आश्विन १, २०८१ मंगलबार | ००:४१:२१
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन नेपाली भलिबल

भारतमाथिको जितले के सन्देश दिन्छ ?

काठमाडौं । खेलकुदमा कुनै पनि टिम, खेलाडी वा प्रशिक्षकको स्तर निर्धारण गर्ने सबैभन्दा सजिलो र भरपर्दो मापक भनेको नतिजा नै हो ।

नतिजाले जित्ने र हार्नेको भिन्नता सोझै छुट्याइदिन्छ । को राम्रो र को कमजोर भन्न घोरिनै पर्दैन । नतिजा आफैं बोलिदिन्छ ।

तर खेलकुदमा सधैं सबै कुरा नतिजाले मात्र पनि बोल्दैन । कहिलेकाहीँ नतिजाको बोलीमा धेरै अर्थ मिसिएको हुन्छ । त्यस्तो बेला स्तर मापनका लागि प्रदर्शन, प्रयास, विगतसँगको तुलना र भावनामा प्रवेश गर्नुपर्छ ।

सबै पक्षलाई मिहिन ढंगले केलाउनुपर्छ । परिस्थितिजन्य परिणामहरूका केस्रा केस्रा खोतल्नुपर्छ । त्यसपछि भन्न सकिन्छ, यो खेल वा खेलाडी या प्रशिक्षक वा समग्र खेल नै सही बाटोमा छ कि छैन भनेर ।

ठ्याक्कै उत्तर खोज्नुभन्दा पहिला नहिच्किचाइकन भन्न सकिने कुरा चाहिँ के हो भने ‘पछिल्ला वर्षहरूमा नेपालको राष्ट्रिय खेल प्रगतिउन्मुख छ । अझ महिलातर्फ त नेपाली भलिबलको अवस्था गर्व गर्नलायक छ ।’

नेपालको राष्ट्रिय खेल भलिबलमा पछिल्लो एक साताभित्र तीन ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भए । भुटानको थिम्पूमा भएको काभा बिच भलिबलमा महिला टिमले स्वर्ण पदक जित्यो । पुरुष टोली उपविजेता बनेर फर्कियो । त्रिपुरेश्वरमा सम्पन्न काभा महिला नेसन्स लिगमा नेपाली टोलीले रजत पदकमा चित्त बुझायो ।

समग्रमा भन्नुपर्दा नेपालले तीन फरक प्रतियोगितामा फरक नतिजा आत्मसात गर्यो । मिश्रित उपलब्धि रह्यो । एक वाक्यमा भन्नुपर्दा यी नतिजाले ‘नेपाली भलिबल ठीक बाटोमा छ’ भन्न सम्म सकिएला ।

तर, ‘ठीक’ भनेको के ? तीनमध्ये दुई प्रतियोगितामा उपाधि जित्न सकेको छैन, यसलाई कसरी ‘ठीक’ भन्ने ? कसैले ‘यो ठीक होइन’ भन्छ भने हो चाहिँ के त ? पछिल्लो १० दिनभित्र अन्तर्राष्ट्रिय स्पर्धामा जनाएको उपस्थितिका आधारमा नेपाली भलिबलको अवस्था कसरी जाँच गर्ने ? यसलाई के शब्दावली दिँदा ठीक होला त ?

बिच भलिबलमा स्वर्ण विजेता टोली

यी सब प्रश्नको उत्तर माथि भनिएझै समग्र नतिजाबाट खोज्न सकिन्न । यसका लागि त सबैखाले परिस्थितिको मूल्यांकन गर्नुपर्छ । फरक खेलमा निस्किएका नतिजालाई छुट्टाछुट्टै हेर्नुपर्छ । फरक खेलमा नेपाली टोलीको प्रतिबद्धता, उर्जा, प्रदर्शनलगायतका पक्षको फरक तरिकाले हिसाब राख्नुपर्छ । प्रत्येक खेल दौरान बगेका पसिना नापिनुपर्छ । त्यसको तयारीका लागि खर्चिएका क्यालोरीको जोडघटाउ पनि हुनुपर्छ । अनि विगतका नतिजासँग वर्तमानको तुलना गर्नुपर्छ र समग्रमा गरिएका लगानीमा पनि घोरिनुपर्छ ।

ठ्याक्कै उत्तर खोज्नुभन्दा पहिला नहिच्किचाइकन भन्न सकिने कुरा चाहिँ के हो भने ‘पछिल्ला वर्षहरूमा नेपालको राष्ट्रिय खेल प्रगतिउन्मुख छ । अझ महिलातर्फ त नेपाली भलिबलको अवस्था गर्व गर्नलायक छ ।’

