फाल्गुन २७, २०८२ बुधबार | ११:००:५८
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना
शनिबारको दिन

‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’

काठमाडौं । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दुई टेस्टको शृंखला भर्खर सकिएको छ । यो शृंखला १-१ को बराबरीमा टुंगियो । त्यसको अर्थ कुनै टिम हारेनन् । पहिलो टेस्ट लहोरमा भएको थियो, त्यसमा पाकिस्तान ९३ रनले विजयी भयो । त्यसपछि दोस्रो टेस्ट रावलपिन्डीमा भएको थियो र त्यसमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भयो । एक प्रकारले दुवै टिम सन्तुष्ट हुनु पर्ने शृंखला हो यो ।

तर अहिले चारैतर्फ पाकिस्तानी क्रिकेटको आलोचना भइरहेको छ । विशेषतः पाकिस्तानका ब्याटरहरुको । जतिले पाकिस्तानी क्रिकेटलाई नजिकबाट हेरिरहेका छन्, तिनीहरू सबैको दाबी हो, यति बेला पाकिस्तानी क्रिकेटको स्तर घटेको छ । धेरै हदसम्म पाकिस्तानी बलिङ आक्रमणबारे बोल्नु ठीक हुन्न, यो विधामा राम्रै भइरहेको छ । साँच्चै समस्या भनेको ब्याटिङमै हो, ब्याटबाट पाकिस्तानको प्रदर्शन लगातार खराव भइरहेको छ ।

यस्तो किन त ? यसका लागि ती क्रिकेट पण्डितले केही खास खास कारण अगाडि सारेका छन् । त्यस अनुसार एक त पाकिस्तानमा घरेलु क्रिकेटको स्तर साँच्चै घटेको छ, यसकै असर राष्ट्रिय टिममा देखा परेको हो । विशेषतः पाकिस्तानको प्रथम श्रेणीको क्रिकेट अहिले कमजोर स्थितिमा छ । सबैको ध्यान ट्वान्टी-२० क्रिकेटमै छ । क्रिकेटको वास्तविक स्वरूप प्रथम श्रेणी अहिले हेपाईमा परेको छ ।

पहिलो इनिङ्समा पाकिस्तानले ३३३ रन बनाएको थियो । त्यसमा पछि एक समय पाकिस्तान ६ विकेट गुमाएर ३१६ रनको स्थितिमा थियो । तर एकाएक टिम अलआउट भयो । 

अनि पाकिस्तानी टिममा पनि उत्तिकै परिवर्तत भएको छ । कहिले को खेलाडी पर्ने हो र कहिले को खेलाडी बाहिरिने हो, त्यो टुंगो छैन् । हुँदा हुँदा कति बेला को खेलाडी कप्तान हुने र को नेतृत्वबाट फ्यालिने भन्ने पनि टुंगो छैन् । अनि पाकिस्तानी टिमका लागि घरेलु मैदानमा तयार पारिएका पिचमा पनि उत्तिकै फेरबदल भयरहन्छ । कहिले ब्याटिङ पिच, कहिले बलिङ पिच, अनि कहिले के कहिले के ।

दक्षिण अफ्रिकाविरुद्धको त्यही रावलपिन्डी टेस्टमा पनि एक समय पाकिस्तान मजबुत नै देखिएको थियो । तर टिम के एकपल्ट ब्याटिङमा नाटकीय पतनको शिकार बन्यो, जित उसको हाटबाट छुट्यो । पाकिस्तान त्यस टेस्टको दोस्रो इनिङ्समा १ सय ३८ रन बनाएर अलआउट भएको थियो । त्यसमा बाबर आजम एक्लैले ५० रनको इनिङ्स खेले, नत्र स्थिति अझ नाजुक हुने थियो ।पहिलो इनिङ्समा पाकिस्तानले ३३३ रन बनाएको थियो । त्यसमा पछि एक समय पाकिस्तान ६ विकेट गुमाएर ३१६ रनको स्थितिमा थियो । तर एकाएक टिम अलआउट भयो । टिमले १७ रनमै पाँच विकेट गुमाएको थियो । यसरी टिमको नाटकीय पतनको सूची बनाउने हो भने पनि त्यो लामो हुने भइसक्यो । यस्तोमा पाकिस्तानी प्रशिक्षक अजर महमुदले ठीकै भनेका छन्, ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो ।’