मंसिर ६, २०८१ बिहीबार | १४:१८:०९
विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ पुष्पसदन विजयी
शनिबारको दिन काउन्टर अट्याक

अब महिला फुटबलको लापरबाही क्षम्य हुन सक्दैन

नेपाली राष्ट्रिय महिला टोलीका कारण लामो समयदेखि मुर्छित अवस्थामा रहेको मैदानभित्रको नेपाली फुटबलले अघिल्ला दुई साता ऊर्जाशील जीवन्तता पायो ।

‘नेपाली फुटबलको घर’का रूपमा स्थापित दशरथ रंगशालामा महिला टोलीका लागि सोमबार जति दर्शक कहिल्यै उपस्थित भएका थिएनन् । त्यसो त क्रिकेटमा जसरी थुप्रै कीर्तिमानको तथ्यांक राख्न मिल्ने गरी दशरथ रंगशालामा आइतबार सम्पन्न छैटौं महिला साफ च्याम्पियनसिपले सँगाल्न लायक थुप्रै सम्झना छाडेकै थियो ।

अत्यधिक वर्षाका कारण हिलाम्मे बनेको दशरथ रंगशालामा शतप्रतिशतभन्दा बढी मिहिनेत नगरी भारतमाथि जित सम्भव थिएन । नेपाली टोलीलाई त्यसको राम्रो जानकारी थियो ।

अघिल्लो शुक्रबार नेपाली महिला टोलीले एउटा त्यस्तै स्मरणीय उपलब्धिको उपहार दिएको थियो । सात हजारभन्दा बढी दर्शकको उपस्थितिमा नेपाली महिला टोलीले इतिहासमै दोस्रो तथा साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक भारतलाई पराजित गरेको थियो ।

अत्यधिक वर्षाका कारण हिलाम्मे बनेको दशरथ रंगशालामा शतप्रतिशतभन्दा बढी मिहिनेत नगरी भारतमाथि जित सम्भव थिएन । नेपाली टोलीलाई त्यसको राम्रो जानकारी थियो । त्यसैले त प्राविधिक रूपमा अब्बल भारतविरुद्ध पूरा समय कठोरसँग प्रस्तुत हुँदै नेपालले दक्षिणी छिमेकीमाथि १–० को ऐतिहासिक जित निकाल्यो ।

समग्रमा भारतमाथिको दोस्रो जित भए पनि साफ च्याम्पियनसिपको यात्रामा नेपालका लागि सधैं तगारो बन्ने गरेका कारण त्यही प्रतिद्वन्द्वीमाथि पाएको पहिलो जितको अर्थ नेपाली महिला फुटबलमा विशेष थियो । त्यसैले होला टिमले सेमिफाइनलको त्यही जितमा उपाधि उचाले जसरी खुसी मनायो । पहिलो पटक उपस्थित त्यति ठूलो संख्याका दर्शकले पनि भारतमाथिको जितलाई उपाधिकै अर्थमा लिएर खुसी मनायो ।

आफूले सधैं हराउँदै आएको बंगलादेशलाई नेपाली टिमले कमजोर आँकेको थिएन होला । तर समर्थकले बंगलादेशले पछिल्ला वर्षहरूमा महिला फुटबलमा गरेको लगानीको हिसाबकिताब राखेका हुँदैनन् ।

यसअघि पाँच पटकको साफ च्याम्पियनसिपमा चार पटक फाइनलमा तथा एक पटक सेमिफाइनलमा भारतसँगै निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको नेपालका लागि त्यो जित वास्तवमै खुसी मनाउन लायक पनि थियो । इतिहास पल्टाउँदा नेपालले भारतबाहेक दक्षिण एसियाका अरू सबै टिमलाई गनेरै गोल हान्दै आएको सत्य ठुल्ठूला अक्षरमा देखिन्थे ।

यसकारण पनि भारतलाई यसपालि सेमिफाइनलमै पन्छाएपछि समर्थकले उपाधि जितिसकेको सोच्नु स्वाभाविक थियो कि फाइनलमा बंगलादेश नेपालको प्रतिद्वन्द्वी थियो । आफूले सधैं हराउँदै आएको बंगलादेशलाई नेपाली टिमले कमजोर आँकेको थिएन होला । तर समर्थकले बंगलादेशले पछिल्ला वर्षहरूमा महिला फुटबलमा गरेको लगानीको हिसाबकिताब राखेका हुँदैनन् । बंगलादेशले पछिल्ला केही वर्षयता महिला फुटबललाई उच्च प्राथमिकतामा राख्दै महत्त्वाकांक्षी तबरले अगाडि बढाएको विषय पनि समर्थकलाई जानकारी हुने कुरा रहेन ।

यही कारण होला, फाइनलमा जितको आत्मविश्वास बोकेर १३ हजार दर्शक क्षमताको दशरथ रंगशालामा झन्डै १६ हजार दर्शक उपस्थित रहे । समर्थकभन्दा बढी लहडी एन्फाले पनि फुटबलको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड विपरीत दर्शक क्षमताभन्दा झन्डै तीन हजार बढी टिकट बेचेर थैली भर्ने काम गर्यो ।

आफ्नै घरको रुखासुखा खाएर फुटबलमा पसिना बगाएका नेपाली चेलीहरूले समर्थकका साथै नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको त्यो भावनामाथि पूर्ण रूपमा न्याय गरे । सात वर्षदेखि सबैखाले सुविधा प्रयोग गर्दै सँगै रहेर तयारी गरेको बंगलादेशजस्तो टिमसँग खेल्दा नेपालको प्रदर्शनमा कहींकतै पनि ‘यो भर्खर एक महिना तयारी गरेर मैदान उत्रिएको’ टिम जस्तो देखिँदैनथ्यो ।

बंगलादेश टिमका लागि, प्रत्येक खेलाडीका लागि त्यहाँको फुटबल संघले गरेको लगानी प्रस्टसँग देखिन्थ्यो । खेलाडी र प्रशिक्षकहरू गर्वका साथ भन्थे, ‘हामीलाई तयारीमा कुनै असुविधा थिएन । हामी वर्षौंदेखि एउटै टिमका रूपमा अन्तर्राष्ट्रिय स्तरको सुविधा उपभोग गरेर यही सफलताका लागि तयारी गरिरहेका थियौं ।’

बंगलादेशी वरिष्ठ फुटबल पत्रकार ओमार फारुक रुवेलका अनुसार बंगलादेशमा महिला खेलाडीका लागि स्तरीय र व्यवस्थित लिग छ । सबै खेलाडीलाई त्यहाँको संघ र सरकारको विशेष पहलमा आकर्षक रोजगारीको व्यवस्था मिलाइएको छ । ‘देशका ठुल्ठूला व्यावसायिक प्रतिष्ठानमा स्थायी जागिरे भए पनि उनीहरूको काम भनेको महिना महिनामा तलब थाप्ने मात्र हो,’ फाइनल जितेपछि रुवेलको उत्साहमा आफ्नो देश र फुटबल प्रशासनमाथिको गर्व पनि सामेल थियो ।

उपाधिका लागि मैदानमा उत्रिएको अर्को टोलीले आफ्नो देशको फुटबल संरचनामाथि गौरव गरिरहँदा हाम्रो देशका चेलीहरू भने ‘गत सिजनको लिग आधा भएर रोकिएको छ । बाँकी लिग हुने कि नहुने, भए कहिले हुने’ जस्ता विषयमा पनि अनविज्ञ रहेको भन्दै आफ्नै आँङको छारो कसरी उडाउने ? भन्ने प्रश्नले जकडिएका थिए ।

ठिक विपरीत नेपालको हकमा भने अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरू सेमिफाइनलमा भारतलाई हराएको ‘डिङ’ हाँक्नमै मस्त छन् । तर, खेलाडी तथा नेपाली फुटबललाई नजिकबाट नियाल्नेहरूको अगाडि पर्दा भने मुन्टो निहुराएर प्रस्तुत हुन बाध्य छन् ।

उपाधिका लागि मैदानमा उत्रिएको अर्को टोलीले आफ्नो देशको फुटबल संरचनामाथि गौरव गरिरहँदा हाम्रो देशका चेलीहरू भने ‘गत सिजनको लिग आधा भएर रोकिएको छ । बाँकी लिग हुने कि नहुने, भए कहिले हुने’ जस्ता विषयमा पनि अनविज्ञ रहेको भन्दै आफ्नै आँङको छारो कसरी उडाउने ? भन्ने प्रश्नले जकडिएका थिए । यस्तो परिस्थितिबाट आफ्नै बलबुतामा यहाँसम्म आइपुगेका चेलीहरूको सफलतामा जस लिने नैतिक अधिकार एन्फा पदाधिकारीसँग हुने कुरा पनि भएन ।

नेपालमा भीडको शासन चल्न थालेको धेरै भइसक्यो । फुटबलमा पनि भीडलाई दिग्भ्रमित गरेर रजाइँ गर्नेकै बाहुल्य छ । हो भारतमाथिको जित पक्कै पनि नेपाली महिला फुटबलका लागि अमूल्य छ । निकै महत्त्वपूर्ण छ । यो एउटै खेल नेपाली महिला फुटबललाई नयाँ उचाइ दिने बाटोमा डोर्याउन प्रेरक बन्न सक्छ । यसकै नतिजाका आधारमा बनेको फाइनल यात्राले नेपाली महिला फुटबलको सुमार्गको राजमार्ग थप चौडा बनाएको छ ।

तर त्यही एउटा जित र बंगलादेशविरुद्धको जोसिलो प्रदर्शन नेपाली फुटबल प्रशासनका नालायकी छोप्ने पर्दा बन्नुहुन्न । बनाइने प्रयास पक्कै पनि गरिनेछ । तर त्यसलाई सफल हुन दिनुहुन्न ।

जहाँ एन्जिलाले सम्पूर्ण देशलाई गौरवान्वित पार्ने बहादुर चेलीहरूको बाध्यता खाडीको प्रचण्ड गर्मीमा टिठलाग्दो रोजगारी हुनसक्नेतर्फ सचेत गराएकी छन् ।

महिला फुटबलका लागि १६ हजार हाराहारीमा दर्शक महँगो टिकट किनेर दशरथ रंगशाला धाइसकेका छन् । रंगशाला आउन नसक्ने लाखौं दर्शकले टेलिभिजनको पर्दामा ‘अत्याधुनिक हतियारले सुसज्जित विपक्षीविरुद्ध निहत्था नेपाली चेली’ले गरेको बहादुर प्रदर्शन हेरिसकेका छन् ।

अनि नेपाली फुटबललाई निःस्वार्थ प्रेम गर्ने तिनै दर्शकले बहादुर महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फाइनलमा पराजित भएपछिको निराशा फेसबुकको भित्तामा पोखेको पनि देखेका छन् । जहाँ एन्जिलाले सम्पूर्ण देशलाई गौरवान्वित पार्ने बहादुर चेलीहरूको बाध्यता खाडीको प्रचण्ड गर्मीमा टिठलाग्दो रोजगारी हुनसक्नेतर्फ सचेत गराएकी छन् ।

यसकारण पनि तत्काल गौरवमय यात्राका सारथिहरूलाई सम्मानजनक जीवनयापनको वातावरण बनाउने अभियान थाल्नुपर्छ । महिला फुटबलमा सम्भावना छ भन्ने कुरा भारत र बंगलादेशजस्तो महत्त्वाकांक्षी योजनाका साथ अघि बढिरहेका देशविरुद्ध खेलेर ‘सुको’ लगानी नगरिएका चेलीहरूले प्रमाणित गरिसकेका छन् । त्यो सम्भावनालाई वास्तविकतामा परिणत गराउने खालका योजना महिला फुटबलमा तत्काल लागू गरिनुपर्छ । महिलाले पनि खेलेरै बाँच्ने अवस्था सिर्जना गरिनुपर्छ ।

अन्यथा अब महिला फुटबल सीमित सरोकारवालाको घेराभन्दा बाहिर पुगिसकेको छ । आम फुटबलप्रेमीको जानकारीको विषय बनिसकेको छ । अब महिला फुटबलमा गरिने कुनै पनि लापरबाही क्षम्य हुने छैन ।