नेपालले यसै साता सम्पन्न काभा महिला नेसन्स लिगमा उपाधि जित्न नसके पनि छिमेकी महारथी भारत र इरानमाथि जित हासिल गरेको त साँचो हो नि । 

यत्तिमात्र भन्न पछिल्ला वर्षहरूका नतिजाले नै पर्याप्त आधार दिएका छन् । प्रतियोगिताका समग्र नतिजाकै आधारमा भन्ने हो भने पनि दुई पटक काभा च्याम्पियनसिपमा जितेका स्वर्ण पदक र दक्षिण एसियाली खेलकुदमा जितेको रजत पदकले चर्को स्वरमा बोलिरहेको छ, ‘नेपाली महिला भलिबल राष्ट्रिय गौरव स्थापना गर्ने बाटोमा सही तरिकाले अगाडि बढिरहेको छ ।’

राष्ट्रिय महिला टोलीलाई लामो समयदेखि मुख्य प्रशिक्षकका रूपमा नेतृत्व गरिरहेका जगदीश भट्ट भन्छन्, ‘हामीले पछिल्ला केही वर्षमा ठूलो फड्को मारेका छौं । पहिला २० खेलाडीको घेराबाट राष्ट्रिय टिम छान्नुपर्थ्यो । सेटमा खेलाउने खेलाडीले नै अधिकांश समय कोर्टमा बिताउनुपर्थ्यो । अहिले टिम छनोटको घेरा ४०/५० मा पुगेको छ । छानिएका सबै १४ खेलाडीले कोर्टमा उत्तिकै मौका पाउँछन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेका प्रदर्शनले पनि सुधारको प्रमाण दिएका छन् ।’

यही गतिमा अघि बढे आउँदो चार वर्षमा काभामा दबदबा र आठ वर्षमा एसियालीस्तरमा महिला भलिबल पुग्ने उनको विश्वास छ ।

मुख्य प्रशिक्षक जगदीश भट्ट, तस्विरः केशव थापा

राष्ट्रिय टोलीका प्रशिक्षकको विश्लेषण त पूर्वाग्रही हुन पनि सक्छ । आफ्नो टिम र आफ्नो कामलाई कसले नराम्रो भन्ला ? भन्ने प्रश्न उठ्न सक्छ ।

तर, नेपालले यसै साता सम्पन्न काभा महिला नेसन्स लिगमा उपाधि जित्न नसके पनि छिमेकी महारथी भारत र इरानमाथि जित हासिल गरेको त साँचो हो नि । पटकपटक खेललाई पाँच सेटसम्म लगेर पनि जितको स्वाद चाख्न नपाएको नेपाली भलिबललाई पहिलो पटक भारतमाथि जितको मिठास महिला टोलीले दिएको सत्य कसैले नकार्न सक्दैन । समूह चरणमा पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा इरानलाई नतिजा सुम्पिए पनि सेमिफाइनलमा त्यही विपक्षीमाथि सोझो सेटमा जित हासिल गरेर खुसी पनि मनाएकै हो ।

समग्रमा नेपालले भारतसँग खेलेको त्यो नवौं खेल थियो । यसअघिका सबै आठ खेलमा नेपाल पराजित थियो । पछिल्लो पटक २०१९ मा घरमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भोगेको हार सबैभन्दा पीडादायी थियो । 

आलोचकहरूबाट ‘जब प्रतियोगितामा उपाधि जित्न सकिन्न भने भारतलाई हराएर के भो त ? फेरि त्यही भारतसँग फाइनलमा त हार्नुपर्यो नि, यसलाई किन यति चर्को स्वरमा प्रचार गर्नु ?’ भन्ने जस्ता तर्क पनि आउन सक्छन् । यसको उत्तरमा उत्तिकै रुखो भएर प्रतिप्रश्न गर्न सकिन्छ, ‘भारत र इरानसँग एउटा हार भोग्दा चाहिँ के आकासै खस्यो त ? एउटा प्रतियोगिता नजित्दैमा नेपाली महिला भलिबलको अस्तित्व नै नामेट भयो त ? वा महिला भलिबलमा पछिल्लो समय गरिएका सबैखाले प्रयास र प्राप्त उपलब्धिहरूमा ‘डिलिट बटम’ थिचियो त ?’

यी भए सवालजवाफका कुरा ।

महिला भलिबलमै केन्द्रित हुने हो भने स्तरमापनका लागि सबै पक्ष, परिस्थिति, नतिजा, प्रयास, प्रतिबद्धता र सोचहरूमाथि एक बसाइबाट साङ्गोपाङ्गो गर्न नभ्याइएला । तर, भारतविरुद्धको खेललाई प्रतिनिधि मानेर केही विश्लेषण भने अवश्य गर्न सकिन्छ । प्रतियोगिताको समूह चरणमा भारतमाथि जित र इरानसँगको हार, सेमिफाइनलमा इरानमाथिको जित र फाइनलमा भारतसँग भोगेको हारको समेत जोड्दा प्राप्त हुने सन्देशका आधारमा एउटा निचोड निकाल्न सकिन्छ । जुन सत्यको नजिक हुनेछ ।

प्रश्नलाई अझ साँघुरो यसरी पारौं ।

भारतमाथिको जितले दिएको सन्देश के हो ? त्यसका आधारमा नेपाली महिला भलिबलको भविष्यलाई कसरी आँकलन गर्ने ?

समग्रमा नेपालले भारतसँग खेलेको त्यो नवौं खेल थियो । यसअघिका सबै आठ खेलमा नेपाल पराजित थियो । पछिल्लो पटक २०१९ मा घरमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा भोगेको हार सबैभन्दा पीडादायी थियो । त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो दुई सेट पछि परेको भारतले त्यसपछि पुनरागमन जनाउँदै तेस्रो र चौथो सेट जित्यो । खेल निर्णायक पाँचौं सेटमा पुग्यो । जहाँ स्तब्ध हुँदा सागमा स्वर्णको निकै नजिक पुगिसकेर पनि नेपाली टोली निराश हुनुपर्यो ।

फेरि इरान आफैंमा महिला भलिबलमा सजिलो प्रतिद्वन्द्वी पनि त होइन । यस अवस्थामा नेपालले इरानजस्तो एसियाली महारथीसँग पाँच सेटसम्म खेल पुर्याउनु नै पनि सानो उपलब्धि होइन ।

त्यसअघि नेपाल र भारतका महिला टिमबीच १९९९ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली महासंघीय खेलकुद  (साफ, हाल साग) मा पहिलो पटक खेल भएको थियो । त्यो बेला सोझो सेटमा पराजित नेपालले पहिलो पटक भारतविरुद्ध खेल जित्न नसके पनि सेट जितेको २०१९ को सागमै थियो ।

भारतलाई हराएपछि खुसियाली मनाउँदै नेपाल टोली , तस्विरः केशव थापा

काठमाडौंमै भएका दक्षिण एसियाली खेलकुदका आठौं र १३औं संस्करणको बीचमा पनि दुई टोलीबीच चार पटक भेट भयो । सबैमा नेपाल सोझो सेटमा पराजित भयो । २०१९ को त्यो नतिजापछि भने नेपालले कुनै पनि खेलमा भारतसँग सोझो सेटमा आत्मसमर्पण गर्नुपरेको थिएन । गत वर्ष यही प्रतियोगिता र एसियाली खेलकुदमा गरी दुई पटक भेट हुँदा नेपाल १-३ को सेटमा निराश भयो ।

यही समयमा हो, नेपालले काभा महिला च्याम्पियनसिपमा स्वर्ण पदक जितेको पनि । बंगलादेशमा सन् २०१९ र २०२१ मा भएका काभा च्याम्पियनसिपका पहिलो र दोस्रो संस्करणमा नेपालले स्वर्ण जितेको थियो । गत वर्ष प्रतियोगिताको तेस्रो संस्करण आफैंले काठमाडौंमा आयोजना गर्दा सेमिफाइनलमा काजकिस्तान भोगेको त्यही हारले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा तगारो लागेको थियो ।

भारतसँगको मात्र इतिहास मानक मानेर मूल्यांकन गर्ने हो भने नतिजाले नै पछिल्लो समय नेपाली महिला भलिबल प्रगतिपथमा रहेको प्रमाण दिन्छ । लगातार २० वर्षसम्म सोझो सेटमा आत्मसमर्पण गर्दै आएको विपक्षीसँग पछिल्लो पाँच वर्षमा एउटा जित, एउटामा जित नजिक पुगेर पनि पाँचौं सेटमा पराजय अनि बाँकी दुई खेलमा एक सेट जितेको सकारात्मक नतिजा छ ।

पछिल्ला केही वर्षको राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधि र नतिजा हेर्दा राम्रै देखिन्छ । नेपाली महिला भलिबल अगाडि बढ्दैछ भन्ने सन्देश चर्को स्वरमा गुन्जिइरहेको छ । 

त्यसमा पाँच सेटसम्म चलेको काभा फाइनलको नतिजा जोडिँदा थप दुई सेट जितको तथ्यांक थपिन्छ । फेरि यसरी पनि भन्न सकिन्छ, ‘फुटबलमा टाइब्रेकर र क्रिकेटमा सुपर ओभर भनेजस्तै त हो भलिबलमा पाँचौं सेट भनेको । त्यहाँ पुगेपछिको नतिजा त धेरैजसो भाग्यले निर्धारण गर्छ ।’

‘धेरै वर्षदेखि हामी भारतलाई हराउने सपना देखिरहेका थियौं । यसपालि पहिलो पटक त्यो इतिहास लेख्यौं । यो भनेको भारतको स्तर तल झरेर नभई हाम्रो स्तर माथि गएर सम्भव भएको हो । खेलकुदमा एकैपटक चुचुरोमा पुग्न सकिन्न । सिँढी चढ्दै जानुपर्छ । हामी लामो मिहिनेतबाट केही सिँढी उक्लिएर यहाँ आइपुगेका छौं,’ राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही भन्छिन्, ‘अब यही गतिलाई केही वर्ष निरन्तरता दिएमा काभामा कम्तीमा यस्ता जितहरू सहजै निकाल्ने अवस्थामा पुगिन्छ । उपाधि पनि जितिरहने क्षमता बन्छ । त्यो भनेको अर्को सिँढी हो, जुन अब हामीले चढ्नुपर्छ ।’

नेपाल र इरान प्रतिस्पर्धा गर्दै

नेपालको महिला भलिबलले यत्तिको उचाइ हासिल गरिसकेको भए प्रतियोगिता किन जित्न नसकेको त ? भारतलाई हराउने स्तरमा पुगिसकेको टिम इरानसँग किन पराजित भयो त ?

यस्ता प्रश्नका लागि नेपालमा महिला भलिबलको जग बलियो बनाउने प्रशिक्षक कुमार राईको भनाइ गतिलो जवाफ हुन सक्छ । ‘भलिबलको आँखा हुँदैन । एउटा खेलमा जित हासिल गर्नका लागि आफूसँग क्षमता भएर मात्र कहिलेकाहीँ पर्याप्त हुँदैन । परिस्थितिहरूको साथ उत्तिकै चाहिन्छ । दिन लाग्नुपर्छ । भाग्यले साथ दिनुपर्छ,’ राई भन्छन् ।

राईको विचारमा नेपालले अघिल्लो दिनमात्र भारतजस्तो टिमसँग पाँच सेटसम्म संघर्ष गर्नुपरेको थियो । त्यसको थकानका कारण इरानसँग क्षमताअनुसार प्रदर्शन हुन सकेन । भारतमाथि पहिलो पटक जित हासिल गरेको उत्साहपूर्ण मनोवैज्ञानिक अवस्थाले पनि इरानसँगको खेलमा केही असर गरेको हुनसक्छ ।

फेरि इरान आफैंमा महिला भलिबलमा सजिलो प्रतिद्वन्द्वी पनि त होइन । यस अवस्थामा नेपालले इरानजस्तो एसियाली महारथीसँग पाँच सेटसम्म खेल पुर्याउनु नै पनि सानो उपलब्धि होइन ।

‘हामीले जसरी पनि उपाधि जित्ने भनेर लक्ष्य बनाएका कारण इरानसँगको हारमा धेरै मन दुखेको हो । इरानसँग हार्दा जसरी मन दुख्यो, यसले नै हाम्रो प्रगतिको संकेत गर्छ,’ नेपाली पुरुष राष्ट्रिय टिमका पूर्व कप्तान एवं नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाह भन्छन्, ‘खेलकुदमा स्तरको मापन गर्न एउटा खेल वा प्रतियोगिताको नतिजामात्र हेरेर पुग्दैन । एउटा कालखण्डको अध्ययन गर्नुपर्छ । पछिल्ला केही वर्षको राष्ट्रिय/अन्तर्राष्ट्रिय गतिविधि र नतिजा हेर्दा राम्रै देखिन्छ । नेपाली महिला भलिबल अगाडि बढ्दैछ भन्ने सन्देश चर्को स्वरमा गुन्जिइरहेको छ । नसुनी सुखै छैन ।’