कार्तिक ९, २०८२ आइतबार | ११:१६:४२
अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल पिएसजीको सहज जित इन्टर मिलानलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली युनाइटेडको जितमा बार्यन एमबेउमोको दुई गोल बायर्नको विजयी यात्रा जारी चार महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदै नेपाल मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल पिएसजीको सहज जित इन्टर मिलानलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली युनाइटेडको जितमा बार्यन एमबेउमोको दुई गोल बायर्नको विजयी यात्रा जारी चार महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदै नेपाल मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत

युनाइटेडको जितमा बार्यन एमबेउमोको दुई गोल

काठमाडौं । बायर्न एमबेउमो उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार ब्राइटनविरुद्ध ४-२ को जित दर्ता गरेको छ ।

जितसँगै ९ खेलमा १६ अंक जोडेको युनाइटेड चौथो स्थानमा उक्लिएको छ । पराजित ब्राइटन समान खेलबाट १२ अंकका साथ १३औं स्थानमा छ ।

ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन एमबेउमोले दुई तथा म्याथ्युज कुन्हा र क्यासिमिरोले समान एक गोल गरे ।  ब्राइटनका लागि ड्यानी वेलबेक र चार्लाम्पोस कोस्टौलासले गोल फर्काए ।

खेलको २४औं मिनेटमा कुन्हाको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । १० मिनेटपछि नै क्यासिमिरोले टोलीको अग्रता दोब्बर बनाए ।

एमबेउमोले ६१औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे । ७२औं मिनेटमा वेलबेकले ब्राइटनका लागि पहिलो गोल फर्काए ।

इन्जुरी समयमा कोस्टौलासले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउनले संकेत दिएका थिए । इन्जुरी समयै एमबेउमोले व्यक्गित दोस्रो गोल गर्दै युनाइटेडको जित पक्का गरे ।

शनिबारै सम्पन्न् अन्य खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३-२, सन्डरल्यान्डले चेल्सी तथा  न्युक्यासल युनाइटेडले फुलहमलाई समान २-१ ले पराजित गरे ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain