कार्तिक ९, २०८२ आइतबार | १३:५७:५०
सिजनको पहिलो एल क्लासिको हुँदै अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल पिएसजीको सहज जित इन्टर मिलानलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली युनाइटेडको जितमा बार्यन एमबेउमोको दुई गोल बायर्नको विजयी यात्रा जारी चार महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदै नेपाल मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने सिजनको पहिलो एल क्लासिको हुँदै अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल पिएसजीको सहज जित इन्टर मिलानलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली युनाइटेडको जितमा बार्यन एमबेउमोको दुई गोल बायर्नको विजयी यात्रा जारी चार महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदै नेपाल मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने

अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल

फाइल तस्विर।

काठमाडौं ।  नेपालले आइससी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

युएईको दुबइ अन्तर्राष्ट्रिय रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए  ।

लिग-२ मा निकै संघर्ष गरिरहेको नेपाल अमेरिकालाई हराउँदै सुखद सुरुआतको लक्ष्यमा रहनेछ ।  नेपाल लिग-२ का चार शृंखलमा १६ खेल खेल्दा १२ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

यता अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच हालसम्म ९ खेल भएका छन् । जसम दुवै टोलीले समान तीन खेल आफ्नो पक्षमा पार्दा एक खेल विना नितजा टुंगिएको छ ।

नेपालले लिग-२ का पछिल्ला दुई खेलमा भने अमेरिकासँग क्रमशः तीन विकेट र ३७ रनको पराजय बेहोरेको छ ।

नेपाली टाेली

 रोहितकुमार पौडेल  ( कप्तान),कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain