काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कँराची सिटी फुटबल क्लबले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित बराबरी खेलेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले गोलका केही अवसर सृजना गरेपनि त्यसमा सफल हुन सकेनन् ।
कँराचीको यो लगातार दोस्रो बराबरी हो । उद्घाटन खेलमा पनि कँराचीले भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।
नासरिनले अघिल्लो खेलमा नेपाल एपिएफ क्लबसँग ४–० को फराकिलो हार बेहोरेको थियो ।
पाँच टोलीको सहभागिता रहेको प्रतियोगिता डिसेन्बर २० सम्म चल्नेछ । राउन्ड रोविन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
