरेका पूर्व कप्तान पारस खड्का क्यानको सचिवमा निर्वाचित भएका छन् । पारससँगै केही नामलाई छोड्ने हो भने १७ सदस्यीय कार्यसमितिको मुहार पुरानै छ । प्रवृत्ति पनि पुरानै ।  

त्यसकारण धेरै आशा गर्ने ठाउँ देखिन्न । तर पारसमाथि पूरा नेपाली क्रिकेट समर्थकहरुको समेत ठूलो भर छ । अब नेपाली क्रिकेटले मैदानभित्र गरेका मिहिनेत र हासिल गरेका उपलब्धिहरु फगत फ्लुक र पानीको फोकामा परिणत नहुने आशा पलाएको छ । पारसको उपस्थितीले नेपाली क्रिकेट प्रशासनको मरुभूमीमा हरियाली आउने विश्वास लिइएको छ ।

पक्कै पनि पारस आफूमाथिका आशा र विश्वासलाई वास्तविकतामा परिणत गर्न सक्षम छन् । विगतमा उनले एउटा खेलाडी र कप्तानको भूमिकामा मात्र नभएर प्रतियोगिता आयोजक र एकेडेमीको सञ्चालक भएर पनि प्रमाणित गरिसकेका छन् ।

खेलाडी जीवनदेखि नै प्रष्ट वक्ताको छवि बनाएका पारसको ब्याट र बल जति घुम्थ्यो, ज्रिब्रो त्यतिनै तिखो थियो । क्रिकेटका हरेक बेथिति र विसंगतिविरुद्ध उनी सधै स्पष्ट धारणसहित सार्वजनिक हुन्थे । अनि क्रिकेट अगाडि बढाउनका लागि गरिनुपर्ने कामका सुचि उनीसँग सधै हुन्थ्यो ।

पछिल्लो चार महिना जिल्लादेखि प्रदेश हुँदै केन्द्रको सचिवसम्म बन्ने चुनावी अभियानमा लाग्ने क्रममा पनि पारस खेलाडी जीवनमा जस्तै प्रष्ट रुपमा प्रस्तुत भइरहे । योजनाहरु बाँढिरहे । नेपाली क्रिकेट परिवारसँग सपनाहरु साटिरहे । प्रतिबद्धता जाहेर गरिरहे । 

नेपाली क्रिकेट परिवार यति धेरै उत्साहित हुनुको कारण यति मात्र होइन । पारस क्रिकेटको मात्र नभई समग्र नेपाली खेलकुद इतिहासले नै पाएका सबभन्दा ठूला सेलिब्रिटीमध्ये एक हुन् । नेपाली खेलकुदमा केही सकारात्मक गर्नका लागि शीर्ष राजनीतिक नेतृत्व र ठूला कर्पोरेटसम्म बलियो पहुँच हुनु्पर्छ । जुन पारससँग छ । राजनीति र कर्पोरेटको मुल नेतृत्वसँग तत्काल भेटन सक्ने, आफ्ना कुरा प्रभावकारी तरिकाले राख्न सक्ने र खेल विकासका लागि मनाउन सक्ने क्षमता पारससँग छ ।

यति क्षमता भएको र आफूले सबभन्दा धेरै पत्याएका व्यक्ति, नेपाली क्रिकेटको पहिलो पोस्टर ब्वायले भनेपछि पूरा गर्छ भन्ने विश्वासले क्रिकेट जगतको मनोबल बढेको हो । खासमा चुनाव जितिसकेपछि पारसका लागि सबभन्दा ठूलो चुनौती यही हुनेछ । आइतबार बिहानसम्म पनि चुनाव जित्नुपर्ने चुनौतीमा रहेका पारसले अब आफ्ना हजारौं लाखौं समर्थकहरुको विश्वासमा खरो उत्रिनुपर्ने चुनौती बोक्नुपर्नेछ । किनकी प्रशासनलाई लिएर नेपाली क्रिकेट परिवार यत्तिविधि उत्साहित भएको यो पहिलो अवसर हो । 

पारस आफ्नो प्रतिबद्धता र योजनाअनुसार नेपाली क्रिकेटको श्रीवृद्धिमा अघि बढिरहे पूरा क्रिकेट परिवार उनको पछि लागिरहने छ । हजारौं प्रत्यक्ष सरोकारवाला र लाखौं समर्थकको भावना बोकेर क्यानको सचिव बनेकाले उनले गर्ने सबै इमान्दार प्रयास सफल हुनेछ ।

यसकारण क्यान कार्यसमितिमा पुरानै अनुहार र प्रवृत्तिको बहुमत देखिए पनि एक्लो पारस सबैमाथि हावी हुने क्षमता राख्दछन् । नेपाली क्रिकेटलाई हकलाग्दो गन्तब्यमा पुर्याउने अभियानबाट कोही भाग्न सक्ने छैनन् । हजारौं सरोकारवाला र लाखौं समर्थकको भावनाले त्यसको ग्यारेन्टी गर्नेछ । त्यसमाथि कार्यसमितिमै पारसजस्तै भावना बोकेका अन्य केही ‘दीप’हरुको पनि उपस्थिती रहनेछ । दीवाकर घलेजस्ता परिपक्व क्रिकेटकर्मीको अनुभव हुनेछ ।

शुभकामना ! नेपाली क्रिकेटमा सुशासनमार्फत विकास र संवृद्धिको अभियानमा क्यान सफल होस ! उपलब्धिहरुको शृंखलालाई संस्थागत गर्ने विश्वास गरिएको पारसको आगमन पनि अर्को पानीको फोकामा परिणत नहोस !


भिडियो
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX