चैत्र १४, २०८२ शनिबार | १२:११:४१
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

क्रिकेटको सफलताबाट फुटबलले सिकौं

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलाडीसँग केन्द्रिय सम्झौता गर्ने क्रममा वर्ग विभाजन गर्दै मासिक १ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको समाचार पढें ।

हामी फुटबल खेलाडीको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारणसभाको समापन भएलगत्तै आएको यस समाचारले एउटा खेलाडीको नाताले मलाई निक्कै खुसी दियो । तर साथसाथै एक पूर्व फुटबलर र फुटबल खेलाडी संघको अध्यक्षको नाताले त्यो समाचारले मलाई केही खिन्न पनि बनायो ।
क्रिकेट संघले केही महिना अघिमात्र नयाँ नेतृत्व पाएको थियो । लामो समय राष्ट्रिय टोलीको नेतृत्व गर्नुभएका खेलाडीसहित अधिकांश पुरानै पदाधिकारी एकजुट भएर लाग्दा नै यो अवस्था आइपुगेको मेरो अनुमान छ ।

मैदानभित्रको अवस्था प्रष्ट बुझेको र मैदानबाहिर अभिभावकत्व दिने व्यक्तित्व एकसाथ आउने हो भने प्रगति हुन्छ भन्ने यो नेपाली खेलकुदको लागि राम्रो उदाहरण हो ।

पछिल्लो केहि वर्षमा क्रिकेटले गरेको प्रगतिले म एक नेपालीको रुपमा गौरव र खेलाडीको नाताले मिहिनेतको खुलेर प्रशंसा गर्छु । क्रिकेटको प्रगतिले फुटबल खेलाडी, प्रशिक्षक र संघमा पनि सकारात्मक प्रतिस्पर्धाको भाव संचय हुने मैले आभास गरेको छु ।

तथ्यांककै हिसाबमा हेर्ने हो भने क्रिकेटभन्दा फुटबलले अन्तर्राष्ट्रिय निकायबाट बढी पैसा प्राप्त गर्छ । बढी प्रतियोगिता हुन्छन् । बढी दर्शक उपस्थित हुन्छन् । बढी खेलाडी छन् र प्रायोजन लगायत अन्य पक्षमा पनि अघि नै छ ।

तर आज क्यानको क्यालेन्डर र खेलाडीलाई दिइएको सुविधा हेर्दा हामीले फुटबलमा एकपटक गम्भीर रुपमा सोच्ने समय आएको हो कि भन्ने आभाष भएको छ । एन्फाद्वारा प्रकाशित क्यालेन्डरमा युथ डेभलपमेन्ट अन्तर्गतका कार्यक्रम देख्दा खुशी लाग्यो तर घरेलु फुटबलको प्रतियोगिता सञ्चालनको समयान्तर फलदायी देखिदैन ।

राम्रो कुरा अरुबाट सिक्नुपर्छ, हामीले पनि क्रिकेटको सफलतालाई नजिकबाट नियालेर आफ्नो अवस्था सुधार गरौं । फुटबल खेलाडी संघ मार्फत हामीले त्यो प्रयास जारी राख्दै आएका छौं । आशा छ सम्बन्धित निकायबाट पनि यहि रफ्तारमा काम अघि बढ्नेछ ।

(नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एवं अखिल नेपाल फुटबल खेलाडी संघका वर्तमान अध्यक्ष विक्रम लामाको फेसबुकबाट)
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